• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २२, २०८२ Wed, Oct 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
ललितपुर–१ ‘अघिल्लो कार्यकालमा विकासको आधार तयार गरेँ, अब बाँकी काम पूरा गर्नेछु’
64x64
नेपाल लाइभ बुधबार, कात्तिक २, २०७९  १३:४०
1140x725

२०७४ असोजमा नेपाल प्रहरीको नायव महानिरीक्षक (डीआईजी)बाट राजीनामा दिएलगत्तै नवराज सिलवाल नेकपा एमालेमा प्रवेश गरे। प्रहरी महानिरीक्षक बन्ने दौडमा असफल भएपछि सिलवालले राजनीतिको बाटो रोजे। २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको वाम गठबन्धनको उम्मेदवारका रुपमा सिलवालले ललितपुर क्षेत्र नम्बर १ को टिकट पाए, र जित पनि हासिल गरे। तत्कालीन वाम गठबन्धनको उम्मेदवारका रुपमा ‘सहज’ जित हासिल गरेका सिलवालले यसपटक पनि २०७४ सालकै प्रतिस्पर्धी नेपाली कांग्रेसका उदय शमशेर राणालाई पाएका छन्। 

यसपटक राणा सत्ता गठबन्धनको साझा उम्मेदवार छन् भने सिलवाल एमालेको उम्मेदवार छन्। यद्यपि एमालेले पनि विभिन्न दलसँग चुनावी तालमेल गरेको छ। आगामी मंसिर ४ गते हुने निर्वाचनको तयारी, चुनावी अजेन्डा लगायत विषयमा नेपाल लाइभका लागि सुरेन्द्र बजगाईंले सिलवालसँग गरेको कुराकानी:

सांसदको रूपमा तपाईंको ५ वर्षे अनुभव कस्तो रह्यो?
हामी सांसद भएको  केही समयपछि विश्व कोरोना महामारीको चपेटमा पर्‍यो। यो ५ वर्षमा यस्ता धेरै दु:ख–सुख भोगियो। यस अवधिमा धेरै कुराहरूको नयाँ अनुभव पनि भयो। केही सिकाइ र भोगाइसहित भन्दा यो ५ वर्ष राम्रो नै रह्यो।

जनताको सवाललाई सम्बोधन गर्ने सवालमा, विकास निर्माण, पूर्वाधार, स्वास्थ्य, शिक्षा, खेलकुद, कृषि, पर्यटनको क्षेत्रमा धेरै काम गर्ने अवसर मिल्यो। देशकै ठूलो सभाहल पनि हाम्रो क्षेत्रमा नै बनेको छ। गाउँमा सडक कालोपत्रे गर्नेदेखि सडक सञ्जालको स्तरउन्नति गरेका छौँ। झन्डै १५ सय घरहरू पुन:निर्माण गरेका छौँ। ३० वटा विद्यालय, १९ वटा स्वास्थ्य चौकी, र १ अस्पताल पुन:निर्माण गरेका छौँ। यस्तै जिल्ला अस्पताललाई लगनखेलबाट गोदावरी सारेको छौँ।

कोरोनाको बेलामा हामीले बज्रबाराहीको अस्पताल, भाँगा वन लगायतको अस्पतालको स्तरोन्नति गरेका छौँ।

कृषकहरूलाई सहुलियत दिने, गोठ निर्माण गर्दिनेदेखि कृषिलाई आधुनिकीकरण गर्न औजारहरू वितरण गरेका छौँ।

संसद्‌मा रहेर मैले ललितपुरको जनप्रतिनिधिका हिसाबले स्थानीय सरोकारको विषयमा आवाज उठाएको छु। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा आवाज उठाएको छु। कानुन बनाउने, निर्माण गर्ने सवालमा राज्यव्यवस्था समितिमा रहेर काम गर्ने अवसर पाए।

त्यसैले यो ५ वर्षको अवधिलाई संविधान कार्यान्वयन, मुलुकलाई आर्थिक क्रान्ति गरेर मुलुकलाई समृद्धि बनाउन काम गर्‍यो। तर, बीचमा राजनीतिक खिचातानीका कारण हाम्रो समृद्धि अभियान केही अलमलमा पनि पर्‍यो। ५ वर्षको यो हाम्रो काम र भूमिकालाई सिक्ने प्रक्रियाको रूपमा लिएको छु।

Ncell 2
Ncell 2

संसद्‌मा कस्ता विषयहरु उठाउनुभयो?
जनताको सरोकार, जनताले प्राप्त गर्नुपर्ने विषयहरुमा सवालहरू गरेको छु। जनताले मल, बीउ नपाएको, खानेपानी नपाएको कुरा उठाएको छु।  बाढी पहिरोको बेलामा उनीहरूले पाउनुपर्ने राहत नपाएको विषयमा आफ्नो कुरा राखेको छु। त्यो लगायत उद्योग धन्दा, रोजगारीको विषयमा धेरै पटक आवाजहरू उठाएको छु। सरकार बाध्य भएर हाम्रो मागहरू पूरा गरेको थुप्रै अनुभवहरू छन्।

सांसदको भूमिकालाई बृहत् रूपमा सोचिन्छ। विकासको आयोजना ल्याउनेदेखि महत्त्वपूर्ण विषयमा संसद्मा बोल्ने ठानिन्छ। तपाईँको भूमिकालाई लिएर तपाईँ निर्वाचित भएको क्षेत्रका जनताको प्रतिक्रिया कस्तो रह्यो?
जनताहरू सन्तुष्ट हुनुहुन्छ। जस्तै, ठूलादुर्लुङमा कफीको खेती प्रवर्द्धन गर्न सरकारले सहुलियत दिनु पर्ने, रोग नियन्त्रणको लागि काम गर्नु पर्ने र बजार व्यवस्थापनको लागि काम गर्नु पर्‍यो भनेर कुरा उठाएको छु।

लेले–चन्दनपुर सडक सुधारको लागि सदनमा कुरा उठाएको छु। कृषिलाई आधुनिकीकरण, दूग्ध व्यवसायको बजार व्यवस्थापन, पशुपालनलाई अगाडि बढाउनको लागि सदनमा आवाज उठाएको छु। समग्रमा भन्दा जनताको आवाज सदनमा उठाएकाले जनताले मप्रति हेर्ने नजर राम्रो नै छ।

 

माल्टामा सिमेन्ट फ्याक्ट्री बनाउने कुरा थियो। त्यो नबनेको कुरा उठाएको छु। पर्यटनको लागि माँझखण्ड, दलचोकी, कालेश्वर लगायतका स्थानलाई पर्यटकीय रूपमा विकाश गर्नको लागि विशेष व्यवस्थापन गर्नुपर्ने मैले कुरा उठाएको छु। यी र यस्तै कुराहरू विषयहरू संसद्‌मा बसेर छलफल गरेका छौँ।

यस बीचमा तपाईंका नेताबाट दुईपटक प्रतिनिधि सभा विघटन भयो। त्यतिबेला संसद् निरीह रहेको विश्लेषण भयो। संसद्लाई बलियो बनाउन तपाईंको भूमिका के रह्यो? 
संसद् जनताको सार्वभौम संस्था हो। संसद्लाई कुनै सरकार र पार्टीको छाँया बन्न दिन हुँदैन भन्ने हाम्रो मान्यता छ। किनभने हामीले शक्ति पृथकीकरणको कुरा गरेका छौं।  कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाले आ–आफ्नो ढङ्गले काम गरेर त्यो शक्तिको छुट्टै अस्तित्व छ। ‘चेक एण्ड ब्यालेन्स’ गर्ने खालको हाम्रो व्यवस्था छ।

तर संसद् पार्टीको छायाँ भएको अवस्था पनि देखियो।  सार्वभौम संस्थालाई निर्भीक ढङ्गबाट अगाडी बढ्नको लागि कुनै पार्टीका नेताअनुसार चल्ने स्थिति बन्न हुँदैन भन्ने मेरो सिकाइ र आवाज हो। यो बीचमा संसद् विघटन भयो।

पार्टीले सरकार चलाउन नसक्ने, सरकार बन्न नसक्ने अवस्था भएकाले यस्तो भएको थियो। संसारभरिको लोकतन्त्रमा जाने भनेको त अन्त्यमा जनता समक्ष हो। त्यसैले को कसको सरकार चाहन्छ भनेर जनतालाई निर्णय गर्न दिउँ भन्दा त्यस्तो भएको हो। फेरि अदालतले संसद् विघटन गर्न पाइँदैन भनेपछि हामीले मानेर नै अगाडि बढ्यौँ।

दोस्रो पटक पनि उम्मेदवार बन्नुभएको छ। किन दोहोरिन मन लाग्यो?
जनताको माग भएर। किनभने मैले पूर्वाधार विकास लगायतका क्षेत्रमा ‘फाउन्डेसन’ बनाएको छु। जनताको माग नै मेरो नेतृत्वमा ती काम पूरा होउन भन्ने आएको छ। त्यो कामलाई पूरा गर्नको लागि मैले यसपटक पनि उम्मेदवारी दिएको हुँ।

पुन: जनतासमक्ष जाँदा के अजेन्डा लिएर जानुहुन्छ, कि पुरानै दोहोर्‍याउनुहुन्छ?
भट्टेडाँडामा आन्तरिक विमानस्थल बनाउन सकिने भनेर विज्ञहरूले अध्ययन गरिसकेका छन्। त्यो कामलाई मूर्त रूपमा लैजाने मेरो प्रयास रहने छ। अन्तर्राष्ट्रिय विमानस्थलको एक डेढ घण्टाको दूरीमा आन्तरिक विमानस्थल बनाउने नीतिअन्तर्गत काभ्रे लगायतका स्थानमा बनाउन प्रयास भए। तर सबैभन्दा उपयुक्त चाहिँ भट्टेडाँडामा रहेकाले त्यहाँको डाँडा सम्याएर २ किलोमिटरको ‘रन वे’ सहितको एयरपोर्ट बनाउन सकिन्छ भन्ने छ। यस्तै अन्य पूर्वाधारको काम पनि गर्न बाँकी नै छन्।

अबको अभियान भनेको जनतालाई छुने हो। जनतालाई रोजगारीसँग जोड्ने, पालिकाहरूमा उद्योग ग्राम निर्माण गर्ने, हरेक पालिकामा खेलकुद मैदान बनाउने हो। दिल्लीमा केजरीवालले गरे जसरी नै सार्वजनिक विद्यालयको स्तरोन्नति गर्ने र त्यसको गुणस्तर निजी विद्यालयको भन्दा राम्रो बनाउने हो।

गरिब मानिसलाई उपचारको लागि विशेष स्वास्थ्य सेवा कोष निर्माण गरेर सबै मानिस उपचारको पहुँचमा पुर्‍याउने मेरो भूमिका हुने छ।

विदेश जाने युवा नठगीउन्, सम्झौता अनुसारको काम पाउन् भनेर मैले भूमिका खेल्ने छु। यस्तै ‘फ्रि भिसा, फ्रि टिकेट’ मा विदेश जाँदा कसैले पनि पैसा लिन नपाउने नीति कार्यान्वयनको लागि पनि मेरो भूमिका रहने छ। यी मेरा प्रमुख अजेन्डा हुनेछन्।

तपाईंको मुख्य प्रतिस्पर्धा के हुन्?  प्रतिस्पर्धीप्रति तपाईँको मूल्याङ्कन के छ?
मेरो मुख्य प्रतिस्पर्धी सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार उदय समशेर राणा हुनुहुन्छ। उहाँ विशेष परिवारबाट प्रतिनिधित्व गर्नुहुन्छ। उहाँले ३०औं वर्षदेखि जहानियाँ राजनीति गर्नु भएको छ। ४८ सालको आन्दोलनपछि, लोकतन्त्रको आन्दोलनपछि एउटै परिवारबाट सधैँ कांग्रेसको नेतृत्व गर्न खोज्नुहुन्छ। यहाँ अर्को कुनै स्थानीय नेतालाई उहाँहरूले अगाडि बढ्न दिनुभएको छैन। हाम्रो पार्टीले नयाँ नयाँ नेतृत्व दिएको छ।

पहिले मन्त्री भएको बेलामा उहाँले आफ्नो क्षेत्रमा कुनै पनि काम गर्नु भएको छैन। अर्थ राज्यमन्त्री हुँदा त आफ्नो क्षेत्रमा केही गर्नु पर्थ्यो नि! ५–१० लाख गुठीमा हालेको बाहेक केही काम गरेको छैन। उहाँ यो भूगोलको मान्छे नै हैन। उहाँसँग आफैंलाई भोट हाल्ने हैसियत छैन। म त यहीँ भिजेको, यही हुर्किएको मानिस हुँ।

उहाँ चुनावको बेलामा मात्रै आफ्नो क्षेत्रमा जाने गर्नुभएको छ। यत्रो कोरोना महामारीको समयमा उहाँको नामोनिसान भेटिएन। जब चुनाव आउन लाग्यो त्यतिबेला शुभकामना लगायतका कार्यक्रम लिएर ‘मै हुँ’ भन्ने शैलीमा आफ्नो क्षेत्र धाउनुहुन्छ।

यो पनि पढ्नुहोस

‘भ्रष्टाचार नगर्ने व्यक्ति भनेर बनेको ‘क्लिन ईमेज’ नै मेरो जितको आधार हो’

यहाँको अर्को मुद्दा भनेको स्थानीय नेतृत्वलाई स्थापित गराउने हो। स्थानीय मानिस नेतृत्वमा हुँदा आफ्नो पहुँच राम्रो हुन्छ। चिन्न सकिन्छ भन्ने हो। तर उहाँ अर्कै स्थानको मान्छे हो। उहाँलाई जनताले भेट्न चाहे भने बस चढेर घण्टौँ लगाएर भेट्नुपर्ने स्थिति रहेको छ। अर्को कुरा उहाँलाई यहाँका स्थानीय मानिसले चिन्दैनन्। उहाँलाई दक्षिण ललितपुरको कुन ठाउँमा कुन टोल छ, कुन घर छ भन्ने कुरा समेत थाहा छैन। त्यसले गर्दा उहाँले जित्ने कुनै आधार नै छैन।

उहाँले यहाँ प्रतिस्पर्धा गर्ने, जित्ने आधार छैन। यहीँ स्थापित भएको नेतृत्वसँग प्रतिस्पर्धा गर्ने हैसियत, नैतिक आधार, राजनीतिक आधार छैन। त्यसैले गठबन्धनले सही उम्मेदवार नदिएर गलत उम्मेदवार दियो। गठबन्धनले यहीँको  स्थानीय उम्मेदवार दिएको भए एक खालको प्रतिस्पर्धा हुन्थ्यो। गठबन्धनले गलत व्यक्तिलाई चुनावमा उठाएको भएकाले उहाँले जित्नुहुन्न।

स्थानीय तहको मत परिणामअनुसार तपाईको निर्वाचन क्षेत्रमा एमालेको स्थिति एकदमै कमजोर देखिन्छ। त्यसलाई कसरी विश्लेषण गर्नुभएको छ?
स्थानीय तहको परिणाम र अहिलेको चुनाव फरक हो। त्यो बेला स्थानीय मुद्दा अनुसार मत विभाजन भएका हुन्। तर सघं, प्रदेशको चुनावमा जाँदा ‘पपुलारिटी’ र हिजो मैले गरेको कामको हिसाबले जनताले मलाई भोट दिन्छन्।

म त यही हुर्किएको, यही बढेको मान्छे हुँ। मैले हरेक परिवारलाई छोएको छु। मैले यहाँको मुद्दामा काम गरेको छु। बोलेको छु। त्यसैले जित्ने कुरामा १०० प्रतिशत ढुक्क छु। किनभने स्थानीय चुनावमा स्थानीय मुद्दामा आधारित भएर झरेको मतले संघको निर्वाचनलाई प्रभावित गर्छ भन्नेमा मेरो विश्वास छैन।

यो पनि पढ्नुहोस

ललितपुर- १ मा सिलवाल-राणा : किल्ला जोगाउने र भत्काउने प्रतिस्पर्धा

 

प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९  १३:४०
  • #चुनाव_२०७९
  • #ललितपुर–१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो
सम्बन्धित सामग्री
कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने आयोगको निर्णय आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने निर्णय भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए। बिहीबार, असोज ९, २०८२
पत्रकार महासङ्घको निर्वाचन आज आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। शुक्रबार, मंसिर २८, २०८१
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी माओवादीकी निमलेकी शेर्पाले २ हजार ५९९ मत ल्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १७६५ मत ल्याएकी छन् । मंगलबार, मंसिर १८, २०८१
ताजा समाचारसबै
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
इलाम पहिरो: मृत्यु हनेको संख्या ३९ पुग्यो मंगलबार, असोज २१, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
जेनजी अगुवाले चलाए ‘एरेस्ट केपी ओली’ अभियान सोमबार, असोज २०, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
यस वर्षको मनसुन नेपालबाट बाहिरिँदै सोमबार, असोज २०, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जी प्रदर्शनपछि माडागास्करका राष्ट्रपतिद्वारा सरकार भंगको घोषणा, जिम्मेवारी पूरा गर्न नसकेकोमा माफी मागे मंगलबार, असोज १४, २०८२
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने बुधबार, असोज १५, २०८२
आफूसँग रहेका सबै इजरायली बन्धक रिहाइका लागि हमास तयार, नेतान्याहुले के भने? शनिबार, असोज १८, २०८२
आइतबार र सोमबार सार्वजनिक बिदा शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्