काठमाडौं–नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ऋण दायित्वको किस्तावापतको रकम भुक्तान गरेको छ।
निगमले असोज ३१ गते कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्तावापतको ७३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तान गरेको जानकारी दिएको छ।
निगमले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका निम्ति ऋण लिएकोमा कर्मचारी सञ्चय कोषको हकमा न्यारोबडी जहाज खरिदको सावाँ र ब्याजवापतको ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तान गरिएको छ।’
त्यसैगरी, नागरिक लगानी कोषको हकमा पनि वाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्तावापतको २० करोड रुपैयाँ गरी जम्मा ७३ करोड ९ लाख ५५,२८१ किस्ता वापतको रकम भुक्तान जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।