काठमाडौं– स्पेनिस ला लिगामा नेपाली समयअनुसार शनिबार राति भएको खेलमा रियल मड्रिडले जित निकालेको छ।
सेभिल्लालाई ३–१ गोल अन्तरले हराउँदै रियलले महत्वपूर्ण जित निकालेको हो। रियलको जितमा लुका मोड्रिक, लुकास भास्क्वेज र फेड भालभर्देले समान एक–एक गोल गरे।
भिनिसियस जुनियरको पासमा ५औं मिनेटमा मोड्रिक र ७९औं मिनेटमा भास्क्वेजले गोल गरे। ८१औं मिनेटमा एसेन्सियोको पासमा भालभर्देले गोल गर्दै रियललाई जित दिलाए।
सेभिल्लाका लागि ५४ औं मिनेटमा इरिक लामेलाले गोल गरे।
जितसँगै रियल मड्रिडले शीर्ष स्थानमा अग्रता बढाएको छ। ११ खेलबाट ३१ अंकका साथ रियल शीर्ष स्थानमा छ। एक खेल कम खेलेको बार्सिलोनाको भने २५ अंक छ। बार्सिलोनाले आइतबार राति एथ्लेटिक बिल्बाओको सामना गर्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।