बर्लिन- जर्मनीका चान्सलर ओलाफ सोल्सले युरोपेली सङ्घको पुनःसंरचना गर्न माग गरेका छन्। सङ्घअन्तर्गत रहेका २७ देशको छुट्टै प्रशासनिक र सैन्य सेवाको व्यवस्था गर्नुपर्ने उनले बताए।
जर्मनीको बर्लिनमा आयोजित युरोपेली समाजवादी पार्टीको सम्मेलनमा बोल्दै उनले युरोपेली सङ्घमा विस्तारै केही परिवर्तन आवश्यक भएको धारणा राखे।
विषेश गरी विदेश नीति, कर प्रणाली, सैन्य सेवा, प्रशासनिक व्यवस्था लगायतका क्षेत्रमा केही संशोधन आवश्यक भएको उनको भनाइ थियो।
युरोपेली सङ्घको स्वायत्तता, क्षेत्राधिकार तथा कार्य प्रणालीमा पनि सुधार हुनुपर्नेमा चान्सलर सोल्सले जोड दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।