फाइल तस्बिर। काठमाडौं– हिन्दु नेपालीहरुको ठूलो पर्व बडादशैं नजिकिएसँगै सरकारले खसीबोकाको स्वास्थ्य परीक्षण सुरु गरेको छ।
सरकारले आज मंगलबारदेखि खसीबोकाको स्वास्थ्य परीक्षण सुरु गरेको हो। पशु सेवा विभागले उपत्यकाका १० ठाउँमा खसीबोकाको स्वास्थ्य परीक्षण गर्न लागेको जनाएको छ।
परीक्षणका लागि ५० जना पशु चिकित्सकको टोली खटिनेछ। परीक्षण कलंकी, टुकुचा, चन्द्रागिरी, चाल्नाखेल, बालाजु, टोखा, बल्खु, लोकन्थली, सल्लाघारी लगायत क्षेत्रमा हुनेछ।
स्वास्थ्य परीक्षण गरेर स्वस्थकर खसीबोकाको सिंगमा हरियो र अस्वस्थकरको सिङमा रातो रङको स्टिकर लगाइने विभागले बताएको छ।
खसीबोकाको सिङमा रातो स्टिकर लगाएको अस्वस्थकर हुने हुँदा उपभोक्तालाई खरिद नगर्न विभागले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।