फाइल तस्बिर
काठमाडौं– महाराष्ट्रको नासिकमा शनिबार बिहान एक बसमा आगो लाग्दा कम्तीमा ११ जनाको मृत्यु भएको छ।
बसमा सवार कैयौं मानिसको मृत्यु भएको आशंका गरिए पनि अहिलेसम्म ११ जनाको मृत्यु पुष्टि भएको हो।
नासिक प्रहरीका उपायुक्त अमोल तांबेले दुर्घटनाको पुष्टि गर्दै भनेका छन्, ‘यसमा कैयौं मानिसको मृत्यु भएको छ।’
यो दुर्घटना नासिक र औरंगाबाद सडक खण्ड अन्तर्गत नंदूरनाका क्षेत्रमा भएको हो। उक्त बस यवतमालदेखि मुम्बईतर्फ जाँदै गरेका बेला बिहान ५ बजेतिर दुर्घटना भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।