• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस २३, २०८२ Wed, Jan 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

माछापुच्छ्रे बैंकको ठगी धन्दा : हातमा बचत भौचर, खाता रित्तै!

64x64
प्रतिक पौडेल बुधबार, कात्तिक २, २०७९  ०६:३१
1140x725

रुपन्देही– गत शुक्रबार सम्मरीमाई गाउँपालिका–५ रोइनिहवामा रहेको माछापुच्छ्रे बैंकको शाखा अगाडि एक हुल मानिस बैंकको बचत भौचर, एटीएमलगायतका कागजातसहित उभिरहेका थिए। 

बैंकबाट आफूहरू पीडित भएको, बचत गरेको रकम नै गायब भएको भन्दै उनीहरू न्यायको याचना गरिरहेका थिए। स्थानीयहरू आक्रोशित हुँदै बैंकको शाखा अगाडि पुग्दा कर्मचारी भनेर ढोका बन्द गरेर बाहिरिसकेका थिए। आफूहरूले बचत गरेको रकम नै खातामा नभएको बचतकर्ताहरूको भनाइ थियो। 

विश्वास गरेर बैंकमा जम्मा गरेको रकम नै हराउँदा आत्तिएका उनीहरू त्यसमाथि कर्मचारी नै फरार भएपछि भने आक्रोशित भए। उपस्थित स्थानीयले ठगीमा बैंक नै संलग्न भएको आरोप लगाए। 

उनीहरूले आफू पीडित भएको दाबी गरेको बैंकको शाखाका व्यवस्थापकीय जिम्मेवारी पाएका व्यक्ति हुन् शिकन्दर ठाकुर। ठाकुरमाथि नै उनीहरूले प्रश्न गर्दै आफूहरूले जम्मा गरेको रकम यथाशीघ्र खातामा उपलब्ध गराउन माग समेत गरेका छन्। 

बैंकले ठगी गरेको भनेर बचत रकम फिर्ता गराइदिन अनुरोध गर्दा समेत प्रमुख जिल्ला अधिकारी (सिडिओ) भरतमणि पाण्डे बेखबर भएको उनीहरूको गुनासो छ। 

चार वर्षअघि निकै तामझामका साथ माछापुच्छ्रे बैंकले रोइनिहवामा आफ्नो शाखा खोलेको थियो। त्यतिबेला स्थानीय निरन्जन पाठकलाई सेवा सञ्चालन लागि भन्दै अनुमति दिइएको  थियो।  

Machhapuchhre-Bank-Pidit-Rupandehi (1)1666080884.jpg

बैंकले ४ वर्षसम्म सेवा त दियो। तर, चार वर्षसम्म स्थानीयलाई झुक्याएर रकम बचत गर्न लगाउँदै गर्दा न बचतकर्तालाई थाहा भयो, न बैंकको माथिल्लो निकायलाई नै। 

Ncell 2
Ncell 2

चार वर्षदेखि बचत गरेको रकम नै गायब हुनुमा शाखाका व्यवस्थापकीय प्रमुख ठाकुर नै जिम्मेवार भएको बचतकर्ताहरूको भनाइ छ।

ठाकुरले एक करोड ५० लाख रुपैयाँ बचत रकम हिनामिना गरेको आरोप लागेको छ। बचत रकम नै खातामा नभएपछि सेवाग्राही भने पीडित बनेका छन्। हातमा बैंकको भौचर छ। भौचरमा माछापुच्छ्रे बैंक रोइनिहवा सेवा केन्द्र भनेर लेखिएको छाप समेत छ, तर खातामा पैसा छैन।

रोइनिहवा निवासी शंकटासुर (५६) शारीरिक रुपमा अस्वस्थ छन्। शंकटासुरले व्यवस्थापकीय प्रमुख ठाकुरमार्फत् बैंकमा खाता खोलेका थिए। 

‘मैले ठाकुरलाई बचत गर्न रकम दिएँ। ठाकुरले जम्मा भएको भौचर पनि दिए। आफूलाई आवश्यक परेकाले जम्मा भएको रकम निकाल्न खोजें। ठाकुरले भोलि भोलि भन्दै टारे। पछि थाहा भयो आफूले जम्मा गरेको ६७ हजार त खातामामै रैनछ’, शंकटासुरले नेपाल लाइभसँग भने। 

Machhapuchhre-Bank-Pidit-Rupandehi (3)1666080886.jpg

शंकटासुरमात्रै होइन बैंकबाट पीडित थुप्रै स्थानीय छन्। ५६ वर्षीया अनारकली लोध यस्तै अर्की पात्र हुन्। लोधले छोरीको विवाहका लागि भनेर बैंकमा ५ लाख रुपैयाँ जम्मा गरेकी बताउँदै आएकी छिन्। 

‘मैले बैंकबाट बचत रकम निकाल्छु भन्दा एजेन्टले प्राविधिक समस्याका कारण पैसा केही दिन निकाल्न नसक्ने भन्दै आलटाल गर्दै आएका थिए। अहिले आएर थाहा भयो बैंकले ठगेको रहेछ’ लोधले भनिन्।

अहिले पीडितहरू रोइनिहवामा रहेको माछापुच्छ्रे बैंकको शाखा अगाडि सर्वसाधारण भौचर बोकेर दैनिक धाउन थालेका छन्। दैनिक बैंक धाउने अर्की पात्र हुन्,  स्थानीय चन्द्रिका लोध। लोधले जम्मा गरेको ३ लाख रुपैयाँको अहिले अत्तोपत्तो छैन। 

चन्द्रवती मौर्याको समस्या पनि उस्तै छ। मौर्या दैनिक श्रम गरेर गर्जो टार्दै बाँकी रहेको केही रकम बैंकमा जम्मा गर्दै आएकी थिइन्। उनका श्रीमान अहिले अवस्थ छन्। श्रीमान अस्वस्थ भएपछि बैंकमा जम्मा गरेको १ लाख ५० हजार रुपैयाँ निकालेर उपचार गर्ने निधो उनले गरिन्। रकम निकाल्न जाँदा खाता रित्तै। त्यसपछि उनी छाँगाबाट खसेजस्तै भइन्। ‘बचत रकम नै नभएपछि गहना बेचेर श्रीमानलाई औषधी खुवाइरहेकी छु’ मौर्याले भनिन्। 

Machhapuchhre-Bank-Pidit-Rupandehi (2)1666080884.jpg

बैंकले शाखारहित सेवा दिँदा भौचर भर्न पाउँदैन। तर, स्थानीय एजेन्टले भने धमाधम भौचर भर्दै रकम जम्मा गरेको देखाउँदै पैसा गायब पारिएको आरोप लागेको छ।

Bank-Notice1666081006.jpg

निक्षेप संकलन गर्दा अनलाइन इन्ट्री गरेर स्थानीयलाई अनलाइन रकम जम्मा भएको बिल दिनुपर्छ। तर, यहाँ बैंक भौचर भरेर दिइएको छ भने अनलाइन इन्ट्री नै गरिएको छैन। कतिपय स्थानीयलाई भने भौचरसमेत दिइएको छैन।

एजेन्टले स्थानीयसँग भएको एटीएम कार्ड, चेक र भौचर समेत आफैं राख्ने गरेको आरोप समेत लागेको छ। जसकारण कतिपयसँग प्रमाण नै छैन। 

अर्कोतर्फ भौचरमा खातावालाको खाता नम्बर नलेखेर एटीएम कार्डको सिरियल नम्बर लेखेर रकम जम्मा भएको भौचरमा छाप लगाउने गरेको समेत खुलेको छ। 

आफूहरू ठगिएको भन्दै निवेदन दिँदा समेत नलिएको माछापुच्छ्रे बैंकले भने अनुसन्धान भइरहेको भन्दै पन्छिने गरेको उनीहरूको आरोप छ। 

यो प्रकरण बाहिरिएपछि अहिले बैंकले एजेन्टसँगको सम्झौता तोडेको छ भने शाखारहित सेवा बन्द गरेको छ। गत जेठ महिनामा नै शाखारहित बैंकिङ सेवा बन्द गरेको हो। 

यता माछापुच्छ्रे बैंकले भने एजेन्ट ठाकुर र व्यवस्थापकीय प्रमुख शिकन्दरका कारण स्थानीय पीडित भएको भन्दै उनीहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिएको जनाएको छ। 

प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९  ०६:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रतिक पौडेल
लेखकबाट थप
लघुवित्तको ‘यातना’बाट मुक्ति पाउन दैनिक प्रशासनको दैलो धाउँछन् महिलाहरु
लुम्बिनीमा वर्षौंदेखि जम्मा गरेर राखिएको विदेशी मुद्राको सटही हुने
होटलको हब बन्दै भैरहवा, १० देखि १२ अर्ब लगानी
सम्बन्धित सामग्री
सामान्य अंकले बढ्यो नेप्से सोमबारको तुलनामा मंगलबार शून्य दशमलव शून्य तीन प्रतिशतले बढेर नेप्से २५ सय ८२ दशमलव २३ विन्दुमा बन्द भएको छ । मंगलबार, पुस ८, २०८२
दोहोरो अंकले घट्यो नेप्से अघिल्ला तीन कारोबार दिन लगातार बढिरहेको नेप्से बिहीबार १०.६६ अंकले घटेको हो । बुधारको तुलनामा ०.४० प्रतिशतले घटेपछि समग्र नेप्से २ ह... बिहीबार, पुस ३, २०८२
कारोबारसँगै बढ्यो सेयर बजार काठमाडौँ - बुधबार सेयर बजार ५.७० अंक बढेको छ। सो वृद्धिपछि नेप्से २६२५ अंकमा कायम भएको छ। बुधबार, पुस २, २०८२
ताजा समाचारसबै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार, पुस २२, २०८२
कोशीमा मन्त्रीमण्डल हेरफेर, कांग्रेस-एमालेका ५/५ नयाँ मन्त्री नियुक्त मंगलबार, पुस २२, २०८२
राष्ट्रिय सभामा पाँच दलबीच भागबन्डा मंगलबार, पुस २२, २०८२
पाँच वर्षपछि सार्वजनिक भयो संसद् विघटन बदर गरेको फैसलाको पूर्णपाठ मंगलबार, पुस २२, २०८२
सिनामंगलको काठ गोदाममा आगलागी मंगलबार, पुस २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको मूल्य तोलामा ३१०० रुपैयाँ बढ्यो मंगलबार, पुस २२, २०८२
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा मंगलबार, पुस २२, २०८२
पाँच वर्षपछि सार्वजनिक भयो संसद् विघटन बदर गरेको फैसलाको पूर्णपाठ मंगलबार, पुस २२, २०८२
रास्वपाको वृहत् राजनीतिक समायोजन घोषणा सभाः नागरिक उन्मुक्तिका असन्तुष्टहरु समेटिँदै सोमबार, पुस २१, २०८२
रास्वपाको समानुपातिक उम्मेदवारीबाट नाम फिर्ता लिने छ जना पुगे सोमबार, पुस २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्