काठमाडौं– इर्लिङ हाल्याण्डको दुई गोल मद्दतमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ। इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति भएको खेलमा सिटीले ब्राइटनलाई ३–१ गोल अन्तरले हरायो।
हाल्याण्डले सिटीका गोलरक्षक इडर्सनको पासमा २२औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए।
४३औं मिनेटमा बनार्डो सिल्भालाई डि–बक्सभित्र फउल गरेपछि पाएको पेनाल्टीमा हल्याण्डले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाएका थिए।
दोस्रो हाफको ५३औं मिनेटमा लिआन्ड्रो ट्रोसार्डले गोल गर्दै खेल २–१ को स्थितीमा ल्याएका थिए।
बर्नाडो सिल्भाको पासमा ७५औं मिनेटमा केनि डिबु्रयनाले गोल गरेपछि सिटीले ३–१ गोल अन्तरले ब्राइटनलाई हरायो।
जितसँगै २६ अंकका साथ सिटी दोस्रो स्थानमा उक्लेको छ। सिटीभन्दा एक खेल कम खेलेको आर्सनल २७ अंकका तालिकाको साथ शीर्ष स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।