काठमाडौं– यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार फ्रान्सेली लेखिका एनी एर्नोले पाएकी छिन्।
नोबेल कमिटीले फ्रान्सेली लेखिका एर्नोलाई उक्त पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो। लेखिका एर्नोको जन्म सन् १९४० मा भएको थियो। उनका मातापिता एक किराना पसल र एक क्याफे सञ्चालन गर्दथे।
एर्नोले भनेकी छिन्, ‘लेख्नु एक राजनीतिक काम हो। जसले हाम्रो आंखा खोल्छ र हामी सामाजिक असमानता देख्न पाउँछौं।’
गत वर्ष यो पुरस्कार तान्जानियाका उपन्यासकार अब्दुलरज्जाक गुरनाहलाई प्रदान गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।