• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

ओलीलाई ‘काउण्टर’ दिन दार्चुला पुगेका सत्ता गठबन्धनका नेता भन्छन्: उनले मात्र ‘चुच्चे नक्सा' ल्याएका हैनन्

64x64
ईश्वर बराल बुधबार, कात्तिक २३, २०७९  २२:१२
1140x725

काठमाडौं– ‘जब चुनाव आउँछ दार्चुला आउँछन् अनी तुइनबाट मरेको वा अर्को दुर्घटनामा परेर सहिद भएकोहरुलाई सम्झेर गोहीको आँसु झार्छन्। सक्कली आंसु हैन त्यो,’ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दार्चुलको चुनावी सभामा भने ‘तपाईहरु कोही भ्रममा नपर्नु होला। केपी ओलीले हैन नयाँ नक्सा बनाएको। म पनि अध्यक्ष थिएँ त्यही पार्टीको। म समेत अत्यधिक बहुमत स्थायी कमिटीले यो नक्सा बनाउनु पर्छ भनेपछि बाध्य भएर बनाएको हो।’

एमाले अध्यक्ष ओलीले १८ कात्तिकमा दार्चुलाको सदरमुकाम खलङ्गाबाट चुनावी सभा सुरु गर्दा  राष्ट्रियतालाई प्रमुख ‘चुनावी हतियार’ बनाउने देखिएको थियो। उक्त दिन ओलीले सुदूर पश्चिम प्रदेशका तीन जिल्लामा गरेको भाषणको सार मूलतः उनी नेतृत्वको सरकारले जारी गरेको ‘चुच्चे’ नक्सालाई लिएर राष्ट्रवाद उछाल्नेमा केन्द्रित थियो। त्यसपछिका चुनावी भाषणमा ओली निरन्तर त्यसैको पक्षपोषणमा केन्द्रित भइरहेका छन्। सुदूरपश्चिम पछि गण्डकी प्रदेशमा गरेको चुनावी सभामा पनि ओलीले त्यहि कुरालाई प्राथमिकता साथ दोहोर्याएका थिए।

ओलीले चुनावी सभा सुरु गरेको दार्चुलाकै खलङ्गाबाट करिब ६५ किमी टाढा दार्चुलाकै गोकुलेश्वरमा बुधबार चुनावी सभा गर्न पुगेको सत्ता गठबन्धनका प्रमुख नेताको भाषण ओलीको चुनावी हतियारलाई खण्डन गर्न र गठबन्धनको महत्ता स्थापित गर्नमा केन्द्रित रह्यो। गठबन्धनका नेताको एकै स्वर थियो ‘चुच्चे’ नक्सा ओलीले मात्र ल्याएका हैनन्। त्यस्तै, गठबन्धनको महत्ता स्थापित गर्ने सन्दर्भमा भने गठबन्धनका नेताहरु आफूहरु संविधान बचाउन अग्रगमनतर्फको यात्रामा  र ओली संविधान च्यात्तै प्रतिगमनको बाटोमा भन्ने भाष्य स्थापित गर्ने प्रयत्नमा छन्। 

दार्चुला सभालाई ‘काउण्टर’ दिंदै दार्चुलाबाटै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले ‘चुच्चे’ नक्सा सबै दल भएर ल्याएकोले ओलीले मात्र ल्याएको भन्ने दावी गर्नु गलत भएको टिप्पणी गरे।

‘अहिले धेरै किसिमका अफवाह फैलाउने काम भइरहेका छन्। मैले सुनिरहेको छु ओलीजी आएर दार्चुलामा लिपुलेक फिर्ता ल्याउँछु भन्नुभएछ। उहाँले भनेर केही हुनेवाला छैन। यो कालापानी, लिपम्पियाधुरा, लिपुलेक नेपालको भूमि हो भनेर संसद्ले एकलौटी भएर, एक आवाज भएर हामी सबैले पास गरेका हौं,’ देउवाले भने,‘अरुले गरेकै थिएनन्, ओलीले मात्रै गरेको भन्ने झुटा कुरा गर्नुभएको हो। दुई तिहाई उहाँले गरेर आएको छ? दुई तिहाइले गरेको हो। त्यसमा कांग्रेस, माओवादी सबै पार्टी भएर गरेको हो। अहिले ओलीले अरुले केही गरेकै छैन, आफूले मात्रै गरेँ भनेर झुटो कुरा गर्दैछन्।’

Ncell 2
Ncell 2
nimb
nimb

देउवाले भारतसँग सम्वाद गरेर गुमेको भूमि फिर्ता लिनु पर्नेमा ओलीले राष्ट्रलाई अप्ठ्यारोमा पारेको आरोप लगाए। ‘भारतसँग कुरा गर्नुपर्छ। ओलीजीले बोलेर जानुभएको छ, उहाँले दार्चुलामा होइन भारतसँग कुरा गर्नुपर्थ्यो। दार्चुला आएर फिर्ता हुने छैन। सबैलाई थाहा छ लिम्पियाधुरा, लिपुलेक, कालापानी कहाँ छ भन्ने। नेपालको भूभाग हो तर नेपालसँग छैन। आज राष्ट्रलाई अप्ठ्यारो ठाउँबाट ल्याइएको छ,’ देउवाले भने।

यस्तै‚ प्रचण्डले ओलीसँग एकता गरेर नेकपा बनाउंदा आफू भम्रमा परेको दुखेसो पोख्दै ओली चरित्र, उनकै शब्दमा, पाखण्डी रहेको टिप्पणी गरे। 

‘संविधान सभाको विरोध गर्ने, नेपालमा गणतन्त्र हुनै सक्दैन भनेर टिप्पणी गर्ने केपी ओलीले पनि संविधानमा हस्ताक्षर गरिसकेपछि यिनको बुद्धि फिरेको भन्ने म भ्रममा परेँ, देशमा राजनीतिक स्थिरता होला भनेर पार्टी एकताको प्रस्ताव पनि गरेँ,’ प्रचण्डले भने,‘तर एकता गरिसकेपछि थाहा भयो ओली त मौकाको ताकमा बसेका रहेछन्। जब पावर हातमा आउँछ अनि यो संविधान च्यात्ने दाउमा बसेका रहेछन्। सबै उत्पीडित, जाति, वर्ग समुदायले पाएको अधिकार खोस्ने उद्देश्यले उनी बसेको थाहा भयो। उनले पाखण्डी चरित्र देखाएका रहेछन्।’

गठबन्धनको आवश्यकता र औचित्यबारे चर्चा गर्दै प्रचण्डले ओलीले संविधान च्यात्न लागेको आरोप लगाए। 

‘ठूलो संघर्षबाट प्राप्त नेपाली जनताको अधिकारको संरक्षण, संविधानको रक्षा, संघीयता, लोकतन्त्र र नेपाली जनताको पक्षमा हाम्रो गठबन्धन बनेको छ,’ प्रचण्डले ओलीलाई र एमालेलाई लक्षित गर्दै भने, ‘जो हिजोका दिनदेखि नै संघर्षबाट प्राप्त उपलब्धिहरुको विरोधी थियो। अहिले पनि निकै ठूलो संघर्ष, त्याग र बलिदानबाट प्राप्त उपलब्धिहरुलाई उल्टाउन चाहन्छ, संविधानलाई च्यात्न चाहने, मुलुकमा राजतन्त्र फर्काउन चाहनेहरुको पनि गठबन्धन बनेको छ। त्यसको नेतृत्व केपी ओलीले गरेका छन्।’

यता प्रधानमन्त्री देउवाले वर्तमान गठबन्धनको आवश्यकता रहेको भन्दै यो बर्षैँसम्म जाने बताए।

‘लामो लडाइँपछि लोकतान्त्रिक व्यवस्था हामीले ल्याएका छौं। यसलाई बचाएर देशको विकास गर्नुछ। देशलाई समृद्ध, सम्पन्न बनाउनु छ। त्यसैले आज यो महत्वपूर्ण जिम्मेवारी गठबन्धनको काँधमा आएको छ। हामीमा पूर्ण एकता छ। कुनै शंका नगरे हुन्छ। यो गठबन्धन वर्षौंसम्म चल्नेछ। नेपालको अहिलेको आवश्यकता हो। राष्ट्रिय आवश्यकता हो,’ देउवाले भने।
 

प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९  २२:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
यस्तो छ आजका लागि विदेशी मुद्राको दर, अमेरिकी डलरको मूल्य कति? बुधबार, असोज ७, २०८३
आज देशैभर कांग्रेसको पालिका अधिवेशन बुधबार, असोज ७, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै बुधबार, असोज ७, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्