पोखरा– गण्डकी प्रदेशमा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबल खेलमा गैरआवासीय नेपाली संघ (एनआरएनए) टिमले विजयी सुरुआत गरेको छ।
पोखराको याम्दीस्थित गोष्तेघाट खेलमैदानमा बिहीबारदेखि सुरु भएको खेलमा एनआरएनएले प्रदेश–१ लाई २–० अन्तरले पराजित गरेको हो।
एनआरएनएको जितमा विमल घर्तीमगर र सञ्जोग राईले गोल गरे। विमलले खेलको ८औं मिनेटमा गोल गर्दै एनआरएनएको खाता खोलेका थिए। एनआरएनएका सञ्जोगले खेलको ५५औं मिनेटमा दोस्रो गोल गरे।
प्रतियोगितामा ७ प्रदेश, ३ विभागीय टिम र एनआरएनएको सहभागिता छ। बिहीबारको दोस्रो खेलमा बागमती प्रदेश र मधेस प्रदेशले प्रतिस्पर्धा गर्दै छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।