काठमाडौं– नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले टिभिएस ग्राण्ड एक्सचेन्ज र फाइनान्स मेला आयोजना गरेको छ। सोमबारदेखि सुरु भएको मेला कात्तिक छ गतेसमम काठमाडौंको भृकुटिमण्डपमा चल्नेछ।
मेलामा कुनै पनि ब्राण्डका पुरानो बाइक तथा स्कुटर एक्चेन्ज गर्दा आकर्षक छुट तथा उपहारहरु पाउने कम्पनीले बताएको छ।
यस मेलामा सहभागी हुने ग्राहकले आफ्नो पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गरेर टिभिएसको दुई पाङ्ग्रे सवारी साधन लिँदा बजार मूल्यांकनभन्दा सात हजार बढीको मूल्य पाउनेछन्। साथै नकिन्दै लाख र किन्दा १० लाखसम्मको नगद छुटको पनि व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
यो योजनामा आकर्षक फाइनान्स अफर पनि समावेश गरिएको छ। जस अन्तर्गत न्यूनतम २५ प्रतिशत डाउन पेमेन्ट र ४ हजार २७७ को मासिक इएमआइमा बाइक तथा स्कुर लिनसक्ने पनि व्यवस्था गरिएको छ।
यस बाहेक ग्राहकहरुले हेलमेट, बाइक कभर, र ब्यागजस्ता उपहार पनि प्राप्त गर्न सक्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।