काठमाडौं– इंग्लिस क्लब स्टन भिल्लाको मुख्य प्रशिक्षकमा उनाई एमरी नियुक्त भएका छन्। आर्सनलका पूर्व प्रशिक्षकसमेत रहेका उनाईले ला–लिगा क्लब भिल्लारियलको समेत प्रशिक्षक समालिसकेका छन्।
उनकै प्रशिक्षकमा भिल्लारियलले युरोपा लिगको उपाधिसमेत जितेको थियो। भिल्लारियललाई ५.५ मिलियन पाउण्ड ‘वाईआउट’ मूल्य तिर्दै उनाईसँग एस्टनले सम्झौता गरेको हो।
प्रिमियर लिगमा गत बिहीबार राति फुलहमसँग लज्जास्पद हार बेहोरपछि एस्टन भिल्लाले मुख्य प्रशिक्षक स्टिभन जेरार्डलाई बर्खास्त गरेको थियो। त्यसपछि रिक्त ठाउँमा उनाईलाई नियुक्त गरेको हो।
४२ वर्षीय जेरार्ड ११ महिना अघि, २०२१ को नोभेम्बरमा एस्टनका मुख्य प्रशिक्षक नियुक्त भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।