काठमाडौं– इंग्लिस क्लब आर्सनल युरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेको छ।
बिहीबार राति भएको खेलमा पीएसभीलाई हराउँदै आर्सनल नकआउट चरण (अन्तिम १६) मा प्रवेश गरेको हो।
आर्सनलले पीएसभीमाथि १–० को साघुँरो जित निकालेको थियो। ग्राटिन जाकाले ७१औं मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्दा आर्सनल नकआउट चरणमा प्रवेश गर्यो।
समूह ‘ए’मा रहेको आर्सनलले ४ खेलबाट १२ अंक जोड्दै शीर्ष स्थानमा रहेर अन्तिम १६ प्रवेशलाई सुनिश्चत गरेको छ।
आर्सनलसँग हारेको पीएसभी ७ अंकका साथ दोस्रो स्थानमा छ। समूह ‘ए’ मा रहेका चार टिमले समान ४–४ खेल खेलिसकेका छन्। अब २ खेल खेल्न बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।