• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

बाढी पीडितको बिचल्ली : सडक, विद्यालय र जंगलमा बास 

64x64
शेरबहादुर ऐर बिहीबार, असोज ६, २०७९  ०७:४३
1140x725

धनगढी– भजनी नगरपालिका वडा नम्बर ८ की पार्वती विक सोनाफाटास्थित हुलाकी सडकमा त्रिपालमा बसेकी छिन्। भदौ ३१ गतेरातिदेखि असोज १ गतेसम्म परेको अविरल वर्षाले घरभित्र पानी पसेपछि उनी सडकमा त्रिपाल लगाएर बसेकी हुन्। 

यो वर्षमात्रै नभएर हरेक वर्षायाममा उनको सोही सडकमा बास हुन्छ। सडकको किनारामा बनाइएका पालभित्रै बसेकी पार्वतीले भनिन्, ‘हरेक वर्ष घरभित्र पानी पस्छ। अनि यही सडकमा बास हुन्छ।’ 

घरभित्र रहेको अन्नपात र खेतको धान पनि सबै बाढीले पुरेको उनको भनाइ छ। उनले भनिन्, ‘अचानक आएको बाढीले गहुँ, धान, सबै सम्पत्ति सत्यानास भइहाल्यो। अब वर्षभरी केले गुजारा चलाउने होला?’

badi pidit (4)1663811727.jpg

हुलाकी सडकमै त्रिपालमा छोराछोरीसहित बसेकी छन् मिना चौधरी। उनको घर बाढीले क्षतविक्षत् बनाएको छ। काठका खाट, लत्ताकपडा, भाँडाकुडासम्म बचेका छन्। ‘खानपिनको निकै समस्या छ,’ उनले भनिन्, ‘तीन दिनसम्म चाउचाउ, चिउरा खाएर बसेकी छु। सरकारका प्रतिनिधिहरु कोही पनि आएनन्।’

भजनी नगरपालिकाले मंगलबार बिहानदेखि बाढीपीडितलाई खान समस्या भएको भन्दै नजिकै सामूहिक भान्सा घर सञ्चालन गरेको छ। उनले भनिन्, ‘सामूहिक भान्सा घर सञ्चालन भएपछि तीन दिनपश्चात पेटभरी खाना खान पाइयो।’ 

भजनी नगरपालिका वडा नम्बर ८ जनकपुरका मानसिंह चौधरी मंगलबार सडकको बासबाट घर फर्केका छन्। पानीको सतह घटेपछि घर पुगेका उनी घरमा पुगेको क्षतिले चिन्तित थिए। 

‘भकारी (डेहरी) धान, गहुँ, तोरी, सबै बाढीले डुबायो,’ उनले भने, ‘खेतको धानमा पनि क्षति पुग्यो। सरकारले अब खानलाई रासनको व्यवस्था गर्नुपर्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

badi pidit (2)1663811726.jpg

भजनी नगरपालिकामा पानीको सतह घट्दै गएपछि विस्थापितहरू धमाधम घर फर्कने क्रम जारी छ। तर, घरभित्र राखिएको अन्नपात बगाएपछि कसरी गुजारा गर्ने भन्ने चिन्ता उनीहरूको छ। यस वर्ष भजनी नगरपालिकाका सबै वडा प्रभावित भएका छन्। जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार सात हजार ७६ घरहरु प्रभावित भएकोमा तीन हजार ३२ परिवारहरु विस्थापित भएका छन्।

badi pidit (8)1663811722.jpg

दिगो समाधान खोजियोस् : बाढीपीडित 
भजनी नगरपालिका वडा नम्बर ९ की सिर्जना बमको घरमा नदी पसेपछि सामुदायिक वनभित्र खुला आकाशमा बसेकी छन्। हरेक वर्ष नदीले निम्त्याउने बाढीबाट हैरानी खेप्दै आएकी उनले भनिन्, ‘सरकारले दिगो समाधानको योजना ल्याउनुपर्छ। यस वर्ष पानीको सतह बढी हुँदा यहाँका सबै घर डुबानमा परे। या त सरकारले उच्च घरको व्यवस्था गर्नुपर्छ, नत्र सुरक्षित ठाउँमा बसोबासको व्यवस्था मिलाउनुपर्छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

badi pidit (6)1663811721.jpg

उनले बस्ती बचाउने योजना ल्याउन सरकारसँग माग गरिन्। तत्कालका लागि जैविक तटबन्धन योजना ल्याएर र दिगो रुपमा बस्ती संरक्षण गर्न ‘र्‍याम्प ड्याम’ को कार्यक्रम अघि बढाउन उनले सुझाव दिइन्। 

भजनी नगरपालिकाको कान्द्रा, मोहना र पथरैया नदीका कारण बस्ती जोखिममा पर्दै आएका छन्। योसँगै काँडा नदीले पनि सो बस्तीमा असर गर्ने गरेको स्थानीय वीरबहादुर चौधरीले बताए। उनले कटान रोक्न राज्यबाट कुनै पनि पहल नभएको गुनासो गरे। 

क्षतिको तथ्यांक संकलन गरिने
भजनी नगरपालिकाले बाढीले पुर्याएको क्षतिको तथ्यांक संकलन गर्ने भएको छ। बाढीका कारण खाद्यान्न, धानबाली, पशुपन्छीलगायतको सम्पूर्ण क्षतिको यकिन तथ्यांक संकलन गरी प्रशासन कार्यालयमा बुझाउने नगरपालिकाले जनाएको छ।

badi pidit (1)1663811724.jpg

तथ्यांक संकलनका लागि वडाध्यक्षको नेतृत्वमा सम्बन्धित वडाका बडघर, भलमन्सा, राजनीतिक दलको सहभागिता गराइने नगरपालिकाले निर्णय गरेको नगर प्रमुख केवल चौधरीले बताए।

उनले भने, ‘बाढीले सबै वडा प्रभावित भएका छन्। मानवीयसँगै घरमा रहेका खाद्यान्न, खेतका धान बाली, घरमा क्षति पुर्‍याएको छ। के कति क्षति भएको छ यकिन गरी सम्बन्धित निकायमा उपलब्ध गराइने छ,’ उनले बाढीबाट प्रभावितहरुलाई उचित राहत सम्बन्धित निकायले दिनुपर्ने बताए। 

badi pidit (9)1663811723.jpg

प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  ०७:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
उखु किसानको खातामै सिधै अनुदान, नयाँ कार्यविधि जारी सरकारले अनुदान वितरण प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन ‘उखु उत्पादकलाई प्रोत्साहन अनुदान दिने सम्बन्धी कार्यविधि, २०८३’ जारी ग... मंगलबार, असोज २७, २०८३
प्रेस काउन्सिलका अध्यक्ष उमेशले छाेडे माइसंसारकाे सम्पादकीय नेतृत्व, लेखे भावुक स्टाटस प्रेस काउन्सिल नेपालका अध्यक्ष उमेश श्रेष्ठले २२ वर्षदेखि जोडिएको ब्लग ‘माइसंसार’को सम्पादकीय जिम्मेवारी छाडेका छन्। मंगलबार, असोज २७, २०८३
गोरखा–धादिङ खण्ड पूर्ण ठप्प, अन्य चार राजमार्ग एकतर्फी मात्र सञ्चालन बाढी तथा पहिरोका कारण बागमती र गण्डकी प्रदेशका प्रमुख राजमार्ग एवं सडक खण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले मंगलबार बिहान ६ बज... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
विराटनगरमा अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन सुरु, माउस थिचेर संयुक्त उद्घाटन मंगलबार, असोज २७, २०८३
उखु किसानको खातामै सिधै अनुदान, नयाँ कार्यविधि जारी मंगलबार, असोज २७, २०८३
दशैँअघि नतिजा टुंग्याउन कांग्रेसमा मतगणना तीव्र, २५ समूह परिचालित मंगलबार, असोज २७, २०८३
कञ्चनजंघा क्षेत्रमा पर्यटकीय चहलपहल सुरु, विदेशीसँगै आन्तरिक पर्यटकको पनि आकर्षण मंगलबार, असोज २७, २०८३
‘सारथी’ को प्रोमो सार्वजनिक मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्