काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडले उदयपुरको गाइघाटस्थित जिल्ला मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ।
त्रियुगा नगरपालिका–१०, बोक्सेस्थित मालपोत कार्यालयमा बुधबारदेखि मेगा बैंकले एक्सटेन्सन काउन्टर विस्तार गरेको प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलले बताए।
अब मालपोत कार्यालयको सबै सेवाको आर्थिक कारोबार बैंकमार्फत् नै हुने भएकाले सेवाग्राहीलाई सहज हुने र मालपोत कार्यालयलाई पनि आर्थिक पारदर्शितामा सहज हुने विश्वास लिइएको छ।
एक्सटेन्सन काउन्टर विस्तार गरेर सेवा र सञ्जाल विस्तार गर्ने बैंकको नीति अनुरुप मेगा बैंकले यसअघि पनि विभिन्न स्थानहरुमा एक्सटेन्सन काउन्टरहरु विस्तार गरिसकेको छ।
मेगा बैंकका हाल देशभर २०८ वटा शाखा र २६ वटा एक्सटेन्सन काउन्टर सञ्चालित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।