काठमाडौं– एनआईसी एशिया बैंकले सर्वसाधारण शेयरधनीको समूहबाट केशवप्रसाद लम्साललाई सञ्चालकमा नियुक्त गरेको छ।
तीन दशकभन्दा बढी समय राष्ट्रिय वाणिज्य बैंकमा काम गरेका लम्साललाई सर्वसाधारणा शेयरधनी समूहबाट सञ्चालकमा नियुक्त गरिएको हो।
कात्तिक २ गते बसेको बैंकको सञ्चालक समितिको ५७१ औं बैठकले लम्साललाई बुधबारदेखि लागू हुनेगरी नियुक्त गरेको हो।
सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालले सञ्चालकमा नियुक्त भएका लम्साललाई पद तथा गोपनियताको शपथसमेत ग्रहण गराएका थिए।
अर्थशासत्र एवं बिजनेश एडमिनिस्ट्रेशनमा स्नातकोत्तरसम्म अध्ययन गरेका उनले यसअघि राष्ट्रिय वाणिज्य बैंकका विभिन्नन विभागहरुको नेतृत्व सम्हालेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।