काठमाडौं– सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई सेयर कारोबार प्रकृयामा थप सहजता र सरलता प्रदान गर्न थ्री इन वान खाताको प्रणाली परिष्कृत गरेको छ।
थ्री इन वान खाताको अनलाइन फारम भर्दा ग्राहकहरुले बैंक खाता, डिम्याट खाता र ट्रेडिङ खाताका साथै सी–आस्वा र मेरो सेयरको आवेदन पनि दिन सकिनेछ।
साथै, थ्री इन वन पोर्टलको ड्यासबोर्डमा बैंकले सहज र सरल प्रकृयाका लागि विभिन्न जानकारीहरु लिन मिल्ने व्यवस्था गरिएको छ।
यो खाता खोल्न ग्राहकहरुले घरमै बसी सानिमा बैंकको वेबसाइटमार्फत् आवेदन दिन सक्नेछन्। खाता भइसकेका ग्राहकले समेत यसबाट सी–आस्वा तथा मेरो सेयरको सुविधा लिन सक्नेछन्।
सानिमा क्यापिटल र सानिमा बैंकले संयुक्त रुपमा सञ्चालनमा ल्याएको यस खातामा ग्राहकहरुले अनलाइनमार्फत् दोस्रो बजारबाट सेयर खरिद र बिक्री गर्न सक्नेछन्।
यो खाता खोल्नका लागि सानिमा बैंकका नयाँ तथा पुराना ग्राहकले बैंकको वेबसाइटबाट थ्री इन वान अकाउन्टमा क्लिक गरी आवश्यक विवरण भरी आवेदन दिनुपर्नेछ।
आईपीओमार्फत् सेयर खरिद गरेका ग्राहकहरु समेत केही प्रकृया पूरा गरी सानिमा थ्री इन वान खातामार्फत् सजिलै सेयर बिक्री गर्न मिल्ने सुविधा यस खातामा रहेको छ।
सानिमा बैंकको सातै प्रदेशमा १२९ वटा कार्यालय र १२२ वटा एटीएम सञ्जाल रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।