• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर ६, २०८२ Sat, Nov 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्यो, नेपालमा कहिले हुन्छ मूल्य समायोजन?

64x64
सुरेन्द्र बजगाईं बुधबार, असोज १२, २०७९  १४:२१
1140x725

काठमाडौं– कच्चा तेलको भाउ अन्तर्राष्ट्रिय बजारमा कम भएको छ। कोरोना महामारी र रुस–युक्रेन युद्धका कारण कच्चा तेलको मूल्य भारी मात्रामा वृद्धि भएको थियो। अहिले कोरोना संक्रमण कम हुँदै गएको र रुस–युक्रेन युद्ध पनि मत्थर हुँदै गएकाले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य कम भएपनि नेपालमा भने मूल्य घटेको छैन। नेपाल आयल निगमले घाटामा रहेकाले मूल्य समायोजन गर्न नसकेको बताएको छ। नेपालमा आउने इन्धन भारतीय आयल निगम (आईओसी)बाट ल्याउने गरिन्छ। 

आईओसीले हरेक १५–१५ दिनमा नयाँ मूल्यसूची नेपाल आयल निगमलाई पठाउने गरेको छ। त्यही अनुसार नै नेपालमा मूल्य समायोजन हुने निगमका प्रवक्ता विनितमणि उपाध्याय बताउँछन्। हाल पेट्रोल १८१, डिजेल १८७, मट्टितेल १७८ रुपैयाँ प्रतिलिटर मूल्यमा बिक्री भइरहेको छ। 

यस्तै, एलपी ग्यास १८ सय रुपैयाँ प्रतिसिलिन्डरमा बिक्री भइरहेको छ। तर, यो मूल्य अनुसार इन्धनको बिक्री गर्दा पेट्रोलमा १४.१९, डिजेल २१.९२ र मट्टितेलमा ३.०३ रुपैयाँ प्रतिलिटर घाटा भइरहेको निगमको भनाइ छ। एलपी ग्यासमा प्रतिसिलिन्डर ५८३ रुपैयाँ घाटा रहेको प्रवक्ता उपाध्याय बताउँछन्।

‘नेपालमा अहिले नयाँ मूल्यसूची आएको  छैन। आईओसीले प्रत्येक १५–१५ दिनमा नयाँ मूल्यसूची नेपाल पठाउने गरेको छ। एक तारिखमा आउने मूल्यसूचीमा केही मूल्य घट्न सक्ने सम्भावना हामीले देखेका छौँ’, उनले भने, ‘तर, अहिले समग्रमा महिनाको करिब करिब १८ करोड जति घाटामा छौँ। विगतमा पनि हामी लामो समय घाटामा थियौँ। त्यसैले अहिले नै अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य समायोजन गर्न सकिन्छ भन्ने छैन।’

निगमले इन्डियन आयल कर्पोरेसनलाई करिब १८ अर्ब भुक्तानी गर्न बाँकी छ। यस्तै, सरकारलाई सात अर्ब रुपैयाँ र निगमले आफैंले जग्गा धितोमा राखेर लिएको तीन अर्ब रुपैयाँ ऋण तिर्नुपर्ने उपाध्याय बताउँछन्।

‘हामीले तिर्नुपर्ने धितो, बक्यौता बाँकी नै छ। हामीले लिएको ऋणको ब्याज धेरै तिर्नुपर्ने छ। त्यसैले पनि तत्काल मूल्य समायोजन गर्ने कि नगर्ने भनेर छलफल गर्ने तयारीमा छौं’, उनले भने, ‘अहिले हामीले एक अर्ब ६५ करोड रुपैयाँ ऋण तिर्नु पर्ने छ। निगमको पहिलो प्राथमिकता भनेको ऋण घटाउनुका साथै इन्धनको मूल्यमा क्रमिक रूपमा समायोजन गर्नु पनि हो।’

पछिल्लो समयमा बजारमा विद्युतीय सवारी साधनको प्रयोग बढेको देखिन्छ। तर, इन्धनको आयतमा भने कमी नआएको निगमको बुझाइ छ।

Ncell 2
Ncell 2

‘इभीले पेट्रोलियम पदार्थमा कमी आएको छैन। किनभने अहिलेसम्म इभीको एकदम संख्या कम छ। तर, विद्युतीय सवारी साधन चल्नुपर्छ, जसको कारणले गर्दा डिजेल पेट्रोलको खपत घट्नुपर्छ’, उनले भने, ‘हामीले त आफ्नो धारणा धेरै अगाडि सार्वजनिक गरेका छौँ। २०७८ चैत महिनामा हामीले मन्त्रालयमा लेखेर दश बुँदे सुझाव दिएका थियौँ। दश बुँदे सुझावमा पनि डिजेल, पेट्रोलबाट चल्ने सवारी साधनलाई दुरुत्साहन गरी यसलाई चाहिँ निरुत्साहित गर्नुपर्ने जनाएका छौं। बिजुलीबाट चल्ने साधनलाई प्रोत्साहित गर्नुपर्‍यो भनेर त हामीले मन्त्रालयलाई सुझाव नै दिएका छौं।’

अहिले बजारमा इभीको प्रयोग उलेख्य मात्रामा बढेको छैन। आर्थिक वर्ष २०७८/७९ मा भन्दा यो आर्थिक वर्षमा पेट्रोलको खपतमा २२ प्रतिशतले वृद्धि भएको निगमको भनाइ छ। गत आर्थिक वर्ष डिजेलको खपत दुई प्रतिशतले  वृद्धि भएको प्रवक्ता उपाध्याय बताउँछन्। 

इन्धनको खपत बढ्नुले विद्युतीय सवारी साधनको प्रयोग उलेख्य नबढेको देखाउँछ। तर, विद्युतीय सवारी साधन बढ्दै गएपछि पेट्रोल र डिजेलबाट चल्ने सवारी साधन विस्तारै कम हुनसक्ने उनको बुझाइ छ।

२० वर्षको अवधिमा पेट्रोलियम पदार्थको आयात:

प्रकाशित मिति: बुधबार, असोज १२, २०७९  १४:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुरेन्द्र बजगाईं
लेखकबाट थप
किसान र उपभोक्ता ठगिने मात्रै, २५ वर्षदेखि उपभोक्ता अदालत चर्चामै सीमित
कहालीलाग्दो सडक दुर्घटना: लापरबाह चालक र गैरजिम्मेवार सरकार
आयल निगमका पदाधिकारीले इन्धनमा कालोबजारी गरेको आरोप, सर्वोच्च अदालतमा मुद्दा हाल्ने तयारी
सम्बन्धित सामग्री
झिनो अंकले घट्यो सेयर बजार, चार कम्पनीको मूल्य सर्किट अघिल्लो दिनको तुलनामा आज नेप्से जम्मा ०.९३ अंक घटेको छ। बिहीबार, मंसिर ४, २०८२
सुनको मूल्य बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ लाख ४२ हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार बढेर २ लाख ४३... बिहीबार, मंसिर ४, २०८२
शेयर बजारमा झिनो अंकको गिरावट, १७० कम्पनीको मूल्य घट्यो ७७ कम्पनीको मूल्य बढ्दा १७० को घट्यो भने ९ को स्थिर रह्यो । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.१६ प्रतिशत बढेको छ । त्यस्तै उत्पाद... बुधबार, मंसिर ३, २०८२
ताजा समाचारसबै
सुदूरपश्चिमको लगातार दोस्रो जित, पोखरा १८ रनले पराजित शुक्रबार, मंसिर ५, २०८२
एनपीएल : सुदूरपश्चिमले दियो पोखरालाई १९४ रनको चुनौतीपूर्ण लक्ष्य शुक्रबार, मंसिर ५, २०८२
पासपोर्ट अभाव अन्त्यका लागि प्रधानमन्त्रीको सक्रियता, ७ लाख थान किन्ने मन्त्रिपरिषद्को निर्णय शुक्रबार, मंसिर ५, २०८२
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा शुक्रबार, मंसिर ५, २०८२
नेपाल विशेष सेवासम्बन्धी अध्यादेश जारी शुक्रबार, मंसिर ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाबाट डिपोर्ट भएका थप ३५ नेपाली काठमाडौं फर्किए बिहीबार, मंसिर ४, २०८२
जेन–जी युवालाई साथ दिन सिमरातर्फ लागे सुधन शुक्रबार, मंसिर ५, २०८२
सिमरा अपडेट : जेनजी प्रदर्शनकारी र प्रहरीबीच झडप, फेरि कर्फ्यू आदेश जारी बिहीबार, मंसिर ४, २०८२
‘नेसनल भोलेन्टियर फोर्स’ गठन, कमान्डरमा पुष्पराज श्रेष्ठ शुक्रबार, मंसिर ५, २०८२
बन्चरेडाँडा ल्यान्डफिल साइटकाे अवरोध हट्याे, जुट्यो सहमति बिहीबार, मंसिर ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी शुक्रबार, कात्तिक २८, २०८२
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य बुधबार, मंसिर ३, २०८२
बिहार चुनाव: एनडीए गडबन्धनलाई दुई तिहाई बढी सिट शुक्रबार, कात्तिक २८, २०८२
अमेरिकाबाट डिपोर्ट भएका थप ३५ नेपाली काठमाडौं फर्किए बिहीबार, मंसिर ४, २०८२
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय सोमबार, मंसिर १, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्