काठमाडौं– गाडीहरूको सबैभन्दा ठूलो प्रदर्शनी नाडा अटो शो बिहीबारदेखि भृकुटीमण्डपमा सुरू भएको छ।
नाडा ईभी (इलेक्ट्रोनिक भेहिकल) एक्स्पो नाम दिइएको यो प्रदर्शनीमा विभिन्न कम्पनीका विद्युतीय सवारी प्रदर्शनीमा राखिएको छ।
३ दिनसम्म चल्ने यो प्रदर्शनीमा पहिलोपटक इलेक्ट्रोनिक सवारी मात्रै प्रदर्शनमा राखिएको हो। यसअघिका संस्करणमा पेट्रोलियम गाडी प्रदर्शनीमा राखिन्थ्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।