तस्बिर सौजन्य : बद्री थापा। काठमाडौं– तीन वर्षदेखि राष्ट्रिय साधना अवार्ड गर्दै आएको सामना म्युजिक क्रियसनले यसपटक रिवार्ड गरेको छ। कलाकारहरूलाई अवार्डसँगै नगद राशी पनि प्रदान गरेको छ। जुन नेपालका लागि सम्भवत: पहिलो अभ्यास हो।
जसअन्तर्ग विभिन्न २१ विधाका उत्कृष्ट कलाकार/सर्जक/श्रष्टालाई अवार्ड वितरण गरिएको छ। पूर्वसभामुख कृष्णबहादुर महराको उपस्थितिमा सम्पन्न कार्यक्रममा जितेन राईले लाइफ टाइम एचिभमेन्ट प्राप्त गरे। यस्तै गायिका देविका वन्दनालाई संगीत रत्न सम्मान प्रदान गरियो।
नवराज लम्साललाई दीघ्र साहित्य सम्मान गरिएको छ भने पत्रकारितातर्फ ध्रुवहरी अधिकारी, किरण अधिकारी सम्मानित भएका छन्।
अवार्डका नाममा विकृति बढेको र अवार्ड किनबेच हुने गरेको भनेर आलोचना भइरहेका बेला आफूहरूले नयाँ प्रयोग गर्न खोजेको सामना म्युजिक क्रियसन सदस्य सचिव गोकर्ण लामिछानेले बताए।
उनले कला र सिर्जनाको सम्मानका लागि अवार्डको प्रमाणपत्रसँगै नगद राशी समेत दिएकोव बताए। सुरुमा ठूलो रकम दिन नसकिएपनि यो एउटा सुरुवात भएको लामिछानेले बताए।
अवार्ड पाउने कलाकारलाई प्रतिव्यक्ति पाँच हजार रकम समेत प्रदान गरिएको थियो। सामना म्युजिक क्रियसनकी अध्यक्ष सामना शाहका अनुसार आधुनिक पप विधामा उत्कृष्ट गायक (पुरुष)तर्फ चिरन्जीवी भण्डारी, गायिकातर्फ रिता केसी, मोडल (पुरुष) बिक्रम बुढाथोकी, मोडल (महिला) निरुता शाही, निर्देशक देवेन्द्र पाण्डे, छायाँकार सम्भु चालिसे र भिडियो सम्पादकतर्फ सुजन शाहीले अवार्ड पाए।

यसैगरी, उत्कष्ट राष्ट्रिय भावको गीत सन्तोष श्रेष्ठ, उत्कृष्ट लोक गीत चेतन गोतामे, उत्कृष्ट लोकदोहोरी शब्द शिव हमाल, उत्कृष्ट लोकदोहोरी सङ्गीत प्रसाद लामिछाने, उत्कृष्ट लोकदोहोरी गायक प्रकाश पराजुली, उत्कृष्ट लोकदोरी गायिका पूर्णकला बिसी र उत्कृष्ट लोकदोहोरी मोडल (पुरुष)तर्फ महेन्द्र गौतमले अवार्ड पाए।
उत्कृष्ट लोकदोहोरी मोडल (महिला)तर्फ सरस्वती खत्री, उत्कृष्ट मोडल डान्स (पुरुष) ओबी रायमाझी, महिलातर्फ आयुष्मा कार्की, उत्कृष्ट निर्देशक लोकदोहोरी बबिता श्रेष्ठ, उत्कृष्ट गीतकार आधुनिक पप लोकराज अधिकारी र उत्कृष्ट संगीत आधुनिक पपतर्फ सन्तोष केसीले अवार्ड पाएका अध्यक्ष शाहले बताइन्।
यसैगरी, आधुनिक पप एरेञ्जर डोलराज बाह्रघरे, उत्कृष्ट प्रत्यक्ष दोहोरी गायक बालचन्द्र बराल, उत्कृष्ट प्रत्यक्ष दोहोरी गायिका सपना रोका, जुरी अवार्ड (गायक) रमेशराज भट्टराई, जुरी अवार्ड (संगीतकार) रोशन सिंह, र पब्लिक च्वाइस अवार्ड गीतकार रामचन्द्र ढकालले पाएको उनले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।