काठमाठौं– यूईएफए युरोपा लिग फुटबलको नकआउट चरण प्ले अफको ’ड्र’ सार्वजनिक भएको छ। यूईएफएले सोमबार राति नकआउट चरणको ’ड्र’ सार्वजनिक गरेको हो।
सार्वजनिक ’ड्र’ अनुसार स्पेनिस क्लब बार्सिलोनाले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग खेल्नेछ ।
यस्तै, इटालियन क्लब युभेन्ट्सले फ्रेन्च क्लब नान्टेससँग खेल्दा स्पेनिस क्लब सेभियाले डच क्लब पीएसभीसँग खेल्नेछ ।
यसैगरी, अर्को इटालियन क्लब रोमाले अष्ट्रियन क्लब साल्जबर्गसँग प्रतिस्पर्धा गर्दा जर्मन क्लब लिभरकुसनले फ्रेन्च क्लब मोनाकोसँग प्रतिस्पर्धा गर्नेछ।
साथै, डच क्लब आयाक्सले जर्मन क्लब युनियन बर्लिनसँग खेल्दा फ्रेन्च क्लब रेनसले युक्रेनियन क्लब शाख्तर डोनेस्कको सामना गर्नेछ।
त्यस्तै, पोर्चुगिज क्लब स्पोर्टिङ सीपीले डेनिस क्लब मिड्जील्याण्डसँग खेल्नेछ।
दुई लेगमा हुने नकआउट चरणको पहिलो लेग फेब्रुअरी १६ मा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।