• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ४, २०८३ Thu, Aug 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
काठमाडौं– ९ स्थलगत :

कल्पनालाई आफ्नै उम्मेदवारी चिनाउन हम्मे! 

64x64
कल्पना घिमिरे आइतबार, कात्तिक २०, २०७९  २१:१०
1140x725

काठमाडौं– आइतबार बिहान टेकुस्थित रुद्रविनायक मन्दिरमा सत्ता गठबन्धनका कार्यकर्ता भेला भइसकेका थिए। केही समयपछि प्रदेशतर्फ गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी नानु बास्तोला (शिवाकोटी) आइपुगिन्। उनले मन्दिरमा पूजा–आर्चना गरिन्।

त्यसैबेला पूर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोल, कांगेस जिल्ला कमिटी अध्यक्ष भद्र तन्डुकार लगायतका नेताहरुको बाक्लो उपस्थिति भयो। २० मिनेटको बसाइपछि आइपुगिन् प्रतिनिधि सभा उम्मेदवार नेकपा माओवादीकी कल्पना धमला।

कल्पनालाई फूलमाला लगाउँदै पूर्वमन्त्री डङ्गोलले स्वागत गरे। त्यसपछि गठबन्धनको घरदैलो कार्यक्रम अगाडि बढेयो। मन्दिरमा पूजा गर्दै निस्कियो गठबन्धनका कार्यकर्ताको लाम।

सय मिटर पर पुगेपछि त्यो लाम एउटा किराना पसलमा पुगेर अडियो। त्यो पसल थियो आशामाया शाहीको। आशामायासँग परिचय गराउँदै कल्पनाले भनिन्, ‘नमस्कार म गठबन्धनको उम्मेदवार कल्पना धमला। मेरो चुनाव चिह्न गोलाकार भित्रकोे हँसिया हथौडा हो। यसमा भोट हाल्नुहोला।’

आशामायाले हाँस्दै ‘पहिला चिनेको थिइनँ, अहिल आउनुभयो र चिने। हुन्छ भोट तपाईलाई नै हालौँला। कति पुरानालाई मात्र हाल्ने? अब नयाँलाई भोट हालेर हेर्नुपर्छ,’  जवाफ दिइन्। प्रदेशतर्फकी उम्मेदवार नानु बास्तोला पनि आफ्नो परिचय दिँदै भोट मागिन्। त्यसपछि त्यहाँबाट  जुलुस अगाडि बढ्यो ।

कल्पनालाई आफ्नो परिचय गराउन हम्मेहम्मे परेको देखिन्थ्याे ।  मतदातासाग भेट ग¥योे कि आफ्नो परिचय बताउनैपर्ने। किनकी, उनी काठमाडौंमा नयाँ थिइन्। त्यही पनि उनको परिचय गराउन उनका कार्यकर्ताले मनग्य सहयोग गरिरहेका देखिन्थे । ‘हाम्रो लोकतान्त्रिक गठबन्धनको उम्मेदवार कल्पना धमला, उहाँको चुनाव चिह्न गोलाकार भित्रको हसिया हथौडा  अब उहाँलाई भोट गरेर जिताउनुपर्छ’ भनेर कार्यकर्ता सिकाउँदै थिए।

काठमाडौंको क्षेत्रमा नयाँ अनुहार भए तापनि उनले यसअघि २०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचनमा साविक धादिङ–२ बाट चुनाव जितेकी थिइन्। त्यसपछि उनी २०६८ मा डा बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषदमा उनी विज्ञान तथा प्रविधि मन्त्री बनेकी थिइन्। २०७० सालको चुनावमा भने पराजित भएकी थिइन्।

nimb
nimb
Ncell 2
Ncell 2


 
भोट माग्ने क्रममा धमलाको टोली ह्युमत टोलमा पुग्यो। त्यहाँ दुर्गा देवीको मन्दिरमा थियो। मच्छरी स्थानीय डङ्गोल पूजा गर्दै थिइन्। उनीसँग ‘म हजुरको उम्मेदवार कल्पना धमला, मलाई आशिर्वाद दिनूस् भन्दै कल्पना पुगिन्। डङ्गोलले ‘जय आशिर्वाद’ भने। कल्पनाले भिजिटिङ कार्ड दिँदै ‘मेरो चुनाव चिह्न यो गोलाकार भित्रको हँसिया हथौडामा भोट हाल्नूस्,’ भनिन्। जवाफमा उनले म अक्षर चिन्दिनँ। छोराछोरीले कसलाई हाल भन्छ उसलाई हाल्छु भोट भनिन्।  

उमेरले ७० वर्ष पुगेकी उनले थुप्रै पटक भोट हालिन्। तर अरुको सहारामा मात्र भोट हालेको बताइन्। कुन पार्टीभन्दा पनि छोरा–नातिले जसलाई भन्छन् उसैलाई भोट हालन लगाउने गरेकी रहिछन्। ‘मेरो त छोरा नातिले हालिदिन्छ। उनीहरुले जसलाई हाल्छ–हाल्छ,’ उनले भनिन्।

‘भगवानलाई ढोगेर पैसा पनि चढाएर गएछ, जित्छ चुनाव त। हुन त जसले जिते पनि केही गर्ने होइन,’ उनी एक्लै बोलिन्। 

केही समय हिँडेपछि ब्रह्म टोल पुगियो। त्यहाँका स्थानीय पनि घरदैलो कार्यक्रमका टोलीलाई झ्यालबाट हेर्दै थिए। त्यही टोलको एउटा घरको सानो ढोकाबाट चियाएर हेर्दै थिए ७० वर्षीया रामशरण महर्जन। उनीसमक्ष हात जोड्दै पुगिहालिन् कल्पना।

‘नमस्ते, म कल्पना धमला। तपाईँहरूको उम्मेदवार। गोलाकार भित्रको हँसिया हथौडामा भोट हालेर मलाई जिताउनुहोला।’ उनले हुन्छ भन्ने जवाफ दिए। साथै उनले कल्पना समक्ष नेताहरुले अरु बेला बेवास्ता गर्ने र भोट माग्ने बेलामा आउने र आश्वासन देखाउने गरेकोप्रति गुनासो पोखे।

टेकु निवासी रमिता सिंह पनि घरदैलो कार्यक्रमको समूहमा मिसिन आइपुगिन्। उनले कल्पनालाई भेटेर शुभकामना दिइन्। ‘हुन त मलाई राजनीति मन पर्दैन। तर म महिला उम्मेदवारको सम्मान गर्छु। म पहिला राजनीतिमा हिँडेकी हुँ। मेरो भाइ कांगे्रस थियो। म राप्रपा हो। २०३६ सालदेखि आन्दोलनमा हिँडेकी थिएँ। मेरो भाइ २०६३ सालमा सहिद भयो। त्यसपछि मलाई राजनीति मन पर्न छाड्यो,’ उनले भनिन्।  

कालो दौरा–सुरुवाल, भादगाउँले टोपी सहित नेवारी पोशाकमा सजिएका ७८ वर्षीया महेन्द्र महर्जन पनि गठबन्धनको घरदैलो कार्यक्रममा मिसिन पुगे। उनलाई पनि कल्पनाले परिचय गराइन्। त्यसपछि उनले आफेनो समस्या समाधान गरिदिन आग्रह गरे। भने, ‘अरु कुरा केही पनि होइन। यहाँ पानीको ठूलो समस्या छ। पानी ल्याउने काम गर्नुस्। भोट तपाईँलाई पक्का भो।’ त्यस टोलमा पानीको एकदमै समस्या रहेछ। हप्तामा आउने पानी १० मिनेट जति आएपछि बन्द हुने र पानीको निकै अभाव भएको महर्जनले बताए। 

उग्रतारा महर्जन पनि त्यस समूहमा मिसिन पुगिन्। उग्रताराले कल्पनालाई स्वागत गरिन्। र, भनिन् ‘हाम्रो परिवारको तर्फबाट तपाईंलाई ८० मत भो, ढुक्क हुनूस्।’

मतदातालाई मत माग्दा आफ्नो परिचय गराउँदै घरदैलो कार्यक्रमको निश्चित समय सकियो। कल्पना भने जित हुनेमा ढुक्क देखिन्छिन्। गठबन्धनका कार्यकर्ताले पनि जित पक्का भएको बताए। 

‘गठबन्धनले जित्छ मात्र होइन, गठबन्धनको सरकार नेता शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्छ। म पहिला काठमाडौं कांग्रेसको सभापति थिएँ। त्यतिबेला पनि मैले चुनाव जितेको थिएँ। अहिले पनि यो क्षेत्रमा कांग्रेसले जित्छ,’ पूर्वमन्त्री डङ्गोलले भने।

उम्मेदवार धमलाले पनि आफ्नो जित सुनिश्चित रहेको दावी गरिन्। उनले भनिन्, ‘यस क्षेत्रमा मेरो जित सुनिश्चित छ। एक त गठबन्धन त्यसमाथि हामीले विकास र समृद्धिका मुद्दा उठाएका छौं।’
 

प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  २१:१०
  • #काठमाडौ
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
१० भदौमा संसद्‌मा जवाफ दिँदै प्रधानमन्त्री बालेन्द्र शाह, दोस्रोपटक जवाफ दिन लागेका प्रधानमन्त्रीको उपस्थिति विवादरहित होला त? बिहीबार, भदौ ४, २०८३
चोरीका गरगहनासहित ६ जना पक्राउ, सुनचाँदी पसल सञ्चालक पनि नियन्त्रणमा बिहीबार, भदौ ४, २०८३
शिक्षा संवादमा सहभागी हुन शिक्षामन्त्री पोखरेल शुक्रबार धनगढी जाने बिहीबार, भदौ ४, २०८३
पीपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया बिहीबार, भदौ ४, २०८३
नेपालमा १६८ प्रजातिका लामखुट्टे, हिमाली क्षेत्रमासमेत फैलिँदै बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
नेपाल सरकारका सचिवहरुको बैठकले के गर्यो निर्णय ? बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्