काठमाडौं– इक्वेडरको एक कारागारमा कैदीहरुबिच भएको झडपमा १५ जनाको मृत्यु भएको छ।
लतकुगास्थित कोटोपासी नम्बर १ मा भएको झडपमा १५ जनाको मृत्यु भएको र २० जना घाइते भएको स्थानीय मिडियाले उल्लेख गरेका छन्।
सन् २०२१ को फेब्रुअरीयता इक्वेडरका कारागारमा हिंसा हुँदा ४०० जना बढी कैदीको मृत्यु भइसकेको छ। कारागारभित्र ग्याङहरुबिच र लागू औषध कारोबारीबिच झडप हुने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।