काठमाडौं- नेपालमा हालसम्म २७ हजार पाँचसय ६९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। देशभरमा भएका संक्रमितको तुलनामा सबैभन्दा धेरै बागमती प्रदेशका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार बागमती प्रदेशमा मात्रै २१ हजार ५ सय ८९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। यस्तै हालसम्म नेपालमा डेंगु संक्रमणबाट ३६ जनाको मृत्यु भएको छ।
अहिले राजधानी काठमाडौं उपत्यकामा डेंगु महामारीका रुपमा फैलिएको छ। यस्तै बागमतीपछि सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा डेंगुका संक्रमित फेला परेका छन्। मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशमा हालसम्म तीन हजार ५० जनामा डेंगु संक्रमण पुष्टि भएको छ।
सूदूरपश्चिम प्रदेशमा ८२१ जनामा संक्रमण पुष्टि भएको छ भने प्रदेश १ मा ८१५ जनामा संक्रमण भएको छ। यस्तै मधेश प्रदेशमा ४०५ र कर्णाली प्रदेशमा २३७ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
एडिज प्रजातिको लामखुट्टेबाट सर्ने डेंगु नेपालमा पहिलोपटक २०६१ मा देखिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।