पोखरा– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उर्जा जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यलाई बर्खास्त गर्ने तयारी गरेका छन्।
आचार्यमाथि आसन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि एमाले उम्मेदवारलाई सघाएको आरोप लागेको छ।
डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)बाट प्रदेश सरकारमा रहेका उनी पछिल्लो समय एमाले उम्मेदवारको पक्षका खुलेका बताइएको छ।
आचार्य तत्कालीन जनता समाजवादी पार्टी (जसपा)बाट २०७८ जेठ ३० गते प्रदेश सरकारको मन्त्री नियुक्त भएका थिए। डा भट्टराई जसपाबाट अलग्गिएपछि आचार्य पनि जसपाबाट नेसपामा समाहित भएका थिए।
आचार्य बर्खास्तीमा परेपछि उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री पोखरेलले नै सम्हालेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।