• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

एकपछि अर्को विवादमा तानिँदै निर्वाचन आयोग

64x64
ईश्वर बराल बुधबार, कात्तिक ९, २०७९  १९:२५
1140x725

काठमाडौं- निर्वाचन आयोगले मंगलबार साँझ ‘नो नट अगेन’ नामको ग्रुपलाई लक्षित गरी एक विज्ञप्ति जारी गर्‍यो। पछिल्ला केही महिनादेखि यो समूहले मुख्य दलका शीर्ष नेताहरूलाई आसन्न निर्वाचनअघि नै विश्राम लिन ‘क्याम्पेनिङ’ गर्दै आएको थियो। 

आयोगले जारी गरेको विज्ञप्तिमा यो समूहको गतिविधिले आयोगको ध्यनाकर्षण भएको बताएको छ। ‘उम्मेदवारी दर्ता भइसकेको सन्दर्भमा 'नो नट अगेन, 'नो, नट अगेन’ ' नो. नट अगेन’ समेतका फेसबुक पेज/ग्रुपहरुबाट उम्मेदवार बनेका दलका नेताहरुबारे विभिन्न लाञ्छानापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य/श्रव्यदृश्य सामग्री प्रकाशन गरेकोप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ,’ आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

आयोगले उक्त पेज तथा गुप्रहरू सामाजिक सञ्जालबाट तत्काल हटाउन सम्बन्धित पक्षलाई चेतावनी दिएको छ। अन्यथा प्रचलित कानुन अनुसार त्यस्तो गतिविधि गर्नेलाई १ लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने पनि जनाएको छ। 

आयोगले यो विज्ञप्ति फेसबुकमा रहेको आफ्नो पेजमा पनि राखेको छ। फेसबुकमा पोस्ट गरिएको उक्त विज्ञप्तिमा ‘कमेन्ट’ गर्दै अधिकांश प्रयोगकर्ताले विरोध जनाएका छन्। 

केहीले आयोग ठूला दलका नेताहरुको पक्षमा लागेको लेखेका छन् भने केहीले आयोगले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरेको आरोप लागाएका छन्।

यसै सन्दर्भमा एमाले नेता तथा निर्वतमान सांसद भीम रावलले आयोगले संविधानले दिएको अधिकार विरुद्ध गतिविधि गरेको टिप्पणी गरेका छन्। रावलले सामाजिक सञ्जाल ट्विटरमार्फत विरोध जनाएका हुन्।

‘कसैलाई मतदान गरौं वा नगरौं भन्न नपाइने भए निर्वाचन आयोगले ‘शीर्ष’ ठानेका नेताहरूलाई अहिले नै ‘विजयी’ घोषणा गरिदिए कसो होला?,’ रावलले लेखेका छन्,‘यद्यपि आयोगको भनाइ नेपालको संविधानको धारा १७ को विचार र अभिव्यक्ति स्वतन्त्रता र १९ को सञ्चारको हक विरुद्ध छ।’

यस्तै अभिनेता निश्चल बस्नेतले ‘नो नट अगेन’ को सर्मथन गर्दै २०औं वर्ष सत्तामा बसेर, अहिले पनि हामी बनाउँछौं नेपाल भन्नेलाई भोट नहाल्ने भन्दै फेसबुकमा लेखेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

आयोगले भने झुटा सामग्रीहरू बनाएर सार्वजनिक गरेका कारण त्यस्ता समूहहरूलाई निष्क्रय पारेको बताएको छ। ‘फेसबुक ग्रुपहरु बनाएर दलका नेता विरुद्ध प्रचारप्रसार गर्दा मन नपरेका उम्मेदवारलाई बदनाम गराउनेसम्म हुनाले नियन्त्रण गर्न आवश्यक देखिएकोले त्यस्तो गतिविधि गर्नेलाई निरुत्साहित गर्न त्यस्तो निर्णयहरु गरिएको हो,’ आयोगका एक पदाधिकारीले नेपाल लाइभलाई बताए। 

आयोगको यो कदम संविधानले व्यवस्था गरेको नागरिकको कुनै पनि अधिकार विरुद्ध नरहेको ती पदाधिकारीको जिकिर छ।

निर्वाचन आयोगले गरेको निर्णय र क्रियाकलाप विवादमा तानिएको यो पछिल्लो घटना हो। आयोगका यसअघिका केही निर्णयहरु पनि शृखंलाबद्ध रुपमा विवादमा तानिएका थिए। केहीमा आयोगले स्पष्ट पारिसकेको छ भने केहीमा मौन रहेको छ।

केही दिनअघि मात्र आयोगले सार्वजनिक गरेको निर्वाचन शिक्षा सम्बन्धी एक गीतका कारण आयोग विवादमा तानिएको थियो। आयोगका पदाधिकारीका निकटस्थहरुको सहभागितामा गीत तयार परिएको र सो गीतमा कुनै सुर, ताल नमिलेको आरोप आयोगलाई लगेको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आयोगले पछि विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले दिएको सुझावलाई सम्मान गर्दै उक्त सामग्रीलाई परिमार्जनका लागि हटाइएको जानकारी दिएको थियो। 

यस्तै, गत हप्ता एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वैदेशिक रोजगारीमा पठाइदिने अभिव्यक्ति दिएको विषयमा आयोगले स्पष्टीकरण दिन र रौतहट प्रहरीलाई आवश्यक कारबाही गर्न भन्दै दुई पत्र काट्यो।

नेता नेपालको जस्तै अभिव्यक्ति दिएकी कांग्रेस नेतृ तथा प्रधानमन्त्री पत्नी आरजु राणालाई स्पष्टीकरण सोध्ने विषयमा भने आयोग मौन रह्यो। राणाको विषयमा उजुरी नै नआएको र आएको खण्डमा कारबाहीको प्रक्रिया अघि बढाउने भन्दै आयोग पन्छिएको छ।

नेपाललाई २४ घण्टे स्पष्टीकरण सोधेको आयोगले त्यसमा थप के भयो भन्ने बारेमा भने स्पष्ट पारेको छैन। 

यस्तै, अघिल्लो महिना अर्थ मन्त्रालयले निर्वाचनमा मतदातालाई प्रभावित पार्ने गरी करिब ४५ अर्ब रकमान्तर गर्यो। सत्ता गठबन्धनका प्रभावशाली नेताहरूको गृह जिल्लामा पूर्वाधारका कार्यक्रममा बजेट पठाएपछि आयोगमा उजुरी परेको थियो।

उता प्रदेशका नियमित कार्यक्रममा आचारसंहिताका कारण अंकुश लगाएको आयोगले संघ सरकारले रकमान्तर गरेको विषयमा भने अर्थ मन्त्रलायका सचिवलाई २४ घण्टे स्पष्टीकरण सोध्न बाहेक अन्य थप कारबाही अगाडि बढाएको जानकारीमा छैन। 

आयोगको यस्तो द्वैध नीतिको प्रदेश सरकारका मन्त्रीहरुले असन्तुष्टि व्यक्त गरेका छन्। यस विषयमा भने आयोगका कर्मचारी प्रतिक्रिया दिन इन्कार गर्छन्। 

त्यस्तै असोज अन्तिम साता निर्वाचन आयोगले पत्रकार तथा सञ्चारमाध्यमका लागि उल्लेख आचार संहितासमेत पालना भए/नभएको अनुगमन गर्ने जिम्मा राष्ट्रिय अनुसन्धान विभागलाई दियो। आयोगको यो निर्णय मान्य नहुने भन्दै नेपाल पत्रकार महासंघले विज्ञप्तिमार्फत जानकारी गरायो।

पत्रकार महासंघको विज्ञप्तिप्रति लक्षित गर्दै प्रमुख आयुक्त दिनेश थपलियाले पत्रकारसँगको भेटघाटमा निर्वाचन आयोग ऐनले नेपाल सरकारका कुनै पनि संस्थालाई निर्वाचन सम्बन्धी काम लगाउन सक्ने व्यवस्था बमोजिम अनुसन्धान विभागलाई अनुगमन गर्न जिम्मा दिएको स्पष्ट पारे। यद्यपि, यो विषयमा पत्रकार महसंघले आयोगसँग असहमति राख्दै आएको छ।

निर्वाचन कानुन तथा आचारसंहिता पालना गराउने कार्य जटिल रहेकोले निर्वाचन आयोगका निर्णयहरू विवादमा आउने गरेको बताउँछन् एक पूर्व निर्वाचन आयुक्त। तर मंसिरको निर्वाचनका लागि केही भने अलिअलि चर्चामा पनि आउन गरिएको हो कि जस्तो देखिएको उनको दावी छ।

‘निर्वाचन आयोग सरकारको संवैधानिक निकाय हो। यसले सरकारकै सहयोगमा निष्पक्ष निर्वाचन गराउनुपर्ने हुन्छ। त्यसर्थ यस सम्बन्धी कानुन तथा आचारसंहिता पालना गराउनु चुनौती हुन्छ,’ नेपाल लाइभसँग कुरा गर्दै उनले भने, ‘तर मंसिरको निर्वाचनको कुरा गर्दा आयोगले केही निर्णय चाहिँ अलि चर्चामा आउन गरेको जस्तो देखियो। 

सार्वजनिक गर्नुअघि छलफल गरे राम्रो हुन्छ। हुन त आयोगले मतदान गराउनु बाहेकको मुख्य काम धेरै अघि सकेको छ। आयोग अलि फुर्सदमा रहेकोले आचार संहिताको कडै निगरानी गर्ने ‘मुड’ मा देखिएको छ।’

प्रकाशित मिति: बुधबार, कात्तिक ९, २०७९  १९:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरमा नयाँ नेतृत्व शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
तातोपानी नाका तीन दिनका लागि खुल्ने शनिबार, असोज ३१, २०८३
दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने शनिबार, असोज ३१, २०८३
हानी नोक्सनी कोषको आकस्मिक बैठक कात्तिक ५ गतेका लागि बोलाइयो, रसुवा बाढी मुख्य एजेण्डा शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्