इनरुवा- सुनसरी क्षेत्र नं- ३ को भोक्राहा हुँदै पूर्वपश्चिम हुने हुलाकी राजमार्गमा लस्करै जुटका लोक्ता ओछ्याइएका छन्। डिलमा बसेर भोक्राहा- ६ का स्थानीय जुट केलाउन व्यस्त छन्। कोही तल पोखरीमा गलाएर राखेका जुटका मूठा ओसार्दै छन् भने अधिकांश रेसा निकाल्नमै सक्रिय छन्।
गर्मीले बिदा माग्ने तरखर गरेको तर, गइनसकेको कात्तिकको दोस्रो दिन त्यहाँ पुगेका थियौं, हामी। स्थानीयहरू चर्को घामलाई बेवास्ता गर्दै आफ्नो काममा सक्रिय थिए। चिल्लो सडक बनेको छ। स्थानीयहरूका लागि कालोपत्रे सडक निकै उपयोगी छ, गुड्नलाई भन्दा यसैगरी जुट, अनाज र पराल सुकाउन।
उक्त सडकमा गाडी भने फाट्टफुट्ट कुद्छन्। त्यसमा पनि स्कर्पियो आइपुग्यो भने स्थानीय अनुमान लगाइहाल्छन्, पक्कै नेता आयो होला वा उनीहरूको प्रचारमा सक्रिय कार्यकर्ता। संयोगले हामी पनि स्कर्पियोमै पुग्यौं त्यहाँ। हाम्रो गाडी रोकिनेबित्तिकै जुट केलाउन जुटिरहेका मनिलाल उराउले सोधिहाले, ‘बाबुहरु कुन पार्टीको?’
‘हामी देशदेशावर घुम्ने पार्टी’ भनेर हामीले ठट्टा गर्यौं। उनी हाँसे र हातमा क्यामेरा देखेपछि अनुमान लगाए, ‘पत्रकार हो?’
हामीले ‘हो’को संकेत गर्यौं।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।