काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्सले एन्ड्रोइड र एप्पल फोनका लागि नयाँ मोबाइल एप्लिकेशन सार्वजनिक गरेको छ।
इन्स्योरेन्सको प्रधान कार्यालय कमलादी, काठमाडौंमा आयोजित एक विषेश समारोहकाबीच इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले मोवाइल एप्लिकेशनलाई डाउनलोड गरी सार्वजनिक गरे।
परिस्कृत र नयाँ सुविधाहरूसहित सार्वजनिक गरिएको मोबाइल एप्लिकेशन एप स्टोरबाट डाउनलोड गर्न सकिने कम्पनीले जनाएको छ। ग्राहक र अभिकर्ता दुबैले एउटै एप्लिकेशनमार्फत् लाभ लिन सक्नेछन्।
सर्वप्रथम एपलाई एप स्टोर वा प्ले स्टोरबाट डाउनलोड गरी आफ्नो रजिस्टर्ड फोन नम्बरको माध्यमबाट आफुलाई रजिस्टर गरि लग इन गर्न सकिने छ।
आफू अभिकर्ता वा बिमित छनौट गरि आफ्नो प्रोफाइल एड गर्न सकिने छ। एप्लिकेशनमा एकै जनाको एकभन्दा बढी बीमालेख भएमा सबैलाई लिस्ट गर्न सकिने छ।
आफ्नो बीमालेख प्रोफाइलमा एड गरे पश्चात आफ्नो बीमा सँग सम्बन्धित सम्पूर्ण जानकारी एकै ठाँउमा सरल तथा सहज तवरले प्राप्त गर्न सकिने इन्स्योरेन्सले जनाएको छ।
साथै एपमा अन्य सुविधाहरुको रुपमा प्रिमियम हिसाब, बीमा योजनाको जानकारी, शाखा तथा उपशाखाहरुको स्थान तथा सम्पर्क नम्बर तथा यस इन्स्योरेन्सले सार्वजनिक गरेको जानकारीमुलक, तथा मनोरन्जनात्मक श्रब्य दृश्य सामग्रीहरु पढ्न तथा हेर्न सकिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।