काठमाडौं– फ्रान्सका मिडफिल्डर एनगोलो कान्टे घाइते भएका छन्। चोटका कारण उनले फ्रान्सेली टिमका मुख्य खेलाडी भए पनि कतारमा आयोजना हुने फिफा विश्वकप गुमाउने भएका छन्।
ह्यामस्ट्रिङमा गम्भीर चोट लागेका कारण कान्टेले यसपटकको विश्वकप गुमाउने भएका हुन्।
इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका मिडफिल्डर कान्टे प्रशिक्षणको समयमा चोटग्रस्त भएका हुन्। कतार विश्वकप आगामी नोभम्बर २० देखि डिसेम्बर १८ सम्म आयोजना हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।