• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
ललितपुर–१

‘अघिल्लो कार्यकालमा विकासको आधार तयार गरेँ, अब बाँकी काम पूरा गर्नेछु’

64x64
नेपाल लाइभ बुधबार, कात्तिक २, २०७९  १३:४०
1140x725

२०७४ असोजमा नेपाल प्रहरीको नायव महानिरीक्षक (डीआईजी)बाट राजीनामा दिएलगत्तै नवराज सिलवाल नेकपा एमालेमा प्रवेश गरे। प्रहरी महानिरीक्षक बन्ने दौडमा असफल भएपछि सिलवालले राजनीतिको बाटो रोजे। २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको वाम गठबन्धनको उम्मेदवारका रुपमा सिलवालले ललितपुर क्षेत्र नम्बर १ को टिकट पाए, र जित पनि हासिल गरे। तत्कालीन वाम गठबन्धनको उम्मेदवारका रुपमा ‘सहज’ जित हासिल गरेका सिलवालले यसपटक पनि २०७४ सालकै प्रतिस्पर्धी नेपाली कांग्रेसका उदय शमशेर राणालाई पाएका छन्। 

यसपटक राणा सत्ता गठबन्धनको साझा उम्मेदवार छन् भने सिलवाल एमालेको उम्मेदवार छन्। यद्यपि एमालेले पनि विभिन्न दलसँग चुनावी तालमेल गरेको छ। आगामी मंसिर ४ गते हुने निर्वाचनको तयारी, चुनावी अजेन्डा लगायत विषयमा नेपाल लाइभका लागि सुरेन्द्र बजगाईंले सिलवालसँग गरेको कुराकानी:

सांसदको रूपमा तपाईंको ५ वर्षे अनुभव कस्तो रह्यो?
हामी सांसद भएको  केही समयपछि विश्व कोरोना महामारीको चपेटमा पर्‍यो। यो ५ वर्षमा यस्ता धेरै दु:ख–सुख भोगियो। यस अवधिमा धेरै कुराहरूको नयाँ अनुभव पनि भयो। केही सिकाइ र भोगाइसहित भन्दा यो ५ वर्ष राम्रो नै रह्यो।

जनताको सवाललाई सम्बोधन गर्ने सवालमा, विकास निर्माण, पूर्वाधार, स्वास्थ्य, शिक्षा, खेलकुद, कृषि, पर्यटनको क्षेत्रमा धेरै काम गर्ने अवसर मिल्यो। देशकै ठूलो सभाहल पनि हाम्रो क्षेत्रमा नै बनेको छ। गाउँमा सडक कालोपत्रे गर्नेदेखि सडक सञ्जालको स्तरउन्नति गरेका छौँ। झन्डै १५ सय घरहरू पुन:निर्माण गरेका छौँ। ३० वटा विद्यालय, १९ वटा स्वास्थ्य चौकी, र १ अस्पताल पुन:निर्माण गरेका छौँ। यस्तै जिल्ला अस्पताललाई लगनखेलबाट गोदावरी सारेको छौँ।

कोरोनाको बेलामा हामीले बज्रबाराहीको अस्पताल, भाँगा वन लगायतको अस्पतालको स्तरोन्नति गरेका छौँ।

कृषकहरूलाई सहुलियत दिने, गोठ निर्माण गर्दिनेदेखि कृषिलाई आधुनिकीकरण गर्न औजारहरू वितरण गरेका छौँ।

संसद्‌मा रहेर मैले ललितपुरको जनप्रतिनिधिका हिसाबले स्थानीय सरोकारको विषयमा आवाज उठाएको छु। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा आवाज उठाएको छु। कानुन बनाउने, निर्माण गर्ने सवालमा राज्यव्यवस्था समितिमा रहेर काम गर्ने अवसर पाए।

त्यसैले यो ५ वर्षको अवधिलाई संविधान कार्यान्वयन, मुलुकलाई आर्थिक क्रान्ति गरेर मुलुकलाई समृद्धि बनाउन काम गर्‍यो। तर, बीचमा राजनीतिक खिचातानीका कारण हाम्रो समृद्धि अभियान केही अलमलमा पनि पर्‍यो। ५ वर्षको यो हाम्रो काम र भूमिकालाई सिक्ने प्रक्रियाको रूपमा लिएको छु।

Ncell 2
Ncell 2
nimb
nimb

संसद्‌मा कस्ता विषयहरु उठाउनुभयो?
जनताको सरोकार, जनताले प्राप्त गर्नुपर्ने विषयहरुमा सवालहरू गरेको छु। जनताले मल, बीउ नपाएको, खानेपानी नपाएको कुरा उठाएको छु।  बाढी पहिरोको बेलामा उनीहरूले पाउनुपर्ने राहत नपाएको विषयमा आफ्नो कुरा राखेको छु। त्यो लगायत उद्योग धन्दा, रोजगारीको विषयमा धेरै पटक आवाजहरू उठाएको छु। सरकार बाध्य भएर हाम्रो मागहरू पूरा गरेको थुप्रै अनुभवहरू छन्।

सांसदको भूमिकालाई बृहत् रूपमा सोचिन्छ। विकासको आयोजना ल्याउनेदेखि महत्त्वपूर्ण विषयमा संसद्मा बोल्ने ठानिन्छ। तपाईँको भूमिकालाई लिएर तपाईँ निर्वाचित भएको क्षेत्रका जनताको प्रतिक्रिया कस्तो रह्यो?
जनताहरू सन्तुष्ट हुनुहुन्छ। जस्तै, ठूलादुर्लुङमा कफीको खेती प्रवर्द्धन गर्न सरकारले सहुलियत दिनु पर्ने, रोग नियन्त्रणको लागि काम गर्नु पर्ने र बजार व्यवस्थापनको लागि काम गर्नु पर्‍यो भनेर कुरा उठाएको छु।

लेले–चन्दनपुर सडक सुधारको लागि सदनमा कुरा उठाएको छु। कृषिलाई आधुनिकीकरण, दूग्ध व्यवसायको बजार व्यवस्थापन, पशुपालनलाई अगाडि बढाउनको लागि सदनमा आवाज उठाएको छु। समग्रमा भन्दा जनताको आवाज सदनमा उठाएकाले जनताले मप्रति हेर्ने नजर राम्रो नै छ।

 

माल्टामा सिमेन्ट फ्याक्ट्री बनाउने कुरा थियो। त्यो नबनेको कुरा उठाएको छु। पर्यटनको लागि माँझखण्ड, दलचोकी, कालेश्वर लगायतका स्थानलाई पर्यटकीय रूपमा विकाश गर्नको लागि विशेष व्यवस्थापन गर्नुपर्ने मैले कुरा उठाएको छु। यी र यस्तै कुराहरू विषयहरू संसद्‌मा बसेर छलफल गरेका छौँ।

यस बीचमा तपाईंका नेताबाट दुईपटक प्रतिनिधि सभा विघटन भयो। त्यतिबेला संसद् निरीह रहेको विश्लेषण भयो। संसद्लाई बलियो बनाउन तपाईंको भूमिका के रह्यो? 
संसद् जनताको सार्वभौम संस्था हो। संसद्लाई कुनै सरकार र पार्टीको छाँया बन्न दिन हुँदैन भन्ने हाम्रो मान्यता छ। किनभने हामीले शक्ति पृथकीकरणको कुरा गरेका छौं।  कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाले आ–आफ्नो ढङ्गले काम गरेर त्यो शक्तिको छुट्टै अस्तित्व छ। ‘चेक एण्ड ब्यालेन्स’ गर्ने खालको हाम्रो व्यवस्था छ।

तर संसद् पार्टीको छायाँ भएको अवस्था पनि देखियो।  सार्वभौम संस्थालाई निर्भीक ढङ्गबाट अगाडी बढ्नको लागि कुनै पार्टीका नेताअनुसार चल्ने स्थिति बन्न हुँदैन भन्ने मेरो सिकाइ र आवाज हो। यो बीचमा संसद् विघटन भयो।

पार्टीले सरकार चलाउन नसक्ने, सरकार बन्न नसक्ने अवस्था भएकाले यस्तो भएको थियो। संसारभरिको लोकतन्त्रमा जाने भनेको त अन्त्यमा जनता समक्ष हो। त्यसैले को कसको सरकार चाहन्छ भनेर जनतालाई निर्णय गर्न दिउँ भन्दा त्यस्तो भएको हो। फेरि अदालतले संसद् विघटन गर्न पाइँदैन भनेपछि हामीले मानेर नै अगाडि बढ्यौँ।

दोस्रो पटक पनि उम्मेदवार बन्नुभएको छ। किन दोहोरिन मन लाग्यो?
जनताको माग भएर। किनभने मैले पूर्वाधार विकास लगायतका क्षेत्रमा ‘फाउन्डेसन’ बनाएको छु। जनताको माग नै मेरो नेतृत्वमा ती काम पूरा होउन भन्ने आएको छ। त्यो कामलाई पूरा गर्नको लागि मैले यसपटक पनि उम्मेदवारी दिएको हुँ।

पुन: जनतासमक्ष जाँदा के अजेन्डा लिएर जानुहुन्छ, कि पुरानै दोहोर्‍याउनुहुन्छ?
भट्टेडाँडामा आन्तरिक विमानस्थल बनाउन सकिने भनेर विज्ञहरूले अध्ययन गरिसकेका छन्। त्यो कामलाई मूर्त रूपमा लैजाने मेरो प्रयास रहने छ। अन्तर्राष्ट्रिय विमानस्थलको एक डेढ घण्टाको दूरीमा आन्तरिक विमानस्थल बनाउने नीतिअन्तर्गत काभ्रे लगायतका स्थानमा बनाउन प्रयास भए। तर सबैभन्दा उपयुक्त चाहिँ भट्टेडाँडामा रहेकाले त्यहाँको डाँडा सम्याएर २ किलोमिटरको ‘रन वे’ सहितको एयरपोर्ट बनाउन सकिन्छ भन्ने छ। यस्तै अन्य पूर्वाधारको काम पनि गर्न बाँकी नै छन्।

अबको अभियान भनेको जनतालाई छुने हो। जनतालाई रोजगारीसँग जोड्ने, पालिकाहरूमा उद्योग ग्राम निर्माण गर्ने, हरेक पालिकामा खेलकुद मैदान बनाउने हो। दिल्लीमा केजरीवालले गरे जसरी नै सार्वजनिक विद्यालयको स्तरोन्नति गर्ने र त्यसको गुणस्तर निजी विद्यालयको भन्दा राम्रो बनाउने हो।

गरिब मानिसलाई उपचारको लागि विशेष स्वास्थ्य सेवा कोष निर्माण गरेर सबै मानिस उपचारको पहुँचमा पुर्‍याउने मेरो भूमिका हुने छ।

विदेश जाने युवा नठगीउन्, सम्झौता अनुसारको काम पाउन् भनेर मैले भूमिका खेल्ने छु। यस्तै ‘फ्रि भिसा, फ्रि टिकेट’ मा विदेश जाँदा कसैले पनि पैसा लिन नपाउने नीति कार्यान्वयनको लागि पनि मेरो भूमिका रहने छ। यी मेरा प्रमुख अजेन्डा हुनेछन्।

तपाईंको मुख्य प्रतिस्पर्धा के हुन्?  प्रतिस्पर्धीप्रति तपाईँको मूल्याङ्कन के छ?
मेरो मुख्य प्रतिस्पर्धी सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार उदय समशेर राणा हुनुहुन्छ। उहाँ विशेष परिवारबाट प्रतिनिधित्व गर्नुहुन्छ। उहाँले ३०औं वर्षदेखि जहानियाँ राजनीति गर्नु भएको छ। ४८ सालको आन्दोलनपछि, लोकतन्त्रको आन्दोलनपछि एउटै परिवारबाट सधैँ कांग्रेसको नेतृत्व गर्न खोज्नुहुन्छ। यहाँ अर्को कुनै स्थानीय नेतालाई उहाँहरूले अगाडि बढ्न दिनुभएको छैन। हाम्रो पार्टीले नयाँ नयाँ नेतृत्व दिएको छ।

पहिले मन्त्री भएको बेलामा उहाँले आफ्नो क्षेत्रमा कुनै पनि काम गर्नु भएको छैन। अर्थ राज्यमन्त्री हुँदा त आफ्नो क्षेत्रमा केही गर्नु पर्थ्यो नि! ५–१० लाख गुठीमा हालेको बाहेक केही काम गरेको छैन। उहाँ यो भूगोलको मान्छे नै हैन। उहाँसँग आफैंलाई भोट हाल्ने हैसियत छैन। म त यहीँ भिजेको, यही हुर्किएको मानिस हुँ।

उहाँ चुनावको बेलामा मात्रै आफ्नो क्षेत्रमा जाने गर्नुभएको छ। यत्रो कोरोना महामारीको समयमा उहाँको नामोनिसान भेटिएन। जब चुनाव आउन लाग्यो त्यतिबेला शुभकामना लगायतका कार्यक्रम लिएर ‘मै हुँ’ भन्ने शैलीमा आफ्नो क्षेत्र धाउनुहुन्छ।

यो पनि पढ्नुहोस

‘भ्रष्टाचार नगर्ने व्यक्ति भनेर बनेको ‘क्लिन ईमेज’ नै मेरो जितको आधार हो’

यहाँको अर्को मुद्दा भनेको स्थानीय नेतृत्वलाई स्थापित गराउने हो। स्थानीय मानिस नेतृत्वमा हुँदा आफ्नो पहुँच राम्रो हुन्छ। चिन्न सकिन्छ भन्ने हो। तर उहाँ अर्कै स्थानको मान्छे हो। उहाँलाई जनताले भेट्न चाहे भने बस चढेर घण्टौँ लगाएर भेट्नुपर्ने स्थिति रहेको छ। अर्को कुरा उहाँलाई यहाँका स्थानीय मानिसले चिन्दैनन्। उहाँलाई दक्षिण ललितपुरको कुन ठाउँमा कुन टोल छ, कुन घर छ भन्ने कुरा समेत थाहा छैन। त्यसले गर्दा उहाँले जित्ने कुनै आधार नै छैन।

उहाँले यहाँ प्रतिस्पर्धा गर्ने, जित्ने आधार छैन। यहीँ स्थापित भएको नेतृत्वसँग प्रतिस्पर्धा गर्ने हैसियत, नैतिक आधार, राजनीतिक आधार छैन। त्यसैले गठबन्धनले सही उम्मेदवार नदिएर गलत उम्मेदवार दियो। गठबन्धनले यहीँको  स्थानीय उम्मेदवार दिएको भए एक खालको प्रतिस्पर्धा हुन्थ्यो। गठबन्धनले गलत व्यक्तिलाई चुनावमा उठाएको भएकाले उहाँले जित्नुहुन्न।

स्थानीय तहको मत परिणामअनुसार तपाईको निर्वाचन क्षेत्रमा एमालेको स्थिति एकदमै कमजोर देखिन्छ। त्यसलाई कसरी विश्लेषण गर्नुभएको छ?
स्थानीय तहको परिणाम र अहिलेको चुनाव फरक हो। त्यो बेला स्थानीय मुद्दा अनुसार मत विभाजन भएका हुन्। तर सघं, प्रदेशको चुनावमा जाँदा ‘पपुलारिटी’ र हिजो मैले गरेको कामको हिसाबले जनताले मलाई भोट दिन्छन्।

म त यही हुर्किएको, यही बढेको मान्छे हुँ। मैले हरेक परिवारलाई छोएको छु। मैले यहाँको मुद्दामा काम गरेको छु। बोलेको छु। त्यसैले जित्ने कुरामा १०० प्रतिशत ढुक्क छु। किनभने स्थानीय चुनावमा स्थानीय मुद्दामा आधारित भएर झरेको मतले संघको निर्वाचनलाई प्रभावित गर्छ भन्नेमा मेरो विश्वास छैन।

यो पनि पढ्नुहोस

ललितपुर- १ मा सिलवाल-राणा : किल्ला जोगाउने र भत्काउने प्रतिस्पर्धा

 

प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९  १३:४०
  • #चुनाव_२०७९
  • #ललितपुर–१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन अमेरिका जान लागेका हुन् ?
विपद्‌मा परेका बालबालिकाको तस्बिर र भिडियो सार्वजनिक भएकोप्रति प्रहरीको सात बुँदे अनुरोध
बाढीपहिरोबाट ३ खर्ब ८७ अर्बको क्षेत्रगत क्षति, पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड आवश्यक
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
बालेन अमेरिका जान लागेका हुन् ? बिहीबार, भदौ १८, २०८३
विपद्‌मा परेका बालबालिकाको तस्बिर र भिडियो सार्वजनिक भएकोप्रति प्रहरीको सात बुँदे अनुरोध बिहीबार, भदौ १८, २०८३
बाढीपहिरोबाट ३ खर्ब ८७ अर्बको क्षेत्रगत क्षति, पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड आवश्यक बिहीबार, भदौ १८, २०८३
लिखतसम्बन्धी कसुरमा अध्यागमनका तत्कालीन कम्युटर अपरेटर पक्राउ बिहीबार, भदौ १८, २०८३
लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख सहयोग बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्