काठमाडौं– नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल मंगलबार हुँदैछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार साँझ साढे ५ बजे हुनेछ।
बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा किरण चेम्जोङले नेपालको कप्तानी गर्ने भएका छन्। सोमबार भएको प्रिम्याच कन्फ्रेन्समा कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंसँगै कप्तानका रुपमा किरण उपस्थित थिए।
पछिल्लो पटक किरणले दशरथ रंगशालामै मरिससविरुद्धको दुई मैत्रीपूर्ण खेलमा कप्तानी गरेका थिए।
पहिलोपटक राष्ट्रिय टोलीको प्रशिक्षण सम्हालेका प्रदीप हुमागाईं नेपाललाई सुखद नतिजा दिलाउँदै दशैं विशेष बनाउने योजनामा छन्।
नेपाल र बंगलादेशबीच विभिन्न प्रतियोगिता र मैत्रीपूर्ण खेलमा गरी २४ पटक प्रतिस्पर्धा भएको छ। जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ७ खेल मात्रै जितेको छ। ५ खेल बराबरीमा सकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।