काठमाडौं– राउण्डटेबल नेपालले शुक्रबार संघीय राजधानी काठमाडौंमा एक सम्मान समारोहको आयोजना गरेको छ।
राउण्डटेबल इन्टरनेशनलमा आफ्नो सम्मानजनक छवि बनाउन सफल व्यक्तित्वहरुलाई राउण्डटेबल नेपालले सम्मान गरेको हो।
सम्मानित हुनेहरुमा नेपाली नागरिकको तर्फबाट पहिलोपटक राउण्डटेबल इन्टरनेशनलको अध्यक्ष बन्न सफल जयन्त अग्रवाल, राउण्डटेबल इन्टरनेशनलका एसिया प्यासेफिक अध्यक्ष सौरभ केडिया, राउण्डटेबल इन्टरनेशनलका कन्टेन्ट क्रिएटर तथा बोर्ड असिस्टेन्ट विमल सिद्धार्थबेद छन्।
सम्मानित व्यक्तित्वहरुलाई राउण्डटेबल नेपालका अध्यक्ष राहुल अग्रवालले मायाको चिनो प्रदान गरेका थिए। समारोहमा पूर्वसांसद बिमल केडिया, एनएएफटीएका अध्यक्ष विनोद सेठिया, उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका, रोटरी क्लबका डिस्ट्रक गभर्नर जितेन्द्र राज भण्डारी, लाइन्स क्लब काउन्सिलका अध्यक्ष केशव पाण्डे, नेपाल पर्यटन बोर्डका धन्नजय रेगमी, ४१ कल्ब अफ नेपालका अध्यक्ष मनोज दास, लेडिज सर्कल नेपालका अध्यक्षमा नसी अग्रवाललगायतले आफ्ना धारणा राखेका थिए।
राउण्डटेबल इन्टरनेशनल अन्तरर्गत विश्वका ६५ देशमा ३० हजार सदस्यहरु रहेका छन्। राउण्डटेबल नेपाल, नेपालमा सन् १९८९ मा चन्द्रकुमार गोल्छाको अग्रसरतामा सुरुआत भएको थियो। यस अन्तर्गत हालसम्म देशका १२ वटा सहरमा ३३ वटा टेबल गठन भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।