• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ १३, २०८२ Tue, Jan 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
ललितपुर–१

‘भ्रष्टाचार नगर्ने व्यक्ति भनेर बनेको ‘क्लिन ईमेज’ नै मेरो जितको आधार हो’

64x64
नेपाल लाइभ बुधबार, कात्तिक २, २०७९  १३:३९
1140x725

ललितपुर क्षेत्र नम्बर १ बाट सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा नेपाली कांग्रेसका नेता उदय शमशेर राणा चुनावी प्रतिस्पर्धमा छन्। राणा यसपटक समेत गरेर चौथोपटक ललितपुर–१ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्। 

२०७० सालको संविधान सभा निर्वाचनमा विजयी भएका राणा अर्थ राज्यमन्त्रीसम्म बनेका थिए। २०७४ सालको निर्वाचनमा वाम गठबन्धनका उम्मेदावर नवराज सिलवालसँग पराजित भएका राणाले यसपटकको प्रतिस्पर्धी पनि उनै सिलवाललाई पाएका छन्। ललितपुर–१ का लागि अगाडि सारिएका अजेन्डा, चुनावी तयारी र समसामयिक विषयमा नेपाल लाइभका लागि सुरेन्द्र बजगाईंले राणासँग गरेको कुराकानी:

अघिल्लो निर्वाचनमा पराजित भएकै क्षेत्रबाट पुनः प्रतिस्पर्धा किन?
मलाई मेरो जिल्लाको दुई वटै प्रदेश, क्षेत्रीय समिति, जिल्ला समितिले १ नम्बर प्राथमिकतामा राखेर चुनावमा उठ्नुपर्छ भन्ने कुरा आयो। म उठेँ भने चुनाव जित्न सहज हुन्छ भनेपछि म उम्मेदवार बनेको हुँ। 

म उठ्ने भनेपछि पार्टीले पनि टिकट दियो। हामीहरू अलि भाग्यमानी पनि भयौं, किनभने यो क्षेत्रमा माओवादी र समाजवादी पार्टीले चुनाव जितेको थिएन। स्थानीय तहको चुनावमा ललितपुरमा हाम्रो सबै भन्दा राम्रो मत परिणाम आएको छ। अरू जिल्ला हेरी हाम्रो  क्षेत्रमा कांग्रेसको मतपरिणाम निकै राम्रो आयो।

मेरो क्षेत्रमा पर्ने ३० वटा वडामध्ये हामीले २२, माओवादीले ५ र एमालेले जम्मा ३ वटा वडामा वडाअध्यक्ष पदमा जित हाँसिल गरेको छ।

त्यसकारण, चुनावमा जित्नको लागि उठ्ने हो। सबै ‘एङ्गल’ बाट चुनाव जित्ने देखेपछि मैले मेरो उम्मेदवारी दिएको हुँ।

तपाईंले मुख्य प्रतिस्पर्धी कस्लाई मान्नुहुन्छ, प्रतिस्पर्धीप्रति तपाईंको मूल्यांकन के छ? 
यो चुनावमा मेरो मुख्य प्रतिस्पर्धी त एमाले उम्मेदवार नवराज सिलवाल हो। उहाँको बारेमा मेरो व्यक्तिगत भन्नु केही छैन। तर हाम्रो प्रश्न एउटै हो, अघिल्लो ५ वर्षमा उहाँले के योजना ल्याउनु भयो? विकासको के काम गर्नुभयो?

उहाँले ७४ सालमा चुनाव जितेर जानु भयो। त्यति बेला उहाँले न्याय माग्नु भएको थियो। ‘मैले आइजी बन्न पाइन, मलाइ न्याय देऊ’ भनेर। हाम्रो क्षेत्रका जनताले उहाँलाई न्याय दिए। तर उहाँले चाहिँ हाम्रो क्षेत्रका नागरिकलाई के दिनु भयो त?

Ncell 2
Ncell 2

यो ५ वर्षमा खासै केही विकास भएको छैन। बाटोको हालत उस्तै छ। खानेपानीमा सुधार भएको छैन। राष्ट्रिय योजना केही परेको छैन। हाम्रो समयमा परेका योजनामा खासै केही परिवर्तन भएको छैन। यतिसम्म दूरावास्था छ कि बाटो समेत मर्मत भएको छैन।

जनतासँग मत माग्नका लागि व्यक्तिगत अजेन्डा के लिएर जानुहुन्छ?
हाम्रा अजेन्डा व्यक्तिगत भन्दापनि गठबन्धनको अजेन्डा हो। पहिलो हामीले बाटोलाई नै राखेका छौं। दोस्रोमा हामी खानेपानी सबैलाई सुलभ ढङ्गले वितरण गर्ने हो। तेस्रोमा, हामीले पर्यटन राखेका छौँ। यहाँ आन्तरिक पर्यटकलाई मात्रै आकर्षित गर्न सक्यौं भने पनि धेरैले रोजगारी पाउन सक्छन्।

त्यस्तै, यहाँका धेरै स्थानमा साइकल र ट्रेकिङ रुटको विकास गर्न सक्छौँ। यस्तो भयो भने धेरै विदेशी पर्यटक पनि आउने सम्भावना देखिन्छ। त्यसलगायत, कृषिमा धेरै राम्रो सम्भावना रहेको क्षेत्र हो। यहाँ दूधको उत्पादनलाई व्यवस्थापन र बजारीकरण गर्न सकियो भने जनताको जीवनस्तर उकास्न सकिन्छ।

तपाईंले गठबन्धनको कुरा गर्नुभयो। यसप्रति धेरैले आक्रोश व्यक्त गर्ने गरेका छन्। मुख्यतः कांग्रेसकै नेता तथा कार्यकर्ता बढी छन्। त्यो कुरा तपाईंलाई पनि थाहै होला। असन्तुष्टिका बीच भएको गठबन्धन र चुनावी तालमेलले असर पार्ला भन्ने डर छैन?
स्थानीय तहको निर्वाचनको समयमा पनि यही समस्या आएको थियो। तर अन्तिममा उपलब्धि चाहिँ राम्रो नै भयो। एक्लै उठ्नुभन्दा गठबन्धनमा उठ्नुको रिजल्ट राम्रो आयो। नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बन्ने अवसर मिल्यो। 

यद्यपि कतिपय स्थानमा कांग्रेसकै साथीहरूले हाम्रो जिल्लामा मात्रै हैन, अन्य क्षेत्रमा बागी उम्मेदवारी दिएका छन्।  अहिले हामीसँग पर्याप्त समय छ। उनीहरूलाई आउँदो एक महिनामा मलमपट्टी लगाएर सबै कांग्रेसलाई एकीकृत बनाएर लैजान सकिन्छ।

यो क्षेत्रको स्थानीय तह निर्वाचनको मत परिणामलाई कसरी विश्लेषण गर्नुभएको छ?
मेरो निर्वाचन क्षेत्रमा ३० वटा वडा छन्। २२ वटा हामीले जितेका छौँ, ५ वटा माओवादीले जितेको छ र जम्मा ३ वटा वडामा एमालेको नेतृत्व छ। उक्त परिणामले भोलि आउने दिनको झल्को देखाइसकेको छैन र?

स्थानीय तहको मतपरिणामलाई छोड्ने हो भने तपाईंले जित्ने आधार के हो, तपाईंलाई जनताले किन मत दिने?
मेरो जित्ने आधार धेरै छन्। मैले २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा ललितपुरबाट चुनाव जितिसकेपछि जति विकास भयो, त्यति  सायद कहिल्यै भएको थियो। मैलै प्राय सबै वडामा २, ३ वटा ठूला राष्ट्रिय योजना लगेको थिएँ। त्यो यहाँका जनताले बिर्सिएका छैनन्।

त्यसपछिको चुनावमा वाम गठबन्धन र सेलिब्रटीको चार्मिङको आधारमा मैले हारेको हुँ। यहाँको जनताको कारणले भन्दा पनि बाहिरी कारणले मैले चुनाव हारेको थिएँ। त्यो बेलाको अवस्था र अहिलेको अवस्थामा धेरै कुरा फरक भएको छ।

अहिलेका युवाहरू राजनीतिमा भ्रष्टाचार जोडिएर वाक्क भएका छन्। राजनीतिबाट युवाहरूको मन मर्नुको करण नै भ्रष्टाचार जोडिनु हो। सबै पार्टीमा भ्रष्टाचारले सीमा नाघेको छ। मेरो २५ वर्षको राजनीतिमा तरुण दलको केन्द्रीय अध्यक्ष पनि बनेँ, सांसद बने, राज्यमन्त्री बने। तर आजको दिनसम्म मलाई कसैले पनि भ्रष्टाचार गरेको आरोप लगाउने अवस्था सिर्जना भएको छैन। अहिलेसम्म उदयले एक पैसा खायो भनेर आरोप लागेको छैन। त्यसैले नेपाली जनतालाई एउटा भ्रष्टाचारमा नमुछिएको नेता चाहिन्छ भन्ने माग आएको जस्तो छ। म त्यो ‘क्याटेगोरीमा’ फिट हुन्छु। मलाई भोट हाल्ने आधार विकास बाहेक मेरो ‘क्लिन ईमेज’ पनि हो। त्यसैले मेरो धेरै भोट आउँछ भन्नेमा ढुक्क छु।

तपाईंलाई २०४८ सालबाट लगातार एकै घरबाट उम्मेदवार भएको भन्ने आरोप पनि लाग्ने गरेको छ। तपाईंको बुबा सागर समशेर पनि यहि क्षेत्रबाट उम्मेदवार बन्ने गर्नु हुन्थ्यो। यस क्षेत्रमा उम्मेदवार बन्नका लागि अन्य नेता तयार नभएका कि तपाईंहरुले नछोड्नु भएको?
हाम्रो पार्टी लोकतान्त्रिक पार्टी हो। मेरो नाम अहिलेसम्म ४ पटक सिफारिस भएको छ। यो चारै पटक मलाई प्राथमिकतामा राखेर पठाएका छन्।

यो क्षेत्रका जनतालाई विकास चाहिएको छ। परेको बेलामा उनीहरूलाई हाम्रो साथ चाहिएको छ। कोरोनाको समयमा मैले प्रत्येक घरघरमा गएर खाद्यान्न बाँढेको छु। दुःख सुखमा म जनताको साथमा छु। जनताको सुखमा रमाएको र दु:खमा सहयोग गरेको छु। र विकासको कुरा गर्ने हो भने २०७० सालदेखि यता मेरो बेलामा जति यो क्षेत्रको विकास कहिल्यै भएको छैन।

मेरो एक पटकको पहलमा आएका विकास कार्यक्रमहरू एमालेको ४ वटै कार्यकालको भन्दा धेरै छ। त्यो आधारमा म चुनाव जित्छु।

मेराविरुद्ध कुरा गर्नेहरूलाई विकासको अजेन्डा लिएर ‘फिल्ड’ मा उत्रिन आग्रह गर्छु। व्यक्तिगत आक्षेप लगाएर म चुनावमा प्रचार गर्न चाहन्न।

मेरो विपक्षका बारेमा ‘नेगेटिभ’ कुरा गर्न लाग्यो भने यहाँ पूर्णविराम नै हुँदैन, त्यो गएको गएकै गर्छ। त्यसैले म नकारात्मक प्रचारमा जान चाहन्न। उहाँहरूले मलाई व्यक्तिगत आक्षेप लगाउने काम भइनै रहेको छ। त्यो उनीहरूको हैसियतको कुरा हो। त्यसैले मेरालागि मुख्य कुरा अजेन्डा हो। मैले यहाँको सुख दु:खमा साथ दिएको छु।

अर्कोतर्फ कसले कतिपटक टिकट पायो यो हाम्रो आन्तरिक  कुरा हो। यो क्षेत्रका नेता कार्यकर्ताले प्रत्येकपटक मेरो नाम १ नम्बरमा पठाएका छन्। मलाई माया र आशीर्वाद नेपाली कांग्रेसका कार्यकर्ताहरूले दिएका छन्। 

अन्त्यमा, विपक्षीले तपाईं यो क्षेत्रको मतदाता हैन भन्छन्। यसलाई प्रस्ट पारिदिनुहोस् न?
मेरो घर ललितपुर महानगरपालिका वडा नम्बर १ मा छ। मेरो उम्मेदवारी भएको क्षेत्रको मतदाता नभए पनि सायद म जति यो क्षेत्रमा हिँडेको, म जति यो क्षेत्रको ज्ञान भएको व्यक्तिहरू यो ललितपुरमा नै कम होलान्।

नवराज सिलवाल पहिलोपटक भारदेउ वा भट्टेडाँडा पुग्दा सायद म त्यहाँको आधा मानिसको अनुहार नै चिन्ने भएको थिए। कहाँ जन्मियो, कहाँ हुर्कियो भन्दा पनि नवराज सिलवालले के गरे भन्ने हेर्नु पर्छ। उहाँले कसले कस्तो कोट लगायो, कसलाई बिहे गर्‍यो, को कसको छोरा, कहाँबाट भोट हाल्यो भन्ने कुरामा उहाँ व्यस्त हुनुहुन्छ। त्यसैले उहाँको हैसियत नै त्यही हो भने मेरो भन्नु केही भएन।

तर म भ्रष्टाचार विरोधी आन्दोलनमा लागेको छु। विकास मेरो प्राथमिकतामा छ। तेस्रो कुरा, म कसैलाई धोका दिन्नँ, बोलेपछि म पूरा गर्छु। र जनताको दुःख सुखका बेला साथमा छु। विपक्षका साथीहरूलाई पनि आफ्नो प्रस्ट अजेन्डा र गएको ५ वर्षमा कुन कुन क्षेत्रमा काम भयो प्रष्टसँग लिएर जनतासमक्ष जान आग्रह गर्छु।

यो पनि पढ्नुहोस

ललितपुर- १ मा सिलवाल-राणा : किल्ला जोगाउने र भत्काउने प्रतिस्पर्धा

यो पनि पढ्नुहोस

‘अघिल्लो कार्यकालमा विकासको आधार तयार गरेँ, अब बाँकी काम पूरा गर्नेछु’

 

प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९  १३:३९
  • #चुनाव_२०७९
  • #ललितपुर–१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह
टेरामक्स प्रकरणमा प्राविधिक परीक्षण र थप प्रमाण संकलन गर्न निर्देशन
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल बरामद
सम्बन्धित सामग्री
सहायक सिडियो र कोष नियन्त्रक तोकिए निर्वाचन आचारसंहिता अनुगमन अधिकृत यसअघि निर्वाचन आचारसंहिताबारे आयोगको केन्द्रीय कार्यालयले नै उजुरी लिँदै आएको थियो । यो निर्णयपछि सम्बन्धी जिल्लाबाटै आचारसंहिता उल्... मंगलबार, माघ १३, २०८२
बालेन, हर्क, निकोलस र महेश बस्नेतसँग आयोगद्वारा स्पष्टीकरण माग त्यसबाहेक श्रम संस्कृति पार्टीबाट सुनसरी १ बाट उम्मेदवार बनेका हर्क साम्पाङले चुनाव प्रचारमा बालबालिका प्रयोग गरेको, टिसर्ट लगाउन लग... मंगलबार, माघ १३, २०८२
आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह सार्वजनिक सेवा प्रसारण नेपालले आयोजना गरेको ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ आचारसंहिता अभिमुखीकरण’ विषयक कार्यक्रममा प्रमुख आयुक्त... सोमबार, माघ १२, २०८२
ताजा समाचारसबै
घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह मंगलबार, माघ १३, २०८२
टेरामक्स प्रकरणमा प्राविधिक परीक्षण र थप प्रमाण संकलन गर्न निर्देशन मंगलबार, माघ १३, २०८२
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल बरामद मंगलबार, माघ १३, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
ऊर्जा क्षेत्रको अनुभवलाई राष्ट्रिय विकासको आधार बनाउने कुलमान घिसिङको दाबी मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी सोमबार, माघ १२, २०८२
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण मंगलबार, माघ १३, २०८२
नेपाल-साउदी श्रम सम्झौतामा हस्ताक्षर सोमबार, माघ १२, २०८२
युवराज सफल पक्राउ मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्