काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई भेटेर स्वास्थ्यलाभको कामना गरेका छन्।
ललितपुरको बखुम्वहालस्थितजोशीको निवासमै पुगेर मन्त्री श्रेष्ठले नियमित हेरचाहका लागि आवश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य परीक्षणका लागि सरकारको तर्फबाट तत्कालै आवश्यक प्रबन्ध गर्ने प्रतिबद्धता जनाएका छन्।
मन्त्री श्रेष्ठले जोशीको घर आडैमा रहेको लोक साहित्य परिषद् भवनको अवलोकनसमेत गरेका थिए। परिषद्को भवनमा जोशीले संकलन गरेका मुद्रा, टिकट, किताबलगायत सामग्री राखिएको छ।
साथै उनले भवनको तेस्रो तलामा रहेको ‘चक्रसंवरु’को पौभाः चित्रसमेत अवलोकन गरी सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
पुरातत्व र संस्कृति विभागका प्रथम निर्देशक जोशी मदन पुरस्कारबाट तीनपटक पुरस्कृत भएका थिए। विसं १९७७ वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मीएका जोशी उमेरले १ सय ३ वर्ष पुगिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।