• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

ललितपुर- १ मा सिलवाल-राणा : किल्ला जोगाउने र भत्काउने प्रतिस्पर्धा

64x64
सुरेन्द्र बजगाईं बुधबार, कात्तिक २, २०७९  १०:००
1140x725

काठमाडौं- २०७४ असोजमा नेपाल प्रहरीको डिआइजीबाट राजीनामा दिए लगत्तै नवराज सिलवाल नेकपा एमालेमा प्रवेश गरे। प्रहरी महानिरीक्षक बन्ने दौडमा रहेका सिलवाल सर्वेन्द्र खनालले बाजी मारेपछि राजीनामा पनि स्वीकृत नभई एमाले प्रवेश गरेका थिए। 

२०७४ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा सिलवालले ललितपुर- १ बाट टिकट पाए। र, पहिलो प्रयासमै संसद बन्न सफल भए।

सिलवाल मंसिर ४ मा हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा पनि साविकै क्षेत्रबाट प्रस्तिपर्धा गर्दैछन्। उनको प्रतिस्पर्धा कांग्रेस उम्मेदवार उदयशमशेर राणासँग दोस्रो पटक हुन गइरहेको छ। 

तत्कालीन एमाले–माओवादी वाम गठबन्धन उम्मेदवार सिलवालले २६ हजार ९५१ मत ल्याएर विजयी हुँदा कांग्रेस उम्मेदवार राणाले २० हजार ७२९ मत मात्र पाएका थिए। 

आसन्न निर्वाचनमा सिलवाल दोस्रो जित निकाल्ने प्रयासमा छन् भने राणा पनि जनताबाट दोस्रो पटक अनुमोदित भई पुरानो नतिजा उल्ट्याउन चाहन्छन्। त्यसो त यही जिल्लाबाट राणा चौथो पटक प्रतिस्पर्धा गर्दैछन्। उनी संविधान सभाको पहिलो निर्वाचन २०६४ बाट निरन्तर उम्मेदवार भइरहेका छन्।

२०७४ को प्रतिनिधि सभा निर्वाचनमा रहेको राजनीतिक समीकरण र अहिलेको राजनीतिक समीकरण भने फरक छ। 

संसदमा सिलवाल
नवराज सिलवालले संसदमा निरन्तर जस्तो आफ्ना धारणा राख्ने गर्थे। संसदमा पहिलो पटक आफ्नो धारणा राख्दा उनले भनेका थिए, ‘म ललितपुर- १ को प्रतिनिधित्व गर्छु। त्यहाँ ८० प्रतिशत भूभाग मेरो क्षेत्रमा पर्छ। त्यो क्षेत्रमा बजेट बाँडफाँड गर्दा ‘प्रिन्सिपल अफ जस्टिसको सिद्धान्तलाई अपनाउनु होला भन्ने आशा गरेको छु।’ उनी आफूले संसदमा पहिलो दिन बोलेको र कार्यकालको अन्तिम दिन बोलेकोमा केही फरक नपरेको दाबी गर्छन्। 

‘संसदमा रहेर मैले ललितपुरको जनप्रतिनिधि हिसाबले स्थानीय सरोकारको विषयमा आवाज उठाएको छु। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा आवाज उठाएको छु,’ संसदको अनुभव सुनाउँदै सिलवालले नेपाल लाइभसँग भने, ‘कानुन निर्माण गर्ने सवालमा राज्यव्यवस्था समितिमा रहेर काम गर्ने अवसर पाएँ। मैले जनताले दिएको अवसरको सक्दो प्रयोग गरेँ।’

Ncell 2
Ncell 2
nimb
nimb

सिलवाल आफू पुनः निर्वाचित भएर विकास निर्माणका बाँकी काम पूरा गर्ने बताउँछन्। 

२०६४ देखिका उम्मेदवार राणा
उदयशमशेर राणाको ललितपुर- १ बाट यो उम्मेदवारी चौथो पटक हो। उनले २०६४ र २०७० मा भएको संविधान सभा निर्वाचन र २०७४ को प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका थिए। २०७० को निर्वाचनमा उनी विजयी बनेका थिए। त्यसपछि अर्थराज्य मन्त्री बनेका राणा आउँदो निर्वाचनमा आफूले मन्त्री हुँदा गरेका कामले जनताले मत दिने विश्वासमा छन्।

‘मैले २०७० सालको दोस्रो संविधान सभामा ललितपुरबाट चुनाव जितिसकेपछि जतिको विकास सायद कहिल्यै भएको थिएन,’ नेपाल लाइभसँग कुरा गर्दै राणाले भने, ‘मैलै प्राय: सबै वडामा २/३ वटा ठूला राष्ट्रिय योजना लगेको थिएँ। त्यो यहाँका जनताले बिर्सिएका छैनन्। आसन्न निर्वाचनमा यो मेरो जितको आधारशीला हो।’

राणा विरासत धानेका उदय
उदयभन्दा पहिले उनका बुबा सागरशमशेरले नेपाली कांग्रेसका तर्फबाट यो क्षेत्रबाट उम्मेदवारी दिने गरेका थिए। तर सागर समशेरले जित भने निकाल्न सकेनन्। 

Xtrem

Xtrem

बहुदलपछि २०४८ सालमा भएको आम निर्वाचनमा सागरशमशेर नेकपा एमालेका उम्मेदवार मिठाराम शर्मा बजगाईंसँग पराजित भएका थिए। बजगाईंले १२ हजार ४१६ मत ल्याउँदा सागरले ८ हजार २५१ मत मात्र ल्याएका थिए।

यस्तै, २०५१ मा भएको मध्यावधि निर्वाचनमा सागरसमशेर पुन: एमाले उम्मेदवार बजगाईंसँग पराजित भए। बजगाईंले ११ हजार ६३३ मत ल्याएर विजयी बन्दा सागरसमशेर ९ हजार ८८२ मतमा सीमित भएका थिए। 

यस्तै, २०५६ सालमा भएको आम निर्वाचनमा एमालेको तर्फबाट उम्मेदवारी दिएकी सुशीला नेपालसँग सागरसमशेर पराजित भए। नोपलले १३ हजार ८९३ मत ल्याउँदा सागरसमशेरले ८ हजार ५७६ मत ल्याएका थिए।

२०६२–०६३को जनआन्दोलनपश्चात २०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचनमा भने सगरसमशेरले विश्राम लिएर छोरा उदयलाई अघि बढाए। त्यसो त उदयले नेविसंघबाट राजनीतिक उचाई प्राप्त गरिसकेका थिए। तर बाबुबाट छोरामा टिकट सर्नुमा पारिवारिक विरासतले काम गरेको उनी निकट बताउँछन्।

यो निर्वाचनमा उदयको पनि बाबु सागरसमशेरकै नियति दोहोरियो। उनी तत्कालीन नेकपा माओवादीका नेता वर्षमान पुनसँग पराजित भए। पुनले १५ हजार ३२९ मत ल्याउँदा उदयले १४ हजार ११ मत ल्याए।

२०७० मा भएको दोस्रो संविधान सभाको निर्वाचनमा भने उदयले ४८ देखिको बाबु–छोराको पराजयलाई उल्ट्याए। उदयले १८ हजार ५६० मत ल्याएर जित निकाल्दा उनका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार मधुसुदन पौडेलले १० हजार ६८२ मत मात्र प्राप्त गरेका थिए। 

संविधान निर्माण कार्य सँगसँगै संसदमा पनि सक्रिय भूमिका निर्वाह गरेका राणाले व्यवस्थापिका संसदको अर्थ समितिको सदस्य र त्यस अन्तर्गत रहेका उपसमितिमा रही काम गरेका थिए। उनी त्यही संसदको कार्यकालमा अर्थ राज्यमन्त्री भए। उनले आफू मन्त्री हुँदा गरेका काम नै आसन्न निर्वाचनका लागि जितको बलियो आधार मानेका छन्।

वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मत विश्लेषण
ललितपुर- १ मा गोदावरी नगरपालिकाको वडा नम्बर १ देखि ११ सम्म र वडा नम्बर १३ पर्छन्। यस्तै कोञ्ज्योसोम गाउँपालिका, बागमती गाउँपालिका र महाँकाल गाउँपालिकाका सबै वडाहरु रहेका छन्।

स्थानीय चुनावमा कुल ३० वटा वडामध्ये २२ वटा वडामा कांग्रेसले, ५ वटा वडामा माओवादी केन्द्रले र ३ वटा वडामा एमालेका उम्मेदवारले वडाध्यक्ष जितेका छन्।

त्यस्तै, यो क्षेत्रका दलहरुका वडाध्यक्ष उम्मेदवारले पाएको मत केलाउने हो गर्ने हो भने नेपाली कांग्रेस फराकिलो मतले अगाडि छ। कांग्रेसका वडाध्यक्ष उम्मेदवारले २३ हजार ७३६ मत पाएका छन्। एमाले वडाअध्यक्ष उम्मेदवारले १९ हजार ०८८ मत, माओवादी केन्द्रका उम्मेदवारले ४ हजार ८९१ र राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्र लगायत साना दलका वडाध्यक्ष उम्मेदवारले २ हजार ५५५ मत प्राप्त गरेका छन्। 

जनताको साथमा हुनु जित्ने आधारः राणा
सिलवालसँग पराजित बनेर पार्टी राजनीतिमा सीमित भएका राणा आफू निरन्तर जनताको साथमा रहेको दाबी गर्छन्। त्यस्तै, बारम्बार एमालेले जितेर पनि केही गर्न नसकेको भन्दै आफूले जितेको एक कार्यकालमा धेरै काम गरेकाले पनि जित आफ्नै हुने उनको तर्क छ।

‘यो क्षेत्रका जनतालाई विकास चाहिएको छ। परेको बेलामा उनीहरूलाई हाम्रो साथ चाहिएको छ। कोरोनाको समयमा मैले प्रत्येक घरघरमा गएर खाद्यान्न बाँडेको छु। दुःख-सुखमा म जनताको साथमा छु। जनतको सुखमा रमाएको र दु:खमा सहयोग गरेको छु।

विकासको कुरा गर्ने हो भने २०७० सालदेखि यता मेरो बेलामा जति यो क्षेत्रको विकास कहिल्यै भएको छैन,’ राणा भन्छन्, ‘मेरो एक पटकको पहलमा आएका विकास कार्यक्रमहरू एमालेको ४ वटै कार्यकालको भन्दा धेरै छ। त्यो आधारमा म चुनाव जित्छु।’

यो क्षेत्रको मुद्दामा काम गर्नु नै जित्ने आधारः सिलवाल
सिलवाल भने आफू यही क्षेत्रको नागरिक भएको र पछिल्लो संसदमा आफूले यो क्षेत्रको मुद्दामा काम गरेकोले जनताले पुन: जिताउने दाबी गर्छन्। स्थानीय तह निर्वाचनको मतले प्रतिनिधि सभाको निर्वाचनमा कुनै प्रभाव नपार्ने सिलवालको दाबी छ।

‘संघको निर्वाचनमा जाँदा ‘पपुलारिटी’ र हिजो मैले गरेको कामको हिसाबले जनताले मलाई भोट दिन्छन्। म त यही हुर्किएको, यही बढेको मान्छे हुँ। मैले हरेक परिवारलाई छोएको छु। मैले यहाँको मुद्दामा काम गरेको छु। बोलेको छु। त्यसैले मैले एक सय प्रतिशत जित्ने कुरामा ढुक्क छु,’ सिलवाल भन्छन्, ‘स्थानीय चुनावमा स्थानीय मुद्दामा आधारित भएर झरेको मतले संघको निर्वाचनलाई प्रभावित गर्छ भन्नेमा मेरो विश्वास छैन।’

ललितपुर- १ का प्रदेश उम्मेदवार
नेकपा एमालेबाट मधुसुदन पौडेलले प्रतिनिध सभा- १ को (क) मा उम्मेदवारी दिएका छन्। उनी प्रतिनिधिसभाका पूर्व सांसद पनि हुन्। त्यस्तै, प्रदेश सभा (ख) मा चेतनाथ सन्जेलले उम्मेदवारी दिएका छन्। उनी यसअघि पनि प्रदेश सभा सदस्य भइसकेका छन्। 

यता सत्तागठबन्धनको तर्फबाट प्रदेश सभा (क) क्षेत्रमा नेकपा माओवादी केन्द्रको तर्फबाट हरि दाहालले उम्मेदवारी दिएका छन्। र प्रदेश सभा (ख) क्षेत्रमा काँग्रेसका मीनकृष्ण महर्जनले उम्मेदवारी दिएका छन्। 

यस्तै, आमुल परिवर्तन मसिहा पार्टी नेपालको तर्फबाट विष्णु लामा, राष्ट्रिय जनमुक्ति पार्टीबाट बालकृष्ण घिमिरे, नेश्नलिष्ट पिपल्स पार्टीबाट सुभद्रा महर्जन, मंगोल नेशनल अगर्ननाइजेसनबाट सूर्य तामाङ बल, लोकतान्त्रिक समाजवादीबाट मनिषबहादुर श्रेष्ठ, नेपाल मजदुर किसान  पार्टीको तर्फबाट कविन्द्र डंगोल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सन्दीप आचार्य, जनता समाजवादी पार्टी नेपालबाट गोपाल राज राईले उम्मेदवारी दिएका छन्। 

यी बाहेक कृष्णकाजी महर्जन, शैलेन्द्र विष्ट, गोकुल तिमल्सिना, भुपेन्द्र सिल्वाल, विशाल तामाङ, नवराज घिमिरे, फूलमाया गोले, राजकुमार तिमिल्सिना, सुमन भुम्जन, गोविन्द घिमिरे केसीले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

स्थानीय राजनीति
नेपाली काग्रेसका नेता राम घिमिरेले प्रदेश सभाको सांसदका लागि दाबी गरेका थिए। तर प्रदेश सभाको (क) क्षेत्रमा माओवादी केन्द्रको भागमा पर्यो। त्यसैले कांग्रेस भित्र अन्तविरोधको अवस्था छ। घिमिरेले टिकट नपाएकाले अन्तर्घात हुनसक्ने डर गठबन्धन उम्मेदवारलाई छ।

त्यस्तै, कांग्रेसकै नेता कबिरबहादुर लामाले प्रतिनिधि सभाको लागि उम्मेदवारी दाबी गरेका थिए। राणाले टिकट पाउने निश्चितप्राय: थियो। तर लामाको असन्तुष्टिलाई व्यवस्थापन गर्न नसके जनजातिको मत प्रभावित हुन सक्ने जनकारहरु बताउँछन्। लामा नेपाल तामाङ महासघंका केन्द्रीय अध्यक्ष भइसकेका नेता हुन्। 

राणा र सिलवाल बाहेक ललितपुर- १ बाट डा. सचिन घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका छन्। घिमिरेले सहरी क्षेत्रमा दुई वटै उम्मेदवारको भोट काट्न सक्ने स्थानीयको बुझाइ छ।

यस्तै, आमुल परिवर्तन मसिहा पार्टी नेपालको तर्फबाट विष्णु लामा, राष्ट्रिय जनमुक्ति पार्टीबाट बालकृष्ण घिमिरे, नेश्नलिष्ट पिपल्स पार्टीबाट सुभद्रा महर्जन, मंगोल नेशनल अगर्ननाइजेसनबाट सूर्य तामाङ बल, लोकतान्त्रिक समाजवादीबाट मनिष बहादुर श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीको तर्फबाट कविन्द्र डंगोल, राष्ट्रिय प्रजानन्त्र पार्टीबाट सन्दीप आचार्य, जनता समाजवादी पार्टी नेपालबाट गोपाल राज राईले उम्मेदवारी दिएका छन्।

यी बाहेक कृष्णकाजी महर्जन, शैलेन्द्र बिष्ट, गोकुल तिमल्सिना, भुपेन्द्र सिलवाल, विशाल तामाङ, नवराज घिमिरे, फूलमाया गोले, राज कुमार तिमिल्सिना, सुमन भुम्जन, गोविन्द घिमिरे केसीले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

यो पनि पढ्नुहोस

‘भ्रष्टाचार नगर्ने व्यक्ति भनेर बनेको ‘क्लिन ईमेज’ नै मेरो जितको आधार हो’

 

यो पनि पढ्नुहोस

‘अघिल्लो कार्यकालमा विकासको आधार तयार गरेँ, अब बाँकी काम पूरा गर्नेछु’

 

प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९  १०:००
  • #निर्वाचन क्षेत्र विशेष
  • #चुनाव_२०७९
  • #ललितपुर–१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुरेन्द्र बजगाईं
लेखकबाट थप
किसान र उपभोक्ता ठगिने मात्रै, २५ वर्षदेखि उपभोक्ता अदालत चर्चामै सीमित
कहालीलाग्दो सडक दुर्घटना: लापरबाह चालक र गैरजिम्मेवार सरकार
आयल निगमका पदाधिकारीले इन्धनमा कालोबजारी गरेको आरोप, सर्वोच्च अदालतमा मुद्दा हाल्ने तयारी
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
एमाले केन्द्रीय कमिटी बैठकले के–के निर्णय गर्‍यो? [सूचीसहित] बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिम : प्रहरीले कुन–कुन राजमार्गमा लगायो राति सवारी चलाउन रोक ? बिहीबार, असोज ८, २०८३
‘परम्पराको सम्मान, परिवर्तनको संकल्प’ : कांग्रेसले सार्वजनिक गर्‍यो १५औँ महाधिवेशनको लोगो र नारा बिहीबार, असोज ८, २०८३
पहिरोको जोखिम बढेपछि पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिनमा राति यात्रा बन्द बिहीबार, असोज ८, २०८३
निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक प्रतिनिधिसभामा प्रस्तुत बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
ओलीको प्रतिवेदनले एकताको सन्देश दिएको एमालेको निष्कर्ष, मनोनीत केन्द्रीय सदस्यको नाम टुंगियो बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्