काठमाडौं– इंग्लिस प्रिमियर लिगमा नेपाली समयअनुसार शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड मुस्किलले हारबाट जोगिएको छ।
९० मिनेटपछिको अतिरिक्त समयको ४ औं मिनेटमा कासेमिरोले गोल गरेपछि युनाइटेडले हार टारेको हो। घरेलु मैदानमा भएको खेलमा ८७ औं मिनेटमा पेनाल्टीमार्फत् चेल्सीले अग्रता बनाएको थियो।
८७ औं मिनेटमा जर्जिन्होले पेनाल्टीमार्फत् गोल गर्दै चेल्सीलाई ३ अंक सुरक्षित गर्ने अवसर दिलाएका थिए। तर, अतिरिक्त समयमा कासेमिसरोले गोल गरेपछि चेल्सी अंक बाँड्न बाध्य भयो।
चेल्सी ११ खेलबाट २१ अंकका साथ लिगको चौथो स्थानमा छ भने युनाइटेड समान खेलबाट २० अंकसहित पाँचौं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।