• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
ललितपुर–१

‘भ्रष्टाचार नगर्ने व्यक्ति भनेर बनेको ‘क्लिन ईमेज’ नै मेरो जितको आधार हो’

64x64
नेपाल लाइभ बुधबार, कात्तिक २, २०७९  १३:३९
1140x725

ललितपुर क्षेत्र नम्बर १ बाट सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा नेपाली कांग्रेसका नेता उदय शमशेर राणा चुनावी प्रतिस्पर्धमा छन्। राणा यसपटक समेत गरेर चौथोपटक ललितपुर–१ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्। 

२०७० सालको संविधान सभा निर्वाचनमा विजयी भएका राणा अर्थ राज्यमन्त्रीसम्म बनेका थिए। २०७४ सालको निर्वाचनमा वाम गठबन्धनका उम्मेदावर नवराज सिलवालसँग पराजित भएका राणाले यसपटकको प्रतिस्पर्धी पनि उनै सिलवाललाई पाएका छन्। ललितपुर–१ का लागि अगाडि सारिएका अजेन्डा, चुनावी तयारी र समसामयिक विषयमा नेपाल लाइभका लागि सुरेन्द्र बजगाईंले राणासँग गरेको कुराकानी:

अघिल्लो निर्वाचनमा पराजित भएकै क्षेत्रबाट पुनः प्रतिस्पर्धा किन?
मलाई मेरो जिल्लाको दुई वटै प्रदेश, क्षेत्रीय समिति, जिल्ला समितिले १ नम्बर प्राथमिकतामा राखेर चुनावमा उठ्नुपर्छ भन्ने कुरा आयो। म उठेँ भने चुनाव जित्न सहज हुन्छ भनेपछि म उम्मेदवार बनेको हुँ। 

म उठ्ने भनेपछि पार्टीले पनि टिकट दियो। हामीहरू अलि भाग्यमानी पनि भयौं, किनभने यो क्षेत्रमा माओवादी र समाजवादी पार्टीले चुनाव जितेको थिएन। स्थानीय तहको चुनावमा ललितपुरमा हाम्रो सबै भन्दा राम्रो मत परिणाम आएको छ। अरू जिल्ला हेरी हाम्रो  क्षेत्रमा कांग्रेसको मतपरिणाम निकै राम्रो आयो।

मेरो क्षेत्रमा पर्ने ३० वटा वडामध्ये हामीले २२, माओवादीले ५ र एमालेले जम्मा ३ वटा वडामा वडाअध्यक्ष पदमा जित हाँसिल गरेको छ।

त्यसकारण, चुनावमा जित्नको लागि उठ्ने हो। सबै ‘एङ्गल’ बाट चुनाव जित्ने देखेपछि मैले मेरो उम्मेदवारी दिएको हुँ।

तपाईंले मुख्य प्रतिस्पर्धी कस्लाई मान्नुहुन्छ, प्रतिस्पर्धीप्रति तपाईंको मूल्यांकन के छ? 
यो चुनावमा मेरो मुख्य प्रतिस्पर्धी त एमाले उम्मेदवार नवराज सिलवाल हो। उहाँको बारेमा मेरो व्यक्तिगत भन्नु केही छैन। तर हाम्रो प्रश्न एउटै हो, अघिल्लो ५ वर्षमा उहाँले के योजना ल्याउनु भयो? विकासको के काम गर्नुभयो?

उहाँले ७४ सालमा चुनाव जितेर जानु भयो। त्यति बेला उहाँले न्याय माग्नु भएको थियो। ‘मैले आइजी बन्न पाइन, मलाइ न्याय देऊ’ भनेर। हाम्रो क्षेत्रका जनताले उहाँलाई न्याय दिए। तर उहाँले चाहिँ हाम्रो क्षेत्रका नागरिकलाई के दिनु भयो त?

Ncell 2
Ncell 2
nimb
nimb

यो ५ वर्षमा खासै केही विकास भएको छैन। बाटोको हालत उस्तै छ। खानेपानीमा सुधार भएको छैन। राष्ट्रिय योजना केही परेको छैन। हाम्रो समयमा परेका योजनामा खासै केही परिवर्तन भएको छैन। यतिसम्म दूरावास्था छ कि बाटो समेत मर्मत भएको छैन।

जनतासँग मत माग्नका लागि व्यक्तिगत अजेन्डा के लिएर जानुहुन्छ?
हाम्रा अजेन्डा व्यक्तिगत भन्दापनि गठबन्धनको अजेन्डा हो। पहिलो हामीले बाटोलाई नै राखेका छौं। दोस्रोमा हामी खानेपानी सबैलाई सुलभ ढङ्गले वितरण गर्ने हो। तेस्रोमा, हामीले पर्यटन राखेका छौँ। यहाँ आन्तरिक पर्यटकलाई मात्रै आकर्षित गर्न सक्यौं भने पनि धेरैले रोजगारी पाउन सक्छन्।

त्यस्तै, यहाँका धेरै स्थानमा साइकल र ट्रेकिङ रुटको विकास गर्न सक्छौँ। यस्तो भयो भने धेरै विदेशी पर्यटक पनि आउने सम्भावना देखिन्छ। त्यसलगायत, कृषिमा धेरै राम्रो सम्भावना रहेको क्षेत्र हो। यहाँ दूधको उत्पादनलाई व्यवस्थापन र बजारीकरण गर्न सकियो भने जनताको जीवनस्तर उकास्न सकिन्छ।

तपाईंले गठबन्धनको कुरा गर्नुभयो। यसप्रति धेरैले आक्रोश व्यक्त गर्ने गरेका छन्। मुख्यतः कांग्रेसकै नेता तथा कार्यकर्ता बढी छन्। त्यो कुरा तपाईंलाई पनि थाहै होला। असन्तुष्टिका बीच भएको गठबन्धन र चुनावी तालमेलले असर पार्ला भन्ने डर छैन?
स्थानीय तहको निर्वाचनको समयमा पनि यही समस्या आएको थियो। तर अन्तिममा उपलब्धि चाहिँ राम्रो नै भयो। एक्लै उठ्नुभन्दा गठबन्धनमा उठ्नुको रिजल्ट राम्रो आयो। नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बन्ने अवसर मिल्यो। 

यद्यपि कतिपय स्थानमा कांग्रेसकै साथीहरूले हाम्रो जिल्लामा मात्रै हैन, अन्य क्षेत्रमा बागी उम्मेदवारी दिएका छन्।  अहिले हामीसँग पर्याप्त समय छ। उनीहरूलाई आउँदो एक महिनामा मलमपट्टी लगाएर सबै कांग्रेसलाई एकीकृत बनाएर लैजान सकिन्छ।

यो क्षेत्रको स्थानीय तह निर्वाचनको मत परिणामलाई कसरी विश्लेषण गर्नुभएको छ?
मेरो निर्वाचन क्षेत्रमा ३० वटा वडा छन्। २२ वटा हामीले जितेका छौँ, ५ वटा माओवादीले जितेको छ र जम्मा ३ वटा वडामा एमालेको नेतृत्व छ। उक्त परिणामले भोलि आउने दिनको झल्को देखाइसकेको छैन र?

स्थानीय तहको मतपरिणामलाई छोड्ने हो भने तपाईंले जित्ने आधार के हो, तपाईंलाई जनताले किन मत दिने?
मेरो जित्ने आधार धेरै छन्। मैले २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा ललितपुरबाट चुनाव जितिसकेपछि जति विकास भयो, त्यति  सायद कहिल्यै भएको थियो। मैलै प्राय सबै वडामा २, ३ वटा ठूला राष्ट्रिय योजना लगेको थिएँ। त्यो यहाँका जनताले बिर्सिएका छैनन्।

त्यसपछिको चुनावमा वाम गठबन्धन र सेलिब्रटीको चार्मिङको आधारमा मैले हारेको हुँ। यहाँको जनताको कारणले भन्दा पनि बाहिरी कारणले मैले चुनाव हारेको थिएँ। त्यो बेलाको अवस्था र अहिलेको अवस्थामा धेरै कुरा फरक भएको छ।

अहिलेका युवाहरू राजनीतिमा भ्रष्टाचार जोडिएर वाक्क भएका छन्। राजनीतिबाट युवाहरूको मन मर्नुको करण नै भ्रष्टाचार जोडिनु हो। सबै पार्टीमा भ्रष्टाचारले सीमा नाघेको छ। मेरो २५ वर्षको राजनीतिमा तरुण दलको केन्द्रीय अध्यक्ष पनि बनेँ, सांसद बने, राज्यमन्त्री बने। तर आजको दिनसम्म मलाई कसैले पनि भ्रष्टाचार गरेको आरोप लगाउने अवस्था सिर्जना भएको छैन। अहिलेसम्म उदयले एक पैसा खायो भनेर आरोप लागेको छैन। त्यसैले नेपाली जनतालाई एउटा भ्रष्टाचारमा नमुछिएको नेता चाहिन्छ भन्ने माग आएको जस्तो छ। म त्यो ‘क्याटेगोरीमा’ फिट हुन्छु। मलाई भोट हाल्ने आधार विकास बाहेक मेरो ‘क्लिन ईमेज’ पनि हो। त्यसैले मेरो धेरै भोट आउँछ भन्नेमा ढुक्क छु।

तपाईंलाई २०४८ सालबाट लगातार एकै घरबाट उम्मेदवार भएको भन्ने आरोप पनि लाग्ने गरेको छ। तपाईंको बुबा सागर समशेर पनि यहि क्षेत्रबाट उम्मेदवार बन्ने गर्नु हुन्थ्यो। यस क्षेत्रमा उम्मेदवार बन्नका लागि अन्य नेता तयार नभएका कि तपाईंहरुले नछोड्नु भएको?
हाम्रो पार्टी लोकतान्त्रिक पार्टी हो। मेरो नाम अहिलेसम्म ४ पटक सिफारिस भएको छ। यो चारै पटक मलाई प्राथमिकतामा राखेर पठाएका छन्।

यो क्षेत्रका जनतालाई विकास चाहिएको छ। परेको बेलामा उनीहरूलाई हाम्रो साथ चाहिएको छ। कोरोनाको समयमा मैले प्रत्येक घरघरमा गएर खाद्यान्न बाँढेको छु। दुःख सुखमा म जनताको साथमा छु। जनताको सुखमा रमाएको र दु:खमा सहयोग गरेको छु। र विकासको कुरा गर्ने हो भने २०७० सालदेखि यता मेरो बेलामा जति यो क्षेत्रको विकास कहिल्यै भएको छैन।

मेरो एक पटकको पहलमा आएका विकास कार्यक्रमहरू एमालेको ४ वटै कार्यकालको भन्दा धेरै छ। त्यो आधारमा म चुनाव जित्छु।

मेराविरुद्ध कुरा गर्नेहरूलाई विकासको अजेन्डा लिएर ‘फिल्ड’ मा उत्रिन आग्रह गर्छु। व्यक्तिगत आक्षेप लगाएर म चुनावमा प्रचार गर्न चाहन्न।

मेरो विपक्षका बारेमा ‘नेगेटिभ’ कुरा गर्न लाग्यो भने यहाँ पूर्णविराम नै हुँदैन, त्यो गएको गएकै गर्छ। त्यसैले म नकारात्मक प्रचारमा जान चाहन्न। उहाँहरूले मलाई व्यक्तिगत आक्षेप लगाउने काम भइनै रहेको छ। त्यो उनीहरूको हैसियतको कुरा हो। त्यसैले मेरालागि मुख्य कुरा अजेन्डा हो। मैले यहाँको सुख दु:खमा साथ दिएको छु।

अर्कोतर्फ कसले कतिपटक टिकट पायो यो हाम्रो आन्तरिक  कुरा हो। यो क्षेत्रका नेता कार्यकर्ताले प्रत्येकपटक मेरो नाम १ नम्बरमा पठाएका छन्। मलाई माया र आशीर्वाद नेपाली कांग्रेसका कार्यकर्ताहरूले दिएका छन्। 

अन्त्यमा, विपक्षीले तपाईं यो क्षेत्रको मतदाता हैन भन्छन्। यसलाई प्रस्ट पारिदिनुहोस् न?
मेरो घर ललितपुर महानगरपालिका वडा नम्बर १ मा छ। मेरो उम्मेदवारी भएको क्षेत्रको मतदाता नभए पनि सायद म जति यो क्षेत्रमा हिँडेको, म जति यो क्षेत्रको ज्ञान भएको व्यक्तिहरू यो ललितपुरमा नै कम होलान्।

नवराज सिलवाल पहिलोपटक भारदेउ वा भट्टेडाँडा पुग्दा सायद म त्यहाँको आधा मानिसको अनुहार नै चिन्ने भएको थिए। कहाँ जन्मियो, कहाँ हुर्कियो भन्दा पनि नवराज सिलवालले के गरे भन्ने हेर्नु पर्छ। उहाँले कसले कस्तो कोट लगायो, कसलाई बिहे गर्‍यो, को कसको छोरा, कहाँबाट भोट हाल्यो भन्ने कुरामा उहाँ व्यस्त हुनुहुन्छ। त्यसैले उहाँको हैसियत नै त्यही हो भने मेरो भन्नु केही भएन।

तर म भ्रष्टाचार विरोधी आन्दोलनमा लागेको छु। विकास मेरो प्राथमिकतामा छ। तेस्रो कुरा, म कसैलाई धोका दिन्नँ, बोलेपछि म पूरा गर्छु। र जनताको दुःख सुखका बेला साथमा छु। विपक्षका साथीहरूलाई पनि आफ्नो प्रस्ट अजेन्डा र गएको ५ वर्षमा कुन कुन क्षेत्रमा काम भयो प्रष्टसँग लिएर जनतासमक्ष जान आग्रह गर्छु।

यो पनि पढ्नुहोस

ललितपुर- १ मा सिलवाल-राणा : किल्ला जोगाउने र भत्काउने प्रतिस्पर्धा

यो पनि पढ्नुहोस

‘अघिल्लो कार्यकालमा विकासको आधार तयार गरेँ, अब बाँकी काम पूरा गर्नेछु’

 

प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९  १३:३९
  • #चुनाव_२०७९
  • #ललितपुर–१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन अमेरिका जान लागेका हुन् ?
विपद्‌मा परेका बालबालिकाको तस्बिर र भिडियो सार्वजनिक भएकोप्रति प्रहरीको सात बुँदे अनुरोध
बाढीपहिरोबाट ३ खर्ब ८७ अर्बको क्षेत्रगत क्षति, पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड आवश्यक
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
बालेन अमेरिका जान लागेका हुन् ? बिहीबार, भदौ १८, २०८३
विपद्‌मा परेका बालबालिकाको तस्बिर र भिडियो सार्वजनिक भएकोप्रति प्रहरीको सात बुँदे अनुरोध बिहीबार, भदौ १८, २०८३
बाढीपहिरोबाट ३ खर्ब ८७ अर्बको क्षेत्रगत क्षति, पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड आवश्यक बिहीबार, भदौ १८, २०८३
लिखतसम्बन्धी कसुरमा अध्यागमनका तत्कालीन कम्युटर अपरेटर पक्राउ बिहीबार, भदौ १८, २०८३
लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख सहयोग बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्