पोखरा- नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा गण्डकी प्रदेशले पहिलो जित हासिल गरेको छ।
पोखरा रंगशालास्थित फुटबल मैदानमा शनिबार भएको खेलमा प्रदेश १ लाई २-० गोल अन्तरले हराउँदै गण्डकीले पहिलो जित दर्ता गरेको हो। खेलमा गण्डकीले दुवै गोल पहिलो हाफ गरेको हो। गण्डकीको जितमा कमल थापा र जया गुरुङले गोल गरे।
निकै आक्रमक खेल खेलेको गण्डकीले खेल सुरु भएको तेस्रो मिनेटमै गोल गरेको थियो। जया गुरुङले उत्कृष्ट गोल गर्दै गण्डकीलाई १-० को अग्रता दिलाए। २७ औं मिनेटमा कमलले गरेको शक्तिशाली प्रहारले सिधै जाली चुम्यो।
पहिलो हाफमा २-० ले पछि परेको प्रदेश १ ले दोस्रो हाफमा सुधारिएको खेल देखाए पनि स्ट्राइक लाइनमा कमजोर हुँदा खेल गुमाउन पुग्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।