• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस २९, २०८२ Tue, Jan 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

एकपछि अर्को विवादमा तानिँदै निर्वाचन आयोग

64x64
ईश्वर बराल बुधबार, कात्तिक ९, २०७९  १९:२५
1140x725

काठमाडौं- निर्वाचन आयोगले मंगलबार साँझ ‘नो नट अगेन’ नामको ग्रुपलाई लक्षित गरी एक विज्ञप्ति जारी गर्‍यो। पछिल्ला केही महिनादेखि यो समूहले मुख्य दलका शीर्ष नेताहरूलाई आसन्न निर्वाचनअघि नै विश्राम लिन ‘क्याम्पेनिङ’ गर्दै आएको थियो। 

आयोगले जारी गरेको विज्ञप्तिमा यो समूहको गतिविधिले आयोगको ध्यनाकर्षण भएको बताएको छ। ‘उम्मेदवारी दर्ता भइसकेको सन्दर्भमा 'नो नट अगेन, 'नो, नट अगेन’ ' नो. नट अगेन’ समेतका फेसबुक पेज/ग्रुपहरुबाट उम्मेदवार बनेका दलका नेताहरुबारे विभिन्न लाञ्छानापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य/श्रव्यदृश्य सामग्री प्रकाशन गरेकोप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ,’ आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

आयोगले उक्त पेज तथा गुप्रहरू सामाजिक सञ्जालबाट तत्काल हटाउन सम्बन्धित पक्षलाई चेतावनी दिएको छ। अन्यथा प्रचलित कानुन अनुसार त्यस्तो गतिविधि गर्नेलाई १ लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने पनि जनाएको छ। 

आयोगले यो विज्ञप्ति फेसबुकमा रहेको आफ्नो पेजमा पनि राखेको छ। फेसबुकमा पोस्ट गरिएको उक्त विज्ञप्तिमा ‘कमेन्ट’ गर्दै अधिकांश प्रयोगकर्ताले विरोध जनाएका छन्। 

केहीले आयोग ठूला दलका नेताहरुको पक्षमा लागेको लेखेका छन् भने केहीले आयोगले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरेको आरोप लागाएका छन्।

यसै सन्दर्भमा एमाले नेता तथा निर्वतमान सांसद भीम रावलले आयोगले संविधानले दिएको अधिकार विरुद्ध गतिविधि गरेको टिप्पणी गरेका छन्। रावलले सामाजिक सञ्जाल ट्विटरमार्फत विरोध जनाएका हुन्।

‘कसैलाई मतदान गरौं वा नगरौं भन्न नपाइने भए निर्वाचन आयोगले ‘शीर्ष’ ठानेका नेताहरूलाई अहिले नै ‘विजयी’ घोषणा गरिदिए कसो होला?,’ रावलले लेखेका छन्,‘यद्यपि आयोगको भनाइ नेपालको संविधानको धारा १७ को विचार र अभिव्यक्ति स्वतन्त्रता र १९ को सञ्चारको हक विरुद्ध छ।’

यस्तै अभिनेता निश्चल बस्नेतले ‘नो नट अगेन’ को सर्मथन गर्दै २०औं वर्ष सत्तामा बसेर, अहिले पनि हामी बनाउँछौं नेपाल भन्नेलाई भोट नहाल्ने भन्दै फेसबुकमा लेखेका छन्।

Ncell 2
Ncell 2

आयोगले भने झुटा सामग्रीहरू बनाएर सार्वजनिक गरेका कारण त्यस्ता समूहहरूलाई निष्क्रय पारेको बताएको छ। ‘फेसबुक ग्रुपहरु बनाएर दलका नेता विरुद्ध प्रचारप्रसार गर्दा मन नपरेका उम्मेदवारलाई बदनाम गराउनेसम्म हुनाले नियन्त्रण गर्न आवश्यक देखिएकोले त्यस्तो गतिविधि गर्नेलाई निरुत्साहित गर्न त्यस्तो निर्णयहरु गरिएको हो,’ आयोगका एक पदाधिकारीले नेपाल लाइभलाई बताए। 

आयोगको यो कदम संविधानले व्यवस्था गरेको नागरिकको कुनै पनि अधिकार विरुद्ध नरहेको ती पदाधिकारीको जिकिर छ।

निर्वाचन आयोगले गरेको निर्णय र क्रियाकलाप विवादमा तानिएको यो पछिल्लो घटना हो। आयोगका यसअघिका केही निर्णयहरु पनि शृखंलाबद्ध रुपमा विवादमा तानिएका थिए। केहीमा आयोगले स्पष्ट पारिसकेको छ भने केहीमा मौन रहेको छ।

केही दिनअघि मात्र आयोगले सार्वजनिक गरेको निर्वाचन शिक्षा सम्बन्धी एक गीतका कारण आयोग विवादमा तानिएको थियो। आयोगका पदाधिकारीका निकटस्थहरुको सहभागितामा गीत तयार परिएको र सो गीतमा कुनै सुर, ताल नमिलेको आरोप आयोगलाई लगेको थियो। 

आयोगले पछि विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले दिएको सुझावलाई सम्मान गर्दै उक्त सामग्रीलाई परिमार्जनका लागि हटाइएको जानकारी दिएको थियो। 

यस्तै, गत हप्ता एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वैदेशिक रोजगारीमा पठाइदिने अभिव्यक्ति दिएको विषयमा आयोगले स्पष्टीकरण दिन र रौतहट प्रहरीलाई आवश्यक कारबाही गर्न भन्दै दुई पत्र काट्यो।

नेता नेपालको जस्तै अभिव्यक्ति दिएकी कांग्रेस नेतृ तथा प्रधानमन्त्री पत्नी आरजु राणालाई स्पष्टीकरण सोध्ने विषयमा भने आयोग मौन रह्यो। राणाको विषयमा उजुरी नै नआएको र आएको खण्डमा कारबाहीको प्रक्रिया अघि बढाउने भन्दै आयोग पन्छिएको छ।

नेपाललाई २४ घण्टे स्पष्टीकरण सोधेको आयोगले त्यसमा थप के भयो भन्ने बारेमा भने स्पष्ट पारेको छैन। 

यस्तै, अघिल्लो महिना अर्थ मन्त्रालयले निर्वाचनमा मतदातालाई प्रभावित पार्ने गरी करिब ४५ अर्ब रकमान्तर गर्यो। सत्ता गठबन्धनका प्रभावशाली नेताहरूको गृह जिल्लामा पूर्वाधारका कार्यक्रममा बजेट पठाएपछि आयोगमा उजुरी परेको थियो।

उता प्रदेशका नियमित कार्यक्रममा आचारसंहिताका कारण अंकुश लगाएको आयोगले संघ सरकारले रकमान्तर गरेको विषयमा भने अर्थ मन्त्रलायका सचिवलाई २४ घण्टे स्पष्टीकरण सोध्न बाहेक अन्य थप कारबाही अगाडि बढाएको जानकारीमा छैन। 

आयोगको यस्तो द्वैध नीतिको प्रदेश सरकारका मन्त्रीहरुले असन्तुष्टि व्यक्त गरेका छन्। यस विषयमा भने आयोगका कर्मचारी प्रतिक्रिया दिन इन्कार गर्छन्। 

त्यस्तै असोज अन्तिम साता निर्वाचन आयोगले पत्रकार तथा सञ्चारमाध्यमका लागि उल्लेख आचार संहितासमेत पालना भए/नभएको अनुगमन गर्ने जिम्मा राष्ट्रिय अनुसन्धान विभागलाई दियो। आयोगको यो निर्णय मान्य नहुने भन्दै नेपाल पत्रकार महासंघले विज्ञप्तिमार्फत जानकारी गरायो।

पत्रकार महासंघको विज्ञप्तिप्रति लक्षित गर्दै प्रमुख आयुक्त दिनेश थपलियाले पत्रकारसँगको भेटघाटमा निर्वाचन आयोग ऐनले नेपाल सरकारका कुनै पनि संस्थालाई निर्वाचन सम्बन्धी काम लगाउन सक्ने व्यवस्था बमोजिम अनुसन्धान विभागलाई अनुगमन गर्न जिम्मा दिएको स्पष्ट पारे। यद्यपि, यो विषयमा पत्रकार महसंघले आयोगसँग असहमति राख्दै आएको छ।

निर्वाचन कानुन तथा आचारसंहिता पालना गराउने कार्य जटिल रहेकोले निर्वाचन आयोगका निर्णयहरू विवादमा आउने गरेको बताउँछन् एक पूर्व निर्वाचन आयुक्त। तर मंसिरको निर्वाचनका लागि केही भने अलिअलि चर्चामा पनि आउन गरिएको हो कि जस्तो देखिएको उनको दावी छ।

‘निर्वाचन आयोग सरकारको संवैधानिक निकाय हो। यसले सरकारकै सहयोगमा निष्पक्ष निर्वाचन गराउनुपर्ने हुन्छ। त्यसर्थ यस सम्बन्धी कानुन तथा आचारसंहिता पालना गराउनु चुनौती हुन्छ,’ नेपाल लाइभसँग कुरा गर्दै उनले भने, ‘तर मंसिरको निर्वाचनको कुरा गर्दा आयोगले केही निर्णय चाहिँ अलि चर्चामा आउन गरेको जस्तो देखियो। 

सार्वजनिक गर्नुअघि छलफल गरे राम्रो हुन्छ। हुन त आयोगले मतदान गराउनु बाहेकको मुख्य काम धेरै अघि सकेको छ। आयोग अलि फुर्सदमा रहेकोले आचार संहिताको कडै निगरानी गर्ने ‘मुड’ मा देखिएको छ।’

प्रकाशित मिति: बुधबार, कात्तिक ९, २०७९  १९:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
निर्वाचन आयोगले भन्यो- उम्मेदवारी दर्तासँगै जनप्रतिनिधिको पद स्वतः खारेज हुन्छ आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा आयोगले जारी गरेको सूचना अनुसार बहालवाला जनप्रतिनिधिले उम्मेदवारी दर... सोमबार, पुस २८, २०८२
आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दलले यही पुस १३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्ध... सोमबार, पुस २८, २०८२
चुनावमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न मेटा, टिकटकलगायतलाई आयोगको आग्रह आयोगले शुक्रबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा यस सम्बन्धमा मेटा र टिकटकका प्रतिनिधिसँग सम्पर्क भइसकेको जनाएको छ । शुक्रबार, पुस २५, २०८२
ताजा समाचारसबै
विशेष महाधिवेशन :  साढे ७ बजेसम्म उम्मेदवारी दर्ता, आज मतदान नहुने मंगलबार, पुस २९, २०८२
मन्त्रिपरिषद्का १९ निर्णय सार्वजनिक (सूचीसहित) मंगलबार, पुस २९, २०८२
केन्द्रीय समिति बैठक अझै सुरु भएन,शीर्ष नेता छुट्टै छलफलमा मंगलबार, पुस २९, २०८२
पाँच अंकले बढ्यो नेप्से मंगलबार, पुस २९, २०८२
विशेष महाधिवेशनको मतदाता सूचीबाट राष्ट्रपतिको नाम हटाउन शीतल निवासको अनुरोध मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
बालेन केपी ओलीसँग भिड्ने निश्चित, माघ ४ गते राजीनामा दिने सोमबार, पुस २८, २०८२
देउवासँग छलफल गर्न महाराजगञ्ज पुगे शेखरसहित नेता सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्