फाइल तस्बिर। काठमाडौं– अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी अमेरिका प्रस्थान गरेका छन्।
विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को सम्मेलनमा भाग लिनका लागि अर्थमन्त्री र गभर्नरसहित, अर्थसचिव कृष्णहरी पुष्कर, सहसचिव इश्वरीप्रसाद अर्याल लगायत अमेरिका उडेका हुन्।
अर्थमन्त्री शर्मा अमेरिका उडेपछि अर्थमन्त्रालयको जिम्मेवारी ऊर्जामन्त्री पम्पा भुसाललाई दिइएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री नफर्किउन्जेलसम्मका लागि मन्त्रालयको जिम्मेवारी मन्त्री भुसाललाई दिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।