काठमाडौं– ६ मिनेट १२ सेकेण्डमा ह्याट्रिक गर्दै लिभरपुलका स्ट्राइकर मोहम्मद सलाहले च्याम्पियन्स लिगको इतिहासमा दुर्लभ रेकर्ड राखेका छन्।
च्याम्पिन्स लिगको इतिहासमा सबैभन्दा कम समयमा ह्याट्रिक गर्ने खेलाडी सलाह बनेका छन्। गएराति भएको रेन्जर्सविरुद्धको खेलमा सलाहले उक्त रेकर्ड राखेका हुन्।
उक्त खेलमा लिभरपुलले ७–१ को जित निकालेको थियो। दोस्रो हाफमा मैदान प्रवेश गरेका सलाहले ६ मिनेट १२ सेकेण्डमा ह्याट्रिक गर्दै सनसनी मच्चाएका थिए।
रेन्जर्सले सुरुवाती अग्रता बनाएको थियो। खेलेको १७औं मिनेटमा स्कट एर्फिल्डले गोल गरेका थिए। लगत्तै २४ मिनेटमा लिभरपुलका रोबर्टो फिर्मिनोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
सलाहसँगै फिर्मिनोले २, डार्बिन नुनेज १ र इलियोटले १ गोल गरेपछि लिभरपुलले ७–१ को जित निकाल्यो।
समूह ‘ए’ मा रहेको लिभरपुल जितसँगै ९ अकंका साथ दोस्रो स्थानमा छ। यही समूहको नापोली भने अन्तिम १६ मा प्रवेश गरिसकेको छ। तेस्रो स्थानको आयाक्सको ३ अंक छ। रेन्जर्सले भने खाता खोल्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।