काठमाडौं– सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो पाँचौं वार्षिकोत्सव सप्ताहव्यापी कार्यक्रम गरेर मनाउन थालेको छ। कात्तिक २ गतेदेखि छैठौं वर्षमा प्रवेश गर्न लागेको कम्पनीले सोमबारदेखि सप्ताहव्यापी कार्यक्रम सुरु गरेको हो।
कम्पनीले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा स्थानीय स्तरमा रक्तदान, निःशुल्क स्वास्थ्यशिविर, गरिब, असहाय तथा वृद्ध वृद्धालाई निःशुल्क भोजन तथा कपडा, सार्वजनिक स्थानमा सरसफाई लगायतका कार्यक्रम गर्दै आएको छ।
जनसमुदायमा जीवन बीमाप्रतिको चेतना वृद्धि गर्न कम्पनीले वार्षिकोत्सवको अवसरमा विद्यार्थीसंग बीमा कार्यक्रम, सडक र्याली, फेसबुक लाइभमार्फत् इन्स्योरेन्स हाजिरी जवाफ प्रतियोगिता लगायतका विभिन्न बीमा जागरण अभियान गर्ने योजना रहेको जनाएको छ।
यसका साथै हाल नेपालका विभिन्न क्षेत्रमा डेंगु रोग निकै फैलिएको र रगतको कमी भएकोले रक्तदान कार्यक्रम विशेष प्राथमिकतामा राख्ने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।