काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित निकालेको छ। शनिबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई १-० गोल अन्तरले पराजित गरेको हो। बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले निर्णायक गोल गरे।
लेवान्डोस्कीले खेलको इन्जुरी समयमा गोल गरेका थिए। त्यसअघि ५० औं मिनेटमा भ्यालेन्सियाका लागि लिनोले गोल गरे पनि त्यसले मान्यता नपाएपछि बार्सिलोनाले जित हात पारेको हो।
भीएआरको सहायताबाट उनको गोललाई मान्यता नदिने निर्णय भएको थियो। गोलअघि फाउलको कारण उनको गोलले मान्यता पाउन सकेन।
यस जितसँगै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ। बार्सिलोनाले १२ खेलमा ३१ अंक जोडेको छ। भ्यालेन्सिया १५ अंक जोडेर १० औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।