• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

माछापुच्छ्रे बैंकको ठगी धन्दा : हातमा बचत भौचर, खाता रित्तै!

64x64
प्रतिक पौडेल बुधबार, कात्तिक २, २०७९  ०६:३१
1140x725

रुपन्देही– गत शुक्रबार सम्मरीमाई गाउँपालिका–५ रोइनिहवामा रहेको माछापुच्छ्रे बैंकको शाखा अगाडि एक हुल मानिस बैंकको बचत भौचर, एटीएमलगायतका कागजातसहित उभिरहेका थिए। 

बैंकबाट आफूहरू पीडित भएको, बचत गरेको रकम नै गायब भएको भन्दै उनीहरू न्यायको याचना गरिरहेका थिए। स्थानीयहरू आक्रोशित हुँदै बैंकको शाखा अगाडि पुग्दा कर्मचारी भनेर ढोका बन्द गरेर बाहिरिसकेका थिए। आफूहरूले बचत गरेको रकम नै खातामा नभएको बचतकर्ताहरूको भनाइ थियो। 

विश्वास गरेर बैंकमा जम्मा गरेको रकम नै हराउँदा आत्तिएका उनीहरू त्यसमाथि कर्मचारी नै फरार भएपछि भने आक्रोशित भए। उपस्थित स्थानीयले ठगीमा बैंक नै संलग्न भएको आरोप लगाए। 

उनीहरूले आफू पीडित भएको दाबी गरेको बैंकको शाखाका व्यवस्थापकीय जिम्मेवारी पाएका व्यक्ति हुन् शिकन्दर ठाकुर। ठाकुरमाथि नै उनीहरूले प्रश्न गर्दै आफूहरूले जम्मा गरेको रकम यथाशीघ्र खातामा उपलब्ध गराउन माग समेत गरेका छन्। 

बैंकले ठगी गरेको भनेर बचत रकम फिर्ता गराइदिन अनुरोध गर्दा समेत प्रमुख जिल्ला अधिकारी (सिडिओ) भरतमणि पाण्डे बेखबर भएको उनीहरूको गुनासो छ। 

चार वर्षअघि निकै तामझामका साथ माछापुच्छ्रे बैंकले रोइनिहवामा आफ्नो शाखा खोलेको थियो। त्यतिबेला स्थानीय निरन्जन पाठकलाई सेवा सञ्चालन लागि भन्दै अनुमति दिइएको  थियो।  

Machhapuchhre-Bank-Pidit-Rupandehi (1)1666080884.jpg

बैंकले ४ वर्षसम्म सेवा त दियो। तर, चार वर्षसम्म स्थानीयलाई झुक्याएर रकम बचत गर्न लगाउँदै गर्दा न बचतकर्तालाई थाहा भयो, न बैंकको माथिल्लो निकायलाई नै। 

Ncell 2
Ncell 2
nimb
nimb

चार वर्षदेखि बचत गरेको रकम नै गायब हुनुमा शाखाका व्यवस्थापकीय प्रमुख ठाकुर नै जिम्मेवार भएको बचतकर्ताहरूको भनाइ छ।

ठाकुरले एक करोड ५० लाख रुपैयाँ बचत रकम हिनामिना गरेको आरोप लागेको छ। बचत रकम नै खातामा नभएपछि सेवाग्राही भने पीडित बनेका छन्। हातमा बैंकको भौचर छ। भौचरमा माछापुच्छ्रे बैंक रोइनिहवा सेवा केन्द्र भनेर लेखिएको छाप समेत छ, तर खातामा पैसा छैन।

रोइनिहवा निवासी शंकटासुर (५६) शारीरिक रुपमा अस्वस्थ छन्। शंकटासुरले व्यवस्थापकीय प्रमुख ठाकुरमार्फत् बैंकमा खाता खोलेका थिए। 

‘मैले ठाकुरलाई बचत गर्न रकम दिएँ। ठाकुरले जम्मा भएको भौचर पनि दिए। आफूलाई आवश्यक परेकाले जम्मा भएको रकम निकाल्न खोजें। ठाकुरले भोलि भोलि भन्दै टारे। पछि थाहा भयो आफूले जम्मा गरेको ६७ हजार त खातामामै रैनछ’, शंकटासुरले नेपाल लाइभसँग भने। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

Machhapuchhre-Bank-Pidit-Rupandehi (3)1666080886.jpg

शंकटासुरमात्रै होइन बैंकबाट पीडित थुप्रै स्थानीय छन्। ५६ वर्षीया अनारकली लोध यस्तै अर्की पात्र हुन्। लोधले छोरीको विवाहका लागि भनेर बैंकमा ५ लाख रुपैयाँ जम्मा गरेकी बताउँदै आएकी छिन्। 

‘मैले बैंकबाट बचत रकम निकाल्छु भन्दा एजेन्टले प्राविधिक समस्याका कारण पैसा केही दिन निकाल्न नसक्ने भन्दै आलटाल गर्दै आएका थिए। अहिले आएर थाहा भयो बैंकले ठगेको रहेछ’ लोधले भनिन्।

अहिले पीडितहरू रोइनिहवामा रहेको माछापुच्छ्रे बैंकको शाखा अगाडि सर्वसाधारण भौचर बोकेर दैनिक धाउन थालेका छन्। दैनिक बैंक धाउने अर्की पात्र हुन्,  स्थानीय चन्द्रिका लोध। लोधले जम्मा गरेको ३ लाख रुपैयाँको अहिले अत्तोपत्तो छैन। 

चन्द्रवती मौर्याको समस्या पनि उस्तै छ। मौर्या दैनिक श्रम गरेर गर्जो टार्दै बाँकी रहेको केही रकम बैंकमा जम्मा गर्दै आएकी थिइन्। उनका श्रीमान अहिले अवस्थ छन्। श्रीमान अस्वस्थ भएपछि बैंकमा जम्मा गरेको १ लाख ५० हजार रुपैयाँ निकालेर उपचार गर्ने निधो उनले गरिन्। रकम निकाल्न जाँदा खाता रित्तै। त्यसपछि उनी छाँगाबाट खसेजस्तै भइन्। ‘बचत रकम नै नभएपछि गहना बेचेर श्रीमानलाई औषधी खुवाइरहेकी छु’ मौर्याले भनिन्। 

Machhapuchhre-Bank-Pidit-Rupandehi (2)1666080884.jpg

बैंकले शाखारहित सेवा दिँदा भौचर भर्न पाउँदैन। तर, स्थानीय एजेन्टले भने धमाधम भौचर भर्दै रकम जम्मा गरेको देखाउँदै पैसा गायब पारिएको आरोप लागेको छ।

Bank-Notice1666081006.jpg

निक्षेप संकलन गर्दा अनलाइन इन्ट्री गरेर स्थानीयलाई अनलाइन रकम जम्मा भएको बिल दिनुपर्छ। तर, यहाँ बैंक भौचर भरेर दिइएको छ भने अनलाइन इन्ट्री नै गरिएको छैन। कतिपय स्थानीयलाई भने भौचरसमेत दिइएको छैन।

एजेन्टले स्थानीयसँग भएको एटीएम कार्ड, चेक र भौचर समेत आफैं राख्ने गरेको आरोप समेत लागेको छ। जसकारण कतिपयसँग प्रमाण नै छैन। 

अर्कोतर्फ भौचरमा खातावालाको खाता नम्बर नलेखेर एटीएम कार्डको सिरियल नम्बर लेखेर रकम जम्मा भएको भौचरमा छाप लगाउने गरेको समेत खुलेको छ। 

आफूहरू ठगिएको भन्दै निवेदन दिँदा समेत नलिएको माछापुच्छ्रे बैंकले भने अनुसन्धान भइरहेको भन्दै पन्छिने गरेको उनीहरूको आरोप छ। 

यो प्रकरण बाहिरिएपछि अहिले बैंकले एजेन्टसँगको सम्झौता तोडेको छ भने शाखारहित सेवा बन्द गरेको छ। गत जेठ महिनामा नै शाखारहित बैंकिङ सेवा बन्द गरेको हो। 

यता माछापुच्छ्रे बैंकले भने एजेन्ट ठाकुर र व्यवस्थापकीय प्रमुख शिकन्दरका कारण स्थानीय पीडित भएको भन्दै उनीहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिएको जनाएको छ। 

प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९  ०६:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रतिक पौडेल
लेखकबाट थप
लघुवित्तको ‘यातना’बाट मुक्ति पाउन दैनिक प्रशासनको दैलो धाउँछन् महिलाहरु
लुम्बिनीमा वर्षौंदेखि जम्मा गरेर राखिएको विदेशी मुद्राको सटही हुने
होटलको हब बन्दै भैरहवा, १० देखि १२ अर्ब लगानी
सम्बन्धित सामग्री
रोकिएन बजारको ओरालो यात्रा, साताको अन्तिम दिन पनि दोहोरो अंकले घट्यो नेप्से शुक्रबार ११.९० अंक घटेको बजार २५८७.२५ विन्दुमा रोकिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ । शुक्रबार, असोज १६, २०८३
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित... शुक्रबार, असोज १६, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने प्राधिकरणले असोज १२ गते सोमबार साँझदेखि प्रणालीको परीक्षणसमेत गरिसकेको छ। प्रणाली सञ्चालनमा आएपछि बीमा कम्पनीले आफूखुसी सर्भेयर छनोट... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्