• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

शेखर कोइरालाको चियापान : कार्यकर्तालाई टिकटको आश, नेतृत्व नाजवाफ 

64x64
भूपेन्द्र शाह ठकुरी बिहीबार, असोज १३, २०७९  १५:४९
1140x725

काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसको आन्तरिक विवाद चुलिँदै गएको छ। संस्थापन पक्षले समानुपातिकतर्फको बन्दसूचीमा एकपक्षीय ढंगले उम्मेदवारको नामावली पेस गरेको भन्दै संस्थापन इतर पक्ष चिढिएको थियो।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा गठबन्धनभित्र प्रतिनिधि सभा र प्रदेश सभाको सिट बाँडफाँटमा लागिरहेका बेला शेखर पक्षले भने कांग्रेसभित्रैबाट आफूलाई ४० प्रतिशत दिनुपर्ने माग गर्दै आएको छ। 

समानुपातिक तर्फको बन्दसूची बुझाउँदा नै सभापति देउवाले एकलौटी गरेको भन्दै विरोध मात्र होइन शेखर पक्ष आन्दोलनमै उत्रिएको छ। आन्दोलनकै क्रममा बुधबार शेखर पक्षका नेताले पार्टी कार्यालय सानेपामा धर्ना दिएका थिए। 

चियापानमा देखिएको दृश्य 
बिहीबार डा शेखर कोइरालाले बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा दशैं तथा दिपावलीको अवसरमा चियापान कार्यक्रमको आयोजना गरे। उक्त चियापानमा कांग्रेसभित्र संस्थापन पक्षका नेताहरु उपस्थित थिएनन्। 

कोइरालाले आयोजना गरेको चियापान कार्यक्रमको शीर्षक नै अघिपछिका भन्दा यसपाली भिन्न थियो। यसपाली चियापानकै नारा ‘पार्टीको आन्तरिक एकता, समान अवसर र न्यायका निम्ति खबरदारी’ राखिएको थियो। 

उक्त कार्यक्रममा दशैंको शुभकामना र खुशी बाँड्नुभन्दा पनि कोइराला पक्षका धेरै नेता कार्यकर्ताको गुनासो सुनिन्थे। ‘दशैंकै मुखमा न बसको टिकटको फिक्स छ, न सांसदको’ कार्यक्रममा सहभागी नेताहरु एक आपसमा खासखुस गर्दै थिए। 

उक्त खबरदारी कार्यक्रममा सञ्चारमाध्यममा मुख नखोलेका तर पार्टीभित्र दबाब सिर्जना गरिरहेका शेखर कोइराला, कांग्रेस उप–सभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सह–महामन्त्री बद्रीप्रसाद पाण्डे, डा मिनेन्द्र रिजाल, चन्द भण्डारी, अर्जुननरसिंह केसी लगायतका नेताहरु देखिए। 

कोइरालासहितका नेताहरु अनुपम फुडल्यान्डमा देखा पर्नेबित्तिकै उनीहरु निकटका नेताहरुले घेरिहाले। कार्यक्रममा सहभागीहरु अधिकांश जिल्लास्तरका नेता कार्यकर्ताहरु कोइराला, उपसभापति गुरुङ, महामन्त्री थापा, सहमहामन्त्री पाण्डेलगायतका शीर्ष नेताहरुसँग आफ्नो गुनासो पोखिरहेका थिए। सहभागीहरु भन्दै थिए, ‘दाई जय नेपाल! म ..., हाम्रोमा देउवा दाईले निकै अन्याय गर्नुभयो। तपाईंहरुले यस विषयमा उचित दबाब दिनुपर्‍यो।’

Ncell 2
Ncell 2
nimb
nimb

जवाफमा महामन्त्री थापाले मुन्टो हल्लाउँदै भन्दै थिए,‘अँ म तपाईंलाई चिन्छु, थाहा छ, हामी माथि छलफल गरिरहेका छौं। नआत्तिनुहोस्।’ भीडमा नेताहरुले कार्यकर्तालाई ठ्याक्कै ठम्याउन नसके पनि उनीहरु विचलित नबनुन भनेर चिनेजस्तै आश्वस्त पारिरहेका थिए। कोइराला पक्षका नेता कार्यकर्ताहरु चियापानमा शीर्ष नेताबाट केही आश्वासन आओस् भन्ने चाहिरहेका थिए। तर उनीहरुले कुनै प्रतिक्रिया जनाएनन्। 

जिल्ला स्तरका नेता कार्यकर्ताले कोइरालालगायतका शीर्ष नेतासँग फोटो खिचे। अनि हामी बैठक बस्नपर्‍यो भन्दै त्यहाँ उपस्थित नेता कार्यकर्तासँग बिदाई माग्दै कार्यक्रमस्थलबाट बाहिरिए। 

चियापानमा आन्दोलनकै रुप 
चियापानमा शीर्ष नेताहरु नबोले पनि उनीहरुले कार्यक्रममा सहभागी जनाउनु नै आन्दोलनप्रतिको ऐक्यवद्धता भएको कांग्रेस नेता भुपेन्द्रजंग शाहीले बताए। ‘हामी बोलिरहेकै छौं। उहाँहरुले पार्टीको शीर्ष नेतृत्वमा बोल्ने हो’,  शाहीले भने, ‘आन्दोलनमा शीर्ष नेताहरु किन आउँदैनन् भन्ने सवालको जवाफ नेताहरु चियापानमा आएर पुष्टि गरिसक्नु भएको छ।’

सभापतिले कार्यकर्ताको भावनाको नबुझे विकल्प खोज्ने
त्यस्तै शेखर समूहका नेता गुरुराज घिमिरेले चियापान तथा शुभकामना परम्परा र संस्कृतिलाई निरन्तरता दिने एउटा प्रयास भएको बताए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पार्टीभित्रको अन्तर संघर्षबारे घिमिरेले भने,‘अन्तरसंघर्ष जारी छ। न्यायोचित अवसरको वितरणका निम्ति हामीले पार्टीलाई भनेका हौं। त्यही अभियान अन्तर्गत नै आज चियापान गरेका हौं। यसको आयोजक हामी हौं। त्यसैले हाम्रो आन्दोलन जारी छ। सभापतिज्यूले सबैलाई मिलाएर लिन्छु भन्ने आश्वासन दिनुभएको छ।’

उनले सभापतिले आश्वासन दिनु सकारात्मक भएको भन्दै माग पूरा नभए आन्दोलनका लागि तीन चरण विनम्रता, विरोध र विद्रोह हुने बताए। उनले सभापतिले अझै पनि कार्यकर्ताको माग सम्बोधनमा बेवास्ता गरे आफ्नो बाटो लिनसकिने चेतावनी दिए। 

व्यक्ति–व्यक्तिका विषयमा छलफल गरौं
त्यसैगरि नेता अर्जुननरसिंह केसीले कांग्रेसभित्र रहेका वाद–विवादलाई सम्वादको प्रक्रियाबाट सहमति हुने कुरामा विश्वास दिलाए। ‘शुभकामना आदान–प्रदान भनेको कसैलाई तितो बोल्ने काम नभइ सम्मान, सद्‌भाव, प्रेम, मित्रता र भातृत्वलाई विकास गर्ने प्रक्रिया हो। समानुपातिकतर्फको उम्मेदवारहरुको विवाद नटुंगिए निर्वाचनमा सहभागी हुँदैनौं,’ नेता केसीले भने, ‘त्यो दुर्भाग्य स्थिति नआओस भन्ने चाहन्छु।’

नेता केसीले सभापतिले देउवाले न्यायपूर्ण तरिकाबाट निर्णय गर्नुपर्नेमा जोड दिए। उनले हिजो देउवा प्रतिपक्षमा रहँदा न्यायका लागि ६०/४० को कुरा गरेको भन्दै आफूहरुले अहिले त्यही कुराको माग गरेको बताए। 

उनले भने,‘म के भन्छु भने, योग्य र उपयुक्त पात्र हो भने, व्यक्ति–व्यक्तिका विषयमा छलफल गरौं। त्यो जुनसुकै पक्षको भए पनि कांग्रेस हो। इतिहास भएको, लोकप्रियता कायम गरेको सक्षम, जनप्रिय व्यक्तिलाई छानौं।’ 

समानुपातिक बन्दसूची सच्याउन देउवा राजी 
समानुपातिक बन्द सूचीबारे विवाद चुलिएसँगै पार्टी सभापति शेरबहादुर देउवाले लगातार तीन दिनदेखि पदाधिकारीसँग छलफल गरिरहेका छन्।

सभापति देउवाले समानुपातिकमा भएको त्रुटि सच्याएर शेखर पक्षको माग सम्बोधन गर्ने आश्वासन दिएका छन्।

उक्त विषयमा बिहीबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको छ। कांग्रेसका नेता कार्यकर्ताहरु पनि टिकटको टुंग्गो नलागेसम्म राजधानी नछोड्ने मनस्थितिमा देखिएका छन्।

प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९  १५:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
कांग्रेस केन्द्रीय सदस्यमा पेशागत (विषय विज्ञ) तर्फ केसीको अग्रता नेपाली कांग्रेसको केन्द्रीय सदस्य पेशागत (विषय विज्ञ) तर्फ डा. केदार नरसिंह केसीले अग्रता लिएका छन्। बुधबार, असोज २८, २०८३
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै संसदीय सुनुवाइ समितिले श्रीलङ्का, मलेसिया, जापान र साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूतहरूको संसदीय सुनुवाइ गर्ने भएको छ। बुधबार, असोज २८, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गृहमन्त्री गुरुङले मंगलबार शाहसँग भेटवार्ता गरेका भार... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण बुधबार, असोज २८, २०८३
कांग्रेस केन्द्रीय सदस्यमा पेशागत (विषय विज्ञ) तर्फ केसीको अग्रता बुधबार, असोज २८, २०८३
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै बुधबार, असोज २८, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बुधबार, असोज २८, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्