काठमाडौं– दुई खेल बाँकी छँदै बार्यन म्युनिख च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ।
बुधबार राति भएको खेलमा भिक्टोरिया प्लेजेनलाई ४–२ गोल अन्तरले हराउँदै जर्मन क्लब बायर्न अन्तिम १६ मा प्रवेश गरेको हो।
बायर्नको जितमा लियोन गोर्टेज्काले २ तथा साडियो माने र थोमस मुलरले एक/एक गोल गरे।
प्लेजेनकोतर्फबाट एडम र जान क्लिमेन्टले एक/एक गोल गर्दै खेल ४–२ को स्थितिमा ल्याएका थिए। जितसँगै बायर्न चार खेलबाट १२ अंक जोड्दै समूह ‘सी’ को शीर्ष स्थानमा रहेर दुई खेल अघि नै अन्तिम १६ मा प्रवेश गरेको छ।
चार खेल नै खेलेको प्लेनेज अंकविहीन हुँदै पुछारमा छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।