• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

शेखर समूहको चेतावनी- बन्दसूची नसच्याए निर्वाचनमा सहयोग हुँदैन

64x64
भूपेन्द्र शाह ठकुरी बुधबार, असोज १२, २०७९  १८:०५
1140x725

काठमाडौं- मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाइएको समानुपातिक तर्फका उम्मेदवारहरुको बन्दसूचीको विषयलाई लिएर कांग्रेसको संस्थापनइतर पक्षले विरोध र वार्तालाई एक साथ अघि बढाएको छ।

संस्थापन पक्षले बन्दसूचीमा एक पक्षीय रुपमा उम्मेदवारहरु समावेश गरेको भन्दै शेखर कोइराला पक्षले बुधबार पार्टी मुख्यालय सानेपामा एक घण्टा धर्ना दिएको हो। बुधबार दिउँसो १ बजे सो पक्षका नेता तथा कार्यकर्ताले मुख्यालयको मूल गेटमै धर्ना दिएका हुन्।

'डमी लिस्ट पठाइयो'
संस्थापन इतर समूहका नेता भूपेन्द्र शाहीले नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएको उल्लेख गर्दै पार्टीभित्र समान अवसर र न्यायको खाँचो रहेको औंल्याए। उनले भने, ‘नेपाली कांग्रेस सबैको साझा पार्टी हो। कसैको व्यक्तिगत होइन। त्यसैले यो पार्टीमा लाग्ने हरेक कार्यकर्ताहरुको मूल्यांकन हुन जरुरी छ। मापदण्ड बनाउन जरुरी छ।’

पार्टीका लागि सहादत प्राप्त गरेका व्यक्तिहरुलाई पन्छाइएको शाहीको आरोप छ। उनले महाधिवेशनमा अर्को समूहमा लागेका, भोट नहालेका भन्दै देउवा समूहले अन्यायपूर्ण तरिकाले गुटबन्दीको खेती गरेको उनको भनाइ छ। शाहीले पार्टी कार्यालय आस्थाको केन्द्रबिन्दु भएकाले सडकमा नगई यहीँबाट दबाब दिएको दाबी गरे।

शाहीले भने, ‘पार्टी सभापतिज्यूलाई हाम्रो आग्रह छ। पार्टीभित्र हामीले विवाद चाहिरहेका छैनौं। कांग्रेसलाई विजयी गराउनका लागि गाउँ जान चाहान्छौं। हामी पार्टी विजयको अभियान चलाउन चाहान्छौं।’

उनले पार्टीभित्रको विवाद नमिलाएर अघि बढ्न खोजेको भन्दै बाध्य भएर आवाज उठाएको बताए। सार्वजनिक भएको समानुपातिकको सूची हेर्दा पार्टीमा दुःख, संघर्ष गरेका, लगानी गरेका, पसिना बगाएका, रगत बगाएका कार्यकर्ताभन्दा पनि नेताहरुको पहुँच भएका र नेताहरुका खल्तीका मान्छेहरुलाई उम्मेदवार बनाइएको आरोप लगाए।

उनले पार्टी आफू कर्णाली प्रदेशको अध्यक्षको प्रत्यासी र संसदीय बोर्डको सदस्य भएको भए पनि जिल्ला र प्रदेशमा छलफल भएका नामहरु नभई 'डमी लिस्ट' बनाएर पेश गरेको आरोप लगाए। उनले पार्टी नेतृत्वले आफ्ना मागहरु सुन्नुको विकल्प नभएको दाबी गरे। उनले आफूहरुकै दबाबका कारण सभापतिले बालुवाटारमा पदाधिकारीलाई बोलाएर छलफल गरिरहेकाले त्यसबारे चाँडै समस्या सम्बोधन हुने विश्वास व्यक्त गरे। पार्टी सभापतिले मिलाउछु भन्ने प्रतिबद्धता देखाए पनि ठोस निष्कर्ष निकाल्नुपर्ने उनको भनाइ छ।

'बन्दसूची नसच्चिए प्रत्यक्षमा उम्मेदवार नरहनसक्छ'
कांग्रेस  केन्द्रीय सदस्य अजय बाबु सिवाकोटीले निर्णय प्रक्रियाबाट समानुपातिक बन्द सूचीको लिस्टमा एउटा पक्षलाई बाहिर राख्ने प्रयासका कारण धर्ना लगायतका कार्यक्रम गर्नु परेको बताए। उनले पार्टीको शीर्ष नेतृत्वले निर्णय नसच्याए पार्टी सकिने चेतावनी दिए।

Ncell 2
Ncell 2
nimb
nimb

उनले भने, ‘बन्दसूची सार्वजनिक भइसकेपछि त्यसले नेता कार्यकर्ता मात्रै नभई आम मतदाताको बीचमा असन्तुष्टि पैदा भएको छ। यदि नसच्चिने हो भने, यो असन्तोष आक्रोशमा परिणत हुँदै विद्रोहमा समेत परिणत हुनसक्छ। त्यसैले समयमै नेतृत्वलाई खबरदारी गर्नुपर्ने थियो। त्यसैले यो धर्ना र खबरदारी चलिरहेको छ।’

नेता शिवाकोटीले पार्टीभित्रको कुरा मात्रै नभई यसले गठबन्धनभित्र समेत असर पर्ने बताउँदै गठबन्धन समेत सचेत हुनुपर्ने चेतावनी दिए।

उनले यो कांग्रेसभित्रको आन्तरिक विषय मात्रै नभई गठबन्धनका दलहरुबीचको पनि चासोको विषय भएको उल्लेख गरे। उनले पार्टी नेतृत्वले शेखर समूहको कुरा सम्बोधन नगरेको बताए। पत्रकार सम्मेलनबाट पार्टी प्रवक्ताले नोटिसमा लिएको बताएको भन्दै उनले जनताले निर्णय लिने तहमा नोटिस पुग्यो भने, अहिलेको यो टिमबाट एक जना पनि उम्मेदवार नहुने चेतावनी दिए। उनले त्यसको प्रतिक्रियाबारे पार्टी नेतृत्वले राम्रोसँग बुझेको बताए।

उनले ८/१० जना नेताहरुको व्यवस्थापनको कुरा नभई २०६२/६३ को जनआन्दोलन, त्यसभन्दा अघिका आन्दोलन र लामो समयसम्म त्याग बलिदान गरेका आम नेता कार्यकर्ताहरुलाई बाहिर राखेर केही नेताहरुको व्यवस्थापन मात्र गरेर केही नहुने बताए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पेलेरै अघि जाने निर्णय गरेमा कांग्रेस र गठबन्धनलाई पनि राम्रो अवस्था नहुने उनको चेतावनी छ। उनले दशैंमा जाँदा एकतावद्ध भएर जाने कांग्रेस चाहिएको बताए। महाधिवेशनमा विभाजित भए पनि अहिले अरु दलहरुसँग चुनाव लड्ने बेला भएको बताए। त्यसका लागि शीर्ष नेतृत्वले सबैलाई सम्बोधन गर्नुपर्ने बताउँदै धर्नाको सम्बोधन नहुने हो भने, आफ्नो समूहले चुनाव नलड्ने दोहोर्याबए।

'सबैप्रतिको खबरदारी हो'
त्यस्तै धर्ना आन्दोलमा सहभागी नेपाली कांग्रेस १४ औं महाधिवेशन प्रतिनिधि उमा दाहालले आफू कोइराला समूहको नेता भए पनि यो खबरदारी सबैको लागि भएको बताइन्।

उनले भनिन्, ‘यो सबै प्रतिको खबरदारी हो। 'जेन्युन' कार्यकर्ताहरु पछाडि नपरुन्। पार्टीको मूल प्रवाहबाट नछुटुन्। यो एकपक्षीय नेतालाई मात्र हैन, दुवै पक्षका नेताहरुका लागि हो।’

उनले कार्यकर्ताको सही मूल्यांकन हुनुपर्ने दाबी गरिन्।

'समान अवसर र न्याय पाउनुपर्छ'
त्यसैगरी आन्दोलनमा सहभागी नेता जगदिश नरसिंह केसीले पार्टीले आफ्ना मागहरुलाई सम्बोधन गर्ने हो भने आफूहरुका विद्रोही स्वरुहरु कम गर्दै लैजाने बताए। उनले भने, ‘समान न्याय र अवसरका लागि पार्टीभित्र सबैलाई न्याय होस्। सबैले न्याय पाओस् भन्ने हाम्रो मनशाय हो।’

उनले समानुपातिकको बन्दसूचीपछि सिर्जना भएको परिस्थितिबारे आफूहरु सशंकित बनेको बताए।

नेता केसीले समानुपातिक बन्दसूचीमा निर्वाचित नै नहुने गरी शेखर पक्षको नाम झुण्ड्याएको आरोप लगाए। शेखर समूहको कोही पनि निर्वाचित नहोस् भनेर टिकट वितरण प्रक्रिया पनि अन्यायपूर्ण तरिकाले भइरहेको उनको भनाइ छ।

उनले भने, ‘पार्टीभित्र भइरहेको अन्याय विरुद्ध हामीले सचेत गराएका हौँ। त्यसैको परिणाम हिजोबाट आफ्नो मागहरुलाई सम्बोधन गर्ने सम्भावना बढेको छ। समान अवसर र त्यागको लागि जनताको बीचमा रहेका मान्छेले पाउनुपर्छ।’

उनले टिकट दिँदा जित्ने व्यक्तिलाई दिनुपर्ने बताए। उनले समानुपातिक बन्दसूचीमा संस्थापन पक्षका एक भए आफ्नो दुई हुनुपर्ने, उनीहरुको तीन भए आफ्नो चार हुनेगरी सच्याउनुपर्ने आग्रह गरे।

सभापतिसँग आग्रह र अनुरोध गरेको बताउँदै पार्टी प्रवक्ताले सर्वसम्मत भएको भन्ने कुरा गलत भएको बताए। संसदीय बोर्डको बैठकमा त्यहीँ हुने एक जना सदस्यले बन्दसूचीको नाम सबैले सुन्न पाउनुपर्छ भन्दा सभापतिले पछि सल्लाह गरौँला, जाऔँजाऔँ भन्दै नामावली समेत नसुनाएको गुनासो गरेको बताए। उनले बलजबस्ती समानुपातिकको नामावली निर्वाचन आयोगमा पेश गरिएको आरोप पनि लगाए।
 

प्रकाशित मिति: बुधबार, असोज १२, २०७९  १८:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
कांग्रेस केन्द्रीय सदस्यमा पेशागत (विषय विज्ञ) तर्फ केसीको अग्रता नेपाली कांग्रेसको केन्द्रीय सदस्य पेशागत (विषय विज्ञ) तर्फ डा. केदार नरसिंह केसीले अग्रता लिएका छन्। बुधबार, असोज २८, २०८३
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै संसदीय सुनुवाइ समितिले श्रीलङ्का, मलेसिया, जापान र साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूतहरूको संसदीय सुनुवाइ गर्ने भएको छ। बुधबार, असोज २८, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गृहमन्त्री गुरुङले मंगलबार शाहसँग भेटवार्ता गरेका भार... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण बुधबार, असोज २८, २०८३
कांग्रेस केन्द्रीय सदस्यमा पेशागत (विषय विज्ञ) तर्फ केसीको अग्रता बुधबार, असोज २८, २०८३
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै बुधबार, असोज २८, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बुधबार, असोज २८, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्