• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सञ्जाल

एमाले अध्यक्ष ओलीलाई व्यङ्ग्य- बालकोटको बार्दलीबाट तुइन देखिँदैन

64x64
कल्पना घिमिरे शुक्रबार, कात्तिक १८, २०७९  १८:४०
1140x725

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार आफ्नो फेसबुक वालमा ‘काम आफैं बोल्छः तुइन विस्थापित’ भन्दै एक भिडियो सार्वजनिक गरे। 

उक्त भिडियोमा २०७४ सालअघि तुइनमा हिँडेको र आफ्नो सरकार आएपछि तुइन विस्थापित गरेर पुलको व्यवस्था गरेको देखाइएको छ। जसमा एक हजार सात सयभन्दा बढी टिप्पणी आएका छन्। 

राजेन्द्र भट्टराईले केपी शर्मा ओलीलाई व्यङ्ग्य गर्दै लेखेका छन्, ‘विकास देखेर विश्व चकित छ।’ त्यही टिप्पणीमा गोकर्ण ओझा लेख्छन् ‘उम् त्यही चकित भएर दिन प्रतिदिन लाखौं युवाहरु देश छोडेर विदेश जान्छन् होला है।’

त्यस्तै सुरेन्द्र चौलागाईं लेख्छन्, ‘तुइन अझै बाँकी छन्, बाल्कोटको बार्दलीबाट तुइन देखिँदैनन्।’ 

भीमसेन खनालले टिप्पणी गरेका छन्, ‘तुइन कहाँ र कसरी विस्थापित भयो? मर्ने बेला सही र सत्य बोल्नु, मर्नेबेला अझै भ्रम छर्दै बस्छौ?’

अर्का देवसिंह बोहोरा लेख्छन्, ‘दार्चुला जिल्लामा अझै तुइन बाँकी नै छन्। यसरी जनतालाई भोट मागेर भ्रम नछरौँ।’

वीरेन्द्र डुम्रेले लेखेका छन्, ‘त्यही विस्थापित भएको तुइनबाट जयसिंह धामी बेपत्ता भएको बिर्सेको बाबै।’

समर्पण नेपाल लेख्छन्, ‘अनि तुइनबाट खसेर मरेकाहरुको आत्मा साक्षी राखौँ न, ढुङ्गा उछिट्टिएर बितेकाहरुको आत्मा साक्षी राखौँ न, अरे यसरी माग्नै पर्दैन भोट त दिइहाल्छन् नि जनताले, तिम्रो हो सतप्रतिशत जित।’

Ncell 2
Ncell 2
nimb
nimb

रोशन हजक लामो प्रतिक्रिया दिँदै व्यङ्ग्यात्मक तरिकाले लेख्छन्, ‘८ खर्ब ऋण लिएर जाबो तुइन विस्थापित गर्न सक्नुभएन। महाकाली नदीमा नेपालीले ज्यान गुमाएको बिर्सनुभयो जस्तो छ तपाईंले। कोरोना बेसार पानी, हाच्छ्युँ गरेर जान्छ, नेपालीहरुले सजिलै पचाउँछ भनेर १२ हजारभन्दा बढी नागरिकको ज्यान गयो। बचाउन सकिन्थ्यो होला। तर त्यो भानुभक्तेको घरमा पाहुनालाई सत्कार गर्न हतार भयो। त्यहीमाथि ओम्नी, बालुवाटारको जग्गा जस्ता के–के छन् के–के। विकासको कुरा गर्नुहुन्छ, रेल आएर पनि १२–१४ महिनासम्म चलाउन नसक्ने तपाईंको सरकारलाई के भन्ने देशको ढुकुटी सत्यानाश गरेको भन्ने त होला नि। तपाईंको पालामा भ्युटावर र सभाहलको निर्माण भयो अनि त्यसैलाई विकास भन्नुभयो र देशको ढुकुटीबाट लगभग ४० अर्ब स्वाहा भयो।’ 

उनी थप लेख्छन्, ‘त्यो ४० अर्बमा देशको ७७ जिल्लामा ५०–५० करोडको अस्पताल वा विद्यालय बनाउन सकिन्थ्यो। तर भ्युटावर विकासको फुर्ती लगाउनुभयो। जसबाट देश अनि जनताले केही लाभ पाउँदैनन्। यस्ता कुरा कति छन् कति। तपाईंसहित भूतपूर्व प्रधानमन्त्री, अहिलेका प्रधानमन्त्री र पार्टीहरुले गरेका राज्य दोहनको कालो कर्तुतहरु, नो नट अगेन।’  

सन्तोष आर सुवेदी लेख्छन्, ‘अनि अस्ति भर्खर जयसिंह धामीले तुइनबाटै खसेर मृत्युवरण गरे। अरु सबै कुरामा खुरापाती चल्छ तर यस्तो कुरामा मिल्दैन।’

२०७८ साउन १५ मा भारतीय सुरक्षाकर्मीले तुइनको लठ्ठा खुस्काइदिएपछि महाकाली नदीमा खसेर ब्यास गाउँपालिका–२ का ३३ वर्षीय जयसिंह धामी बेपत्ता भए। नेपालतर्फको मालघाटबाट भारतको धार्चुलामा पर्ने गस्कु हुँदै दार्चुला सदरमुकाम खलंगा हिँडेका धामी तुइनबाट नदी पार गर्ने क्रममा भारतीय सशस्त्र सीमा बल (एसएसबी)का सुरक्षाकर्मीले लठ्ठा खुस्काइदिएपछि महाकालीमा खसेका थिए।

Xtrem

Xtrem

त्यसको वर्ष दिन बित्न नपाउँदै ब्यास गाउँपालिका–२, दुम्लिङका १७ वर्षीय सचिन बुढाथोकी भारतबाट महाकाली तरेर नेपालतर्फ आउने क्रममा तुइनबाट खसेर बेपत्ता भए। उनी गत असार २२ गते भारतीय बजारबाट किनमेल गरी फर्किने क्रममा तुइनबाट खसेर महाकालीमा बेपत्ता भएका थिए।

दार्चुला जिल्लामा तुइनबाट खसेर २०६७ सालमा इन्जिनियर राजेन्द्र न्यौपाने बेपत्ता भए। २०७७ साउन ६ मा हेटौंडाका ७७ वर्षीय कृष्णप्रसाद पराजुलीले सामरी र राप्ती खोलाको दोभान नजिकै टाँगिएको तुइनबाट खसेर ज्यान गुमाए।

त्यही महिनाको साउन १९ मा लमजुङको दोर्दी खोला तर्ने क्रममा तुइनबाट खसेर दोर्दी गाउँपालिकाकी फूलमाया गुरुङ बेपत्ता भएकी थिइन्। २०७२ पुसमा दार्चुलाकै सुन्सेराका ५५ वर्षीय चन्द्रसिंह कुँवर तुइनबाट महाकाली नदीमा खसेर बेपत्ता भएका थिए।

२५ वर्षको अवधिमा महाकाली नदीका तुइनबाट खसेर मात्रै २६ जनाले ज्यान गुमाइसकेका छन् भने अन्य नदी तथा खोलाका तुइनले पनि यो अवधिमा धेरैको ज्यान लिइसकेको छ। 

गृह मन्त्रालयका अनुसार गत असारको घटनासहित हालसम्म महाकालीको दार्चुला क्षेत्रमा मात्रै तुइनबाट खसेर २६ जनाको मृत्यु भएको छ। महाकाली नेपाल–भारत सीमवर्ती नदी हो। 

दार्चुलाको महाकाली नदीमा तुइन विस्थापन गरी सुरक्षित र सहज आवागमन गर्न ब्यास गाउँपालिका–६, बडूगाउँ र मालिकार्जुन गाउँपालिका–६, बाँकु तथा ब्यासकै मडगाउँमा झोलुङ्गे पुल प्रयोगमा आएका छन्।

जयसिंह धामीको मृत्युपछि विस्थापन भएको ठाउँमा पुल निर्माण कार्य अघि बढेको छ। दार्चुलाकै महाकालीको ब्यास,४ स्थित मलघट्टे र भारत जोड्ने पुल निर्माणकै क्रममा छ। तर कहिले सकिने भन्ने टुंगो छैन।

अरु थुप्रै स्थानमा विद्यार्थीदेखि मेलापात र घाँस दाउरा गर्दा पनि तुइनकै भर पर्नुपर्ने बाध्यता छ। महाकाली, कर्णाली, सेती, कालीगण्डकी भेरी लगायत ठूला नदी हुन वा स्थानीय खहरे र ठूला खोला, आवश्यकता अनुसार पायक पर्ने ठाउँमा पुल नबन्दा ज्यान गुमाउनु परेका दुःखदायी घटनाका समाचार आउने गर्छन्। यतिमात्र होईन, यी क्षेत्रका जनताले खोलाबाट तुइनमार्फत दैनिक जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता अझै बाँकी छ।

तत्कालीन केपी शर्मा ओली सरकारले आर्थिक वर्ष २०७६÷७७ भित्र देशबाट तुइन विस्थापित गरिसक्ने घोषणा गरेको थियो। त्यसअघि २०७५ साउन १८ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत योजना तथा अनुगमन शाखाले सबै स्थानीय तहलाई पत्र पठाउँदै विभिन्न स्थानमा रहेका नदी, खोला वारपार गर्न सुरक्षित उपाय नभएको अवस्थामा निर्माण गरिएका तुइनलाई झोलुङ्गे पुलले विस्थापन गर्न निर्देशन दिएको थियो।

त्यसअघि ओली पहिलो पटक प्रधानमन्त्री बन्दा २०७२ असोज २५ मो मन्त्रिपरिषद्को पहिलो बैठकबाटै तुइन विस्थापन गरिने निर्णय गरेका थिए। तुइन हटाउन २०७३ मा सरकारले ‘सार्वजनिक तुइन  विस्थापन  कार्यविधि’ नै जारी गरेको थियो।

त्यसको दुई वर्षपछि मन्त्रिपरिषद्को २०७५ भदौ २९ को बैठकले तुइनको प्रयोग रोकथाम, नियन्त्रण, निरुत्साहित गर्न प्रभावित व्यक्तिको उद्धार तथा सहायतासम्बन्धी कोष सञ्चालन नियमावली–२०७५ ल्याएको थियो।

तर, मानवीय क्षति हुने गरी वर्षेनी यस्ता घटना दोहोरिने गरेका छन्। नियमावलीमा उल्लेखित प्रावधान अनुसार प्रभावित क्षेत्र लक्षित विशेष कार्यक्रम ल्याएर तुइन प्रयोग नियन्त्रण हुन सकेको छैन। पहिलो कार्यकालमा ओलीले तुइन विस्थापन अभियानलाई मुख्य उपलब्धिका रुपमा लिएका थिए। त्यसपछि सरकारले तुइन विस्थापन  गरी त्यस स्थान वरपर स्थानीयलाई पायक पर्ने ठाउँमा झोलुङ्गे पुल निर्माणको कार्यक्रम अघि बढाइएको थियो।

२०७२÷०७३ मै देशभर १ सय ९८ स्थानमा तुइन रहेको पहिचान भएको थियो। त्यसमध्ये हालसम्म १ सय ३० बढी स्थानमा तुइन  विस्थापन गरी पुल बनाइएको सरकारले जनाएको छ। तर बाँकी ठाउँमा पुल नबन्दा जोखिमपूर्ण यात्रा मात्रै होइन, ज्यानै जाने घटना दोहोरिरहेका छन्।

नागरिकको सहजता र सुरक्षाका लागि तुइन विस्थापन अभियानलाई तिव्रता दिनुपर्ने दबाब सरकारमाथि परेको छ। महाकालीमा मात्रै सरकारले विस्थापन गरी ११ ठाउँमा पुल निर्माण गर्नुपर्ने गरी कार्ययोजना ल्याएको थियो। त्यसमध्ये २ ठाउँमा निर्माण सम्पन्न, २ ठाउँमा निर्माणाधीन छन् भने अरु ७ ठाउँमा निर्माण हुने सुरसार समेत छैन।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९  १८:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
‘मे त्हलें प्रीब पर्व’ मनाउँदै गुरुङ समुदाय चितवनको– भरतपुर ११ नौरङ्गेस्थित क्होइवोे परिसरमा आज जिल्लास्तरीय धनुष वाण प्रतियोगिता तथा छलफल कार्यक्रम आयोजना गरी यो पर्व मनाइने अ... बिहीबार, फागुन २९, २०८१
रियालिटी शो ‘कमेडी किड्स’को डिजिटल अडिसन खुला भाग लिन इच्छुकले बढीमा २ मिनेट लामो भिडिओ बनाएर ह्वाटस् एप, जिमेल अथवा भाइबरमा पठाउन सक्ने जनाइएको छ । भिडिओ मोबाइलबाट खिचेर पठाउन स... बुधबार, फागुन १४, २०८१
पोखरामा प्रादेशिक ललितकला प्रदर्शनी सुरु सातै प्रदेशबाट छनोटमा परेका कलाकृति राष्ट्रिय ललितकता प्रदर्शनीमा राखिने नेपाल ललितकला प्रतिष्ठानले जनाएको छ । सोमबार, फागुन ५, २०८१
ताजा समाचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम शुक्रबार, असोज १६, २०८३
जाजरकोटका स्थानीयले जडिबुटीबाट भित्र्याए २९ करोडभन्दा बढी रकम शुक्रबार, असोज १६, २०८३
प्राकृतिक विपत्तिमा राहत, उद्धार र पुनर्निर्माणमा प्रभावकारी पहल गर्ने नेकपा संसदीय दलको निर्णय शुक्रबार, असोज १६, २०८३
जर्मनीको पहिलो जित शुक्रबार, असोज १६, २०८३
पाँच वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
२५ अर्ब खर्चेर करिब १३ हजार निजामती कर्मचारीलाई अवकाश दिने प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा दर्ता (पूर्णपाठ) बिहीबार, असोज १५, २०८३
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्