• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
काठमाडौं– ९ स्थलगत :

कल्पनालाई आफ्नै उम्मेदवारी चिनाउन हम्मे! 

64x64
कल्पना घिमिरे आइतबार, कात्तिक २०, २०७९  २१:१०
1140x725

काठमाडौं– आइतबार बिहान टेकुस्थित रुद्रविनायक मन्दिरमा सत्ता गठबन्धनका कार्यकर्ता भेला भइसकेका थिए। केही समयपछि प्रदेशतर्फ गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी नानु बास्तोला (शिवाकोटी) आइपुगिन्। उनले मन्दिरमा पूजा–आर्चना गरिन्।

त्यसैबेला पूर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोल, कांगेस जिल्ला कमिटी अध्यक्ष भद्र तन्डुकार लगायतका नेताहरुको बाक्लो उपस्थिति भयो। २० मिनेटको बसाइपछि आइपुगिन् प्रतिनिधि सभा उम्मेदवार नेकपा माओवादीकी कल्पना धमला।

कल्पनालाई फूलमाला लगाउँदै पूर्वमन्त्री डङ्गोलले स्वागत गरे। त्यसपछि गठबन्धनको घरदैलो कार्यक्रम अगाडि बढेयो। मन्दिरमा पूजा गर्दै निस्कियो गठबन्धनका कार्यकर्ताको लाम।

सय मिटर पर पुगेपछि त्यो लाम एउटा किराना पसलमा पुगेर अडियो। त्यो पसल थियो आशामाया शाहीको। आशामायासँग परिचय गराउँदै कल्पनाले भनिन्, ‘नमस्कार म गठबन्धनको उम्मेदवार कल्पना धमला। मेरो चुनाव चिह्न गोलाकार भित्रकोे हँसिया हथौडा हो। यसमा भोट हाल्नुहोला।’

आशामायाले हाँस्दै ‘पहिला चिनेको थिइनँ, अहिल आउनुभयो र चिने। हुन्छ भोट तपाईलाई नै हालौँला। कति पुरानालाई मात्र हाल्ने? अब नयाँलाई भोट हालेर हेर्नुपर्छ,’  जवाफ दिइन्। प्रदेशतर्फकी उम्मेदवार नानु बास्तोला पनि आफ्नो परिचय दिँदै भोट मागिन्। त्यसपछि त्यहाँबाट  जुलुस अगाडि बढ्यो ।

कल्पनालाई आफ्नो परिचय गराउन हम्मेहम्मे परेको देखिन्थ्याे ।  मतदातासाग भेट ग¥योे कि आफ्नो परिचय बताउनैपर्ने। किनकी, उनी काठमाडौंमा नयाँ थिइन्। त्यही पनि उनको परिचय गराउन उनका कार्यकर्ताले मनग्य सहयोग गरिरहेका देखिन्थे । ‘हाम्रो लोकतान्त्रिक गठबन्धनको उम्मेदवार कल्पना धमला, उहाँको चुनाव चिह्न गोलाकार भित्रको हसिया हथौडा  अब उहाँलाई भोट गरेर जिताउनुपर्छ’ भनेर कार्यकर्ता सिकाउँदै थिए।

काठमाडौंको क्षेत्रमा नयाँ अनुहार भए तापनि उनले यसअघि २०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचनमा साविक धादिङ–२ बाट चुनाव जितेकी थिइन्। त्यसपछि उनी २०६८ मा डा बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषदमा उनी विज्ञान तथा प्रविधि मन्त्री बनेकी थिइन्। २०७० सालको चुनावमा भने पराजित भएकी थिइन्।

Ncell 2
Ncell 2


 
भोट माग्ने क्रममा धमलाको टोली ह्युमत टोलमा पुग्यो। त्यहाँ दुर्गा देवीको मन्दिरमा थियो। मच्छरी स्थानीय डङ्गोल पूजा गर्दै थिइन्। उनीसँग ‘म हजुरको उम्मेदवार कल्पना धमला, मलाई आशिर्वाद दिनूस् भन्दै कल्पना पुगिन्। डङ्गोलले ‘जय आशिर्वाद’ भने। कल्पनाले भिजिटिङ कार्ड दिँदै ‘मेरो चुनाव चिह्न यो गोलाकार भित्रको हँसिया हथौडामा भोट हाल्नूस्,’ भनिन्। जवाफमा उनले म अक्षर चिन्दिनँ। छोराछोरीले कसलाई हाल भन्छ उसलाई हाल्छु भोट भनिन्।  

उमेरले ७० वर्ष पुगेकी उनले थुप्रै पटक भोट हालिन्। तर अरुको सहारामा मात्र भोट हालेको बताइन्। कुन पार्टीभन्दा पनि छोरा–नातिले जसलाई भन्छन् उसैलाई भोट हालन लगाउने गरेकी रहिछन्। ‘मेरो त छोरा नातिले हालिदिन्छ। उनीहरुले जसलाई हाल्छ–हाल्छ,’ उनले भनिन्।

‘भगवानलाई ढोगेर पैसा पनि चढाएर गएछ, जित्छ चुनाव त। हुन त जसले जिते पनि केही गर्ने होइन,’ उनी एक्लै बोलिन्। 

केही समय हिँडेपछि ब्रह्म टोल पुगियो। त्यहाँका स्थानीय पनि घरदैलो कार्यक्रमका टोलीलाई झ्यालबाट हेर्दै थिए। त्यही टोलको एउटा घरको सानो ढोकाबाट चियाएर हेर्दै थिए ७० वर्षीया रामशरण महर्जन। उनीसमक्ष हात जोड्दै पुगिहालिन् कल्पना।

‘नमस्ते, म कल्पना धमला। तपाईँहरूको उम्मेदवार। गोलाकार भित्रको हँसिया हथौडामा भोट हालेर मलाई जिताउनुहोला।’ उनले हुन्छ भन्ने जवाफ दिए। साथै उनले कल्पना समक्ष नेताहरुले अरु बेला बेवास्ता गर्ने र भोट माग्ने बेलामा आउने र आश्वासन देखाउने गरेकोप्रति गुनासो पोखे।

टेकु निवासी रमिता सिंह पनि घरदैलो कार्यक्रमको समूहमा मिसिन आइपुगिन्। उनले कल्पनालाई भेटेर शुभकामना दिइन्। ‘हुन त मलाई राजनीति मन पर्दैन। तर म महिला उम्मेदवारको सम्मान गर्छु। म पहिला राजनीतिमा हिँडेकी हुँ। मेरो भाइ कांगे्रस थियो। म राप्रपा हो। २०३६ सालदेखि आन्दोलनमा हिँडेकी थिएँ। मेरो भाइ २०६३ सालमा सहिद भयो। त्यसपछि मलाई राजनीति मन पर्न छाड्यो,’ उनले भनिन्।  

कालो दौरा–सुरुवाल, भादगाउँले टोपी सहित नेवारी पोशाकमा सजिएका ७८ वर्षीया महेन्द्र महर्जन पनि गठबन्धनको घरदैलो कार्यक्रममा मिसिन पुगे। उनलाई पनि कल्पनाले परिचय गराइन्। त्यसपछि उनले आफेनो समस्या समाधान गरिदिन आग्रह गरे। भने, ‘अरु कुरा केही पनि होइन। यहाँ पानीको ठूलो समस्या छ। पानी ल्याउने काम गर्नुस्। भोट तपाईँलाई पक्का भो।’ त्यस टोलमा पानीको एकदमै समस्या रहेछ। हप्तामा आउने पानी १० मिनेट जति आएपछि बन्द हुने र पानीको निकै अभाव भएको महर्जनले बताए। 

उग्रतारा महर्जन पनि त्यस समूहमा मिसिन पुगिन्। उग्रताराले कल्पनालाई स्वागत गरिन्। र, भनिन् ‘हाम्रो परिवारको तर्फबाट तपाईंलाई ८० मत भो, ढुक्क हुनूस्।’

मतदातालाई मत माग्दा आफ्नो परिचय गराउँदै घरदैलो कार्यक्रमको निश्चित समय सकियो। कल्पना भने जित हुनेमा ढुक्क देखिन्छिन्। गठबन्धनका कार्यकर्ताले पनि जित पक्का भएको बताए। 

‘गठबन्धनले जित्छ मात्र होइन, गठबन्धनको सरकार नेता शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्छ। म पहिला काठमाडौं कांग्रेसको सभापति थिएँ। त्यतिबेला पनि मैले चुनाव जितेको थिएँ। अहिले पनि यो क्षेत्रमा कांग्रेसले जित्छ,’ पूर्वमन्त्री डङ्गोलले भने।

उम्मेदवार धमलाले पनि आफ्नो जित सुनिश्चित रहेको दावी गरिन्। उनले भनिन्, ‘यस क्षेत्रमा मेरो जित सुनिश्चित छ। एक त गठबन्धन त्यसमाथि हामीले विकास र समृद्धिका मुद्दा उठाएका छौं।’
 

प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  २१:१०
  • #काठमाडौ
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन अघिल्ला निर्वाचनमा प्रयोग हुँदै आएको अभ्यासलाई निरन्तरता दिँदै यस पटक पनि आयोगले कल सेवा केन्द्र सक्रिय बनाएको हो। बुधबार, माघ ७, २०८२
मुस्ताङमा चार जना उम्मेदवार मुस्ताङमा चार जनाले मात्र उम्मेदवारी दर्ता गराएका छन् भने मनाङमा पाँच जनाको उम्मेदवारी परेको छ । बुधबार, माघ ७, २०८२
निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने निर्वाचन आयोगले तय गरेको समयसीमा अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता... बुधबार, माघ ७, २०८२
ताजा समाचारसबै
यस्तो रहनेछ देशभरको मौसम बिहीबार, माघ ८, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर बिहीबार, माघ ८, २०८२
उपत्यकाका सार्वजनिक सवारीसाधनमा सीसी क्यामरा जडान सुरु बुधबार, माघ ७, २०८२
यो वर्षको एसईई चैत १९ गतेबाट, यस्तो छ रुटिन बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
यी ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा, को कहाँबाट भिड्दै छन्? बुधबार, माघ ७, २०८२
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्