काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खानेपानीको मूल्य समायोजन गरेको छ।
प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिबाट गठित बजार अनुगमन उपसमितिको अध्ययन प्रतिवेदनको आधारमा खानेपानीको अधिकतम मूल्य निर्धारण गरिएको विभागले जनाएको छ।
विभागका अनुसार अब काठमाडौं उपत्यकाभित्र १ लिटरको बोत्तलको पानी १६ रुपैयाँ र २० लिटरको जारको पानी ४७ रुपैयाँभन्दा बढीमा बेच्न पाइने छैन। उपत्यकाबाहिर बोटलको पानीको २० रूपैयाँ र जारको पानी ६० रूपैयाँभन्दा बढी लिन पाइने छैन।
तोकेको मूल्यभन्दा बढी मूल्य लिए उपभोक्ता संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ बमोजिम कारबाही गरिने विभागको चेतावनी छ।
साथै, कसैले तोकिएको मूल्यभन्दा बढी लिन खोजेमा विभाग मातहतका कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशानसन कार्यालय वा स्थानीय तहलाई सूचना दिनसमेत विभागले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।