पोखरा– नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार वालिङको फुटबल मैदानमा भएको महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा एपीएफ क्लब विजयी भएको छ।
एपीएफले आयोजक गण्डकी प्रदेशलाई ५–० को गोल अन्तरले पराजित गर्र्दै जित निकालेको हो।
खेलको दोस्रो मिनेटमा एपीएफकी रञ्जना दर्जीले पेनाल्टीमार्फत् पहिलो गोल गर्दै टीमलाई अग्रता दिलाएकी थिइन्।
खेलको छैठौँ मिनेटमा अनिता केसीले आफ्नो टीमको लागि गोल संख्या दोब्बर पारिन्। खेलको ३७औं मिनेटमा सरु लिम्बुले तेस्रोे गोल गरिन्।
खेलकोे ८३औं मिनेटमा पुनः रञ्जना दर्जीले व्यतिmगत दोस्रो गोल गर्दे टीमको लागि चौंथो गोल गरिन्। खेलको ८८औं मिनेटमा अनिता बस्नेतले पाँचौ गोल गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।