• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

महानगरले ‘नक्सा विपरीत’ का फार्मेसीमा डोजर चलाएपछि वीर अस्पतालका बिरामीले कहाँबाट किन्दैछन् औषधि?

64x64
नेपाल लाइभ शुक्रबार, असोज ७, २०७९  २१:२१
1140x725

काठमाडौं– वीर अस्पताल अगाडिका ५ वटा फार्मेसी पसलमा काठमाडौं महानगरपालिकाले बुधबार डोजर चलायो। अस्पतालको नक्सा विपरीत रहेको भन्दै महानगरले डोजर चलाएर ती फार्मेसी हटाएको थियो। 

महानगरले अस्पताल बाहिरका फार्मेसी हटाइदिएपछि अहिले अस्पतालभित्र रहेको फार्मेसीमा भिड बढेको छ। अस्पताल अगाडिका फार्मेसी भत्किएपछि अस्पतालले तत्काल बिरामीलाई आवश्यक पर्ने औषधिको अभाव हुन नदिन अस्पताल फार्मेसी विस्तार गरिरहेको छ।

महानगरले २४ घण्टाको समय दिएर अस्पताल बाहिरको फार्मेसी हटाएपछि अस्पतालभित्र रहेको फार्मेसीमा चाप बढेको हो। अस्पतालले सुरुमा आकस्मिक र शल्यक्रियाका लागि आवश्यक पर्ने औषधिको अभाव हुन नदिने गरी फार्मेसीमा औषधिको सूची बनाइरहेको छ।

‘बाहिरका औषधि पसल २४ घण्टाभित्र बन्द हुँदा त्यसको असर केही त पक्कै देखिन्छ नै,’ वीर अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा भूपेन्द्र बस्नेतले भने, ‘तर हामीले बिरामीले सहज रुपमा सबै औषधि पाउने गरी फार्मेसी विस्तार गरिरहेका छौं।’

स्वास्थ्यखबरसँगको कुराकानीमा उनले नयाँ सर्जिकल भवनमा रहेको फार्मेसीदेखि अप्रेसन थियटर अगाडि पनि फार्मेसी खोल्ने तयारी भएको जानकारी दिए। महानगरले फार्मेसी भत्काएपछि अस्पतालको फार्मेसी नै बिरामीका लागि भरोसा बनेको डा बस्नेतको भनाइ छ। 

अस्पताल बाहिरको फार्मेसी पसल अस्पताल प्रशासन आफैंले पनि हटाउन खोजेको उनले जानकारी दिए। ‘हामीले आफैं पनि निश्चित समय दिएर हटाउन खोजेका थियौं,’ उनले भने, ‘तर महानगरले छिट्टै हटाइदियो। यसले हामीलाई अस्पताल भित्र फार्मेसी विस्तार गर्न अवसरसँगै चुनौती थपिएको छ।’

अस्पताल बाहिर रहेको फार्मेसी हटेपछि अस्पतालमा बिरामीमा के कस्तो असर पर्न सक्छ ? अस्पतालले कसरी औषधिको व्यवस्थापन गर्दैछ र फार्मेसीको स्तरोन्नतिका लागि योजना के छन् ? लगायत विषयमा हामीले वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा भूपेन्द्रकुमार बस्नेतसँग कुराकानी गरेका छौँ। उनीसँग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छ:

काठमाडौं महानगरपालिकाले वीर अस्पतालका फार्मेसीहरु भत्काएको छ। यसले कत्तिको असर गर्छ ?

Ncell 2
Ncell 2
nimb
nimb
  • वीर अस्पतालको अगाडि हामीले पाँचवटा फार्मेसी पसललाई भाडामा दिएका थियौँ।
  • काठमाडौं महानगरले भत्काएका ती फार्मेसी पसलहरु भत्काउने हाम्रो पनि योजना थियो।
  • नयाँ भवन बनाउँदा ती पसलहरु हटाएर आफ्नौ फार्मेसी बलियो बनाउने योजना थियो।
  • आजको भोलि भएकाले बिरामीलाई केही असुविधा हुने देखिन्छ। 
  • हामीसँग सबै ब्याकअप नभएको र छेउछाउमा पनि फार्मेसी नखुलेकाले केही समयलाई कठिनाइ हुन्छ होला।

यो अवधिमा फार्मेसीको कसरी व्यवस्थापन गर्नुपर्छ?

  • वीर अस्पतालको फार्मेसीमा इमरजेन्सी औषधिलाई प्राथमिकतामा राखेका छौँ। 
  • रुटिन औषधिहरु बिरामीले टाढाबाट पनि खरिद गर्न सक्छन्। तर इमरजेन्सी र अपरेशनमा चाहिने औषधि खरिद गर्न टाढा जानको लागि भने समस्या पर्छ।
  • वीर अस्पतालको फार्मेसीमा झण्डै ५ हजार किसिमका औषधि खरिदका लागि टेण्डरमा छ। यसलाई अझै बढाउन कोसिस गरेका छौँ। 
  • इमरजेन्सी र भर्ना भएका बिरामीका लागि चाहिने औषधिहरु सूची बनाएर व्यवस्थापन गर्न हामी अघि बढेका छौँ। 

बाहिरका फार्मेसी हट्नेबित्तिकै वीर अस्पतालको फार्मेसीको स्तर वृद्धि गर्न लागिएको हो त्यसो भए?

  • हामीले वीर अस्पतालको फार्मेसीको स्तरवृद्धि गर्नैपर्छ। 
  • वीर अस्पतालको आफ्नै फार्मेसी पसल भएकाले बाहिरका पसल हटेपनि हामी त्यति धेरै जटिल अवस्थामा पुगेनौँ। 
  • झण्डै पाँच वर्ष अघि तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाको निर्णयानुसार वीर अस्पतालमा फार्मेसी सञ्चालनमा आएको थियो
  • अस्पतालको आफ्नै फार्मेसी पसल हुनु पनि धेरै ठूलो कुरा हो।
  • तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाले त्यतिबेला गरेको निर्णयानुसार खुलेको फार्मेसी नै अहिले सबैको भरोसा भएको छ।
  • बाहिरका फार्मेसी पसल बन्द पनि हुँदा पनि वीर अस्पतालको सेवा रोकिने अवस्था छैन।

अब यो अस्पताल फार्मेसी कसरी सञ्चालन हुन्छ?

  • सरकारको नीतिअनुसार हामीले अस्पताल फार्मेसी सञ्चालन गरेका थियौँ।
  • विभिन्न कारणले अस्पताल फार्मेसी विस्तार गर्न सकेका थिएनौं।
  • बाहिरका फार्मेसी हटेपछि हामी अझ व्यवस्थित गर्छौं। 
  • अब भने हाम्रो ठोस आवश्यकता के हो भनेर पहिचान गर्न सहज हुन्छ।
  • अस्पतलाको फार्मेसीमा कुन औषधि पायो/पाएन भन्ने हामीलाई थाहा हुँदैन थियो। अब भने औषधिको अवस्था र अभावबारे थाहा हुन्छ।
  • अभाव रहेका औषधिहरुको सूची तयार पार्छौं र कोही पनि बिरामी नफर्कने गरी व्यवस्था गर्छौं।
  • नयाँ भवनमा पनि हामीले फार्मेसी सुरु गरिसकेका छौँ।
  • अपरेशन थिएटर अगाडि पनि फार्मेसी सुरु गर्न लागेका छौँ।
  • आवश्यक भयो भने फार्मेसीको जनशक्ति, कोठा र सबैलाई बढाएर पनि लैजान्छौं। यो हाम्र लागि अवसर र चुनौती दुवै हो।

तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाको अग्रसरतामा फार्मेसी निर्देशिका आयो। त्यही निर्देशिका अनुसारको फार्मेसी अस्पतालले कहिले बनाउँछ?

  • यो अस्पताल फार्मेसी निर्देशिकाले बिरामीलाई पनि धेरै सुविधा भएको छ। त्यही निर्देशिका अनुसारको फार्मेसी बनाउन हामी केही अघि बढिसकेका छौँ।
  • हामी टेण्डर, बल्कमा औषधि खरिद गर्छौं। औषधि पनि सस्तोमा आउँछ। कतिपय एन्टिबायोटिक बाहिरको फार्मेसीमा भन्दा अस्पतालका फार्मेसीमा धेरै सस्तो पाइन्छ।
  • सस्तो र गुणस्तरीय औषधि दिने कम्पनीलाई मात्र हामीले टेण्डर प्रक्रियामा समावेश गर्छौं।
  • गुणस्तरणमा हामीले सम्झौता गर्दैनौं। मात्र औषधिको उपलब्धता बढाउनुपर्नेछ।

बिरामी र बिरामीका आफन्तले यहाँ औषधि पाइएन भनेर बाहिर दौडिनु पर्छ कि पर्दैन?

  • अहिले तत्काल केही औषधिका लागि बाहिर जानुपर्ने हुन सक्छ।
  • हामी बहुविशेषज्ञ अस्पताल हौँ। त्यसैले सबै रोगको औषधिकाे व्यवस्था गर्नुपर्ने भएकाले सोही अनुसारको गृहकार्य गर्दैछौं।

भिडियो कुराकानी:

प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७९  २१:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनएमबि बैंकको २४ हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा
हेटौँडाबाट दैनिक १०० ट्रक एलपी ग्यास काठमाडौं पठाउने तयारी
आज चार वटा संसदीय समितिको बैठक बस्दै
सम्बन्धित सामग्री
दीपकराज गिरीले गरे बाढीपीडितलाई तीन लाख सहयोगको घोषणा पाली फिल्मका अभिनेता दीपकराज गिरीले बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीबाट पीडित बनेकाहरुका लागि राहत कोषमा तीन लाख रुपैयाँ सहयोगको... शुक्रबार, भदौ १२, २०८३
‘मुसुमुसु हाँसिदेऊ’का गायक शान नेपालमा, पशुपतिदेखि मःमसम्मको योजना सन् १९९९ को हिन्दी चलचित्र ‘प्यार मे कभी कभी’मा समावेश नेपाली शब्द रहेको चर्चित गीत ‘मुसुमुसु हाँसिदेऊ’ले उनलाई नेपाली स्रोतामाझ पनि... शुक्रबार, भदौ ५, २०८३
कलंकीमा खुल्यो मेदान्त स्किन केयर एण्ड वेलनेस सेन्टर, नायिका रेखा थापाले गरिन् उद्घाटन बुधबार, भदौ ३, २०८३
ताजा समाचारसबै
एनएमबि बैंकको २४ हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा बिहीबार, भदौ १८, २०८३
हेटौँडाबाट दैनिक १०० ट्रक एलपी ग्यास काठमाडौं पठाउने तयारी बिहीबार, भदौ १८, २०८३
आज चार वटा संसदीय समितिको बैठक बस्दै बिहीबार, भदौ १८, २०८३
सेप्टेम्बर ९ मा आइफोन १८ सार्वजनिक गर्ने एप्पलको तयारी बिहीबार, भदौ १८, २०८३
एनभीएलको विजेताले २० लाख नगद पुरस्कार पाउने बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
सदनमा प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रचण्डको प्रश्न– ‘यहाँ आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ, यो के तरिका हो ?’ बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्