काठमाडौं- वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सामान्य सुधार आएको छ। अस्पताल भर्ना भएको १८औं दिनमा उनको स्वास्थ्यमा सामान्य सुधार भएको हो।
मुटुको चाल सम्बन्धी समस्यामा केही सुधार देखिएपनि उनलाई आईसीयूमै राखेर उपचार गरिएको किष्ट अस्पतालले जनाएको छ। छातीको निमोनिया संक्रमण नियन्त्रणका लागि अहिले पनि एन्टिबायोटिक चलाइको छ।
अझै केही समय आईसीयूमा राखेर उपचार गर्नुपर्ने अवस्था रहेको अस्पतालले जनाएको छ। स्वास्थ्यमा समस्या आएपछि उनलाई असोज ८ गते अस्पताल भर्ना गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।