• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस १, २०८२ Tue, Dec 16, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

शेखर समूहको चेतावनी- बन्दसूची नसच्याए निर्वाचनमा सहयोग हुँदैन

64x64
भूपेन्द्र शाह ठकुरी बुधबार, असोज १२, २०७९  १८:०५
1140x725

काठमाडौं- मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाइएको समानुपातिक तर्फका उम्मेदवारहरुको बन्दसूचीको विषयलाई लिएर कांग्रेसको संस्थापनइतर पक्षले विरोध र वार्तालाई एक साथ अघि बढाएको छ।

संस्थापन पक्षले बन्दसूचीमा एक पक्षीय रुपमा उम्मेदवारहरु समावेश गरेको भन्दै शेखर कोइराला पक्षले बुधबार पार्टी मुख्यालय सानेपामा एक घण्टा धर्ना दिएको हो। बुधबार दिउँसो १ बजे सो पक्षका नेता तथा कार्यकर्ताले मुख्यालयको मूल गेटमै धर्ना दिएका हुन्।

'डमी लिस्ट पठाइयो'
संस्थापन इतर समूहका नेता भूपेन्द्र शाहीले नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएको उल्लेख गर्दै पार्टीभित्र समान अवसर र न्यायको खाँचो रहेको औंल्याए। उनले भने, ‘नेपाली कांग्रेस सबैको साझा पार्टी हो। कसैको व्यक्तिगत होइन। त्यसैले यो पार्टीमा लाग्ने हरेक कार्यकर्ताहरुको मूल्यांकन हुन जरुरी छ। मापदण्ड बनाउन जरुरी छ।’

पार्टीका लागि सहादत प्राप्त गरेका व्यक्तिहरुलाई पन्छाइएको शाहीको आरोप छ। उनले महाधिवेशनमा अर्को समूहमा लागेका, भोट नहालेका भन्दै देउवा समूहले अन्यायपूर्ण तरिकाले गुटबन्दीको खेती गरेको उनको भनाइ छ। शाहीले पार्टी कार्यालय आस्थाको केन्द्रबिन्दु भएकाले सडकमा नगई यहीँबाट दबाब दिएको दाबी गरे।

शाहीले भने, ‘पार्टी सभापतिज्यूलाई हाम्रो आग्रह छ। पार्टीभित्र हामीले विवाद चाहिरहेका छैनौं। कांग्रेसलाई विजयी गराउनका लागि गाउँ जान चाहान्छौं। हामी पार्टी विजयको अभियान चलाउन चाहान्छौं।’

उनले पार्टीभित्रको विवाद नमिलाएर अघि बढ्न खोजेको भन्दै बाध्य भएर आवाज उठाएको बताए। सार्वजनिक भएको समानुपातिकको सूची हेर्दा पार्टीमा दुःख, संघर्ष गरेका, लगानी गरेका, पसिना बगाएका, रगत बगाएका कार्यकर्ताभन्दा पनि नेताहरुको पहुँच भएका र नेताहरुका खल्तीका मान्छेहरुलाई उम्मेदवार बनाइएको आरोप लगाए।

उनले पार्टी आफू कर्णाली प्रदेशको अध्यक्षको प्रत्यासी र संसदीय बोर्डको सदस्य भएको भए पनि जिल्ला र प्रदेशमा छलफल भएका नामहरु नभई 'डमी लिस्ट' बनाएर पेश गरेको आरोप लगाए। उनले पार्टी नेतृत्वले आफ्ना मागहरु सुन्नुको विकल्प नभएको दाबी गरे। उनले आफूहरुकै दबाबका कारण सभापतिले बालुवाटारमा पदाधिकारीलाई बोलाएर छलफल गरिरहेकाले त्यसबारे चाँडै समस्या सम्बोधन हुने विश्वास व्यक्त गरे। पार्टी सभापतिले मिलाउछु भन्ने प्रतिबद्धता देखाए पनि ठोस निष्कर्ष निकाल्नुपर्ने उनको भनाइ छ।

'बन्दसूची नसच्चिए प्रत्यक्षमा उम्मेदवार नरहनसक्छ'
कांग्रेस  केन्द्रीय सदस्य अजय बाबु सिवाकोटीले निर्णय प्रक्रियाबाट समानुपातिक बन्द सूचीको लिस्टमा एउटा पक्षलाई बाहिर राख्ने प्रयासका कारण धर्ना लगायतका कार्यक्रम गर्नु परेको बताए। उनले पार्टीको शीर्ष नेतृत्वले निर्णय नसच्याए पार्टी सकिने चेतावनी दिए।

Ncell 2
Ncell 2

उनले भने, ‘बन्दसूची सार्वजनिक भइसकेपछि त्यसले नेता कार्यकर्ता मात्रै नभई आम मतदाताको बीचमा असन्तुष्टि पैदा भएको छ। यदि नसच्चिने हो भने, यो असन्तोष आक्रोशमा परिणत हुँदै विद्रोहमा समेत परिणत हुनसक्छ। त्यसैले समयमै नेतृत्वलाई खबरदारी गर्नुपर्ने थियो। त्यसैले यो धर्ना र खबरदारी चलिरहेको छ।’

नेता शिवाकोटीले पार्टीभित्रको कुरा मात्रै नभई यसले गठबन्धनभित्र समेत असर पर्ने बताउँदै गठबन्धन समेत सचेत हुनुपर्ने चेतावनी दिए।

उनले यो कांग्रेसभित्रको आन्तरिक विषय मात्रै नभई गठबन्धनका दलहरुबीचको पनि चासोको विषय भएको उल्लेख गरे। उनले पार्टी नेतृत्वले शेखर समूहको कुरा सम्बोधन नगरेको बताए। पत्रकार सम्मेलनबाट पार्टी प्रवक्ताले नोटिसमा लिएको बताएको भन्दै उनले जनताले निर्णय लिने तहमा नोटिस पुग्यो भने, अहिलेको यो टिमबाट एक जना पनि उम्मेदवार नहुने चेतावनी दिए। उनले त्यसको प्रतिक्रियाबारे पार्टी नेतृत्वले राम्रोसँग बुझेको बताए।

उनले ८/१० जना नेताहरुको व्यवस्थापनको कुरा नभई २०६२/६३ को जनआन्दोलन, त्यसभन्दा अघिका आन्दोलन र लामो समयसम्म त्याग बलिदान गरेका आम नेता कार्यकर्ताहरुलाई बाहिर राखेर केही नेताहरुको व्यवस्थापन मात्र गरेर केही नहुने बताए।

पेलेरै अघि जाने निर्णय गरेमा कांग्रेस र गठबन्धनलाई पनि राम्रो अवस्था नहुने उनको चेतावनी छ। उनले दशैंमा जाँदा एकतावद्ध भएर जाने कांग्रेस चाहिएको बताए। महाधिवेशनमा विभाजित भए पनि अहिले अरु दलहरुसँग चुनाव लड्ने बेला भएको बताए। त्यसका लागि शीर्ष नेतृत्वले सबैलाई सम्बोधन गर्नुपर्ने बताउँदै धर्नाको सम्बोधन नहुने हो भने, आफ्नो समूहले चुनाव नलड्ने दोहोर्याबए।

'सबैप्रतिको खबरदारी हो'
त्यस्तै धर्ना आन्दोलमा सहभागी नेपाली कांग्रेस १४ औं महाधिवेशन प्रतिनिधि उमा दाहालले आफू कोइराला समूहको नेता भए पनि यो खबरदारी सबैको लागि भएको बताइन्।

उनले भनिन्, ‘यो सबै प्रतिको खबरदारी हो। 'जेन्युन' कार्यकर्ताहरु पछाडि नपरुन्। पार्टीको मूल प्रवाहबाट नछुटुन्। यो एकपक्षीय नेतालाई मात्र हैन, दुवै पक्षका नेताहरुका लागि हो।’

उनले कार्यकर्ताको सही मूल्यांकन हुनुपर्ने दाबी गरिन्।

'समान अवसर र न्याय पाउनुपर्छ'
त्यसैगरी आन्दोलनमा सहभागी नेता जगदिश नरसिंह केसीले पार्टीले आफ्ना मागहरुलाई सम्बोधन गर्ने हो भने आफूहरुका विद्रोही स्वरुहरु कम गर्दै लैजाने बताए। उनले भने, ‘समान न्याय र अवसरका लागि पार्टीभित्र सबैलाई न्याय होस्। सबैले न्याय पाओस् भन्ने हाम्रो मनशाय हो।’

उनले समानुपातिकको बन्दसूचीपछि सिर्जना भएको परिस्थितिबारे आफूहरु सशंकित बनेको बताए।

नेता केसीले समानुपातिक बन्दसूचीमा निर्वाचित नै नहुने गरी शेखर पक्षको नाम झुण्ड्याएको आरोप लगाए। शेखर समूहको कोही पनि निर्वाचित नहोस् भनेर टिकट वितरण प्रक्रिया पनि अन्यायपूर्ण तरिकाले भइरहेको उनको भनाइ छ।

उनले भने, ‘पार्टीभित्र भइरहेको अन्याय विरुद्ध हामीले सचेत गराएका हौँ। त्यसैको परिणाम हिजोबाट आफ्नो मागहरुलाई सम्बोधन गर्ने सम्भावना बढेको छ। समान अवसर र त्यागको लागि जनताको बीचमा रहेका मान्छेले पाउनुपर्छ।’

उनले टिकट दिँदा जित्ने व्यक्तिलाई दिनुपर्ने बताए। उनले समानुपातिक बन्दसूचीमा संस्थापन पक्षका एक भए आफ्नो दुई हुनुपर्ने, उनीहरुको तीन भए आफ्नो चार हुनेगरी सच्याउनुपर्ने आग्रह गरे।

सभापतिसँग आग्रह र अनुरोध गरेको बताउँदै पार्टी प्रवक्ताले सर्वसम्मत भएको भन्ने कुरा गलत भएको बताए। संसदीय बोर्डको बैठकमा त्यहीँ हुने एक जना सदस्यले बन्दसूचीको नाम सबैले सुन्न पाउनुपर्छ भन्दा सभापतिले पछि सल्लाह गरौँला, जाऔँजाऔँ भन्दै नामावली समेत नसुनाएको गुनासो गरेको बताए। उनले बलजबस्ती समानुपातिकको नामावली निर्वाचन आयोगमा पेश गरिएको आरोप पनि लगाए।
 

प्रकाशित मिति: बुधबार, असोज १२, २०७९  १८:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
एमाले महाधिवेशन:  ३०१ पदका लागि ६०३ उम्मेदवारी महाधिवेशन निर्वाचन आयोगका अनुसार ३ सय १ सदस्यीय केन्द्रीय कमिटीको संरचना ‘क्लस्टर’ तय गरिएको छ । यस पटक ४० वर्ष ननाघेका युवाका लागि... मंगलबार, पुस १, २०८२
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सक्कल फाइल अख्तियारबाट मगाउने आदेश पतञ्जलि जग्गा अनियमितता प्रकरणमा विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लिरत्न श्रेष्ठको इजलासले यस्तो आदेश गरेको हो । सोमबार, मंसिर २९, २०८२
एमाले महाधिवेशन : उम्मेदवारी दर्ता समय सकियो सोमबार दिउँसो ३ बजेपछि उम्मेदवारी दर्ताको समय तोकिएको थियो । अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलको उम्मेदवारी परेको छ । यी दुवै... सोमबार, मंसिर २९, २०८२
ताजा समाचारसबै
एमाले महाधिवेशन:  ३०१ पदका लागि ६०३ उम्मेदवारी मंगलबार, पुस १, २०८२
यस्तो रहनेछ देशभरको मौसम मंगलबार, पुस १, २०८२
जब शुक्रकिटदाताको शरीरमा भेटियो क्यान्सर गराउने जीन... सोमबार, मंसिर २९, २०८२
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सक्कल फाइल अख्तियारबाट मगाउने आदेश सोमबार, मंसिर २९, २०८२
एमाले महाधिवेशन : उम्मेदवारी दर्ता समय सकियो सोमबार, मंसिर २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
एमाले नेतृत्वका लागि पोखरेल समूहबाट अहिलेसम्म टुंगो लागेका उम्मेदवारहरु सोमबार, मंसिर २९, २०८२
यस्तो छ ओली पक्षबाट प्रस्तावित पदाधिकारी उम्मेदवार सोमबार, मंसिर २९, २०८२
एमाले महाधिवेशन : उम्मेदवारी दर्ता समय सकियो सोमबार, मंसिर २९, २०८२
वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक सोमबार, मंसिर २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्