काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्रेनफोर्डलाई हराउँदै आर्सनल शीर्ष स्थानमा उक्लेको छ। नेपाली समय अनुसार आइतबार साँझ भएको खेलमा आर्सनलले ब्रेनफोर्डलाई ३–० गोलले हरायो।
आर्सनलको जितका लागि १७ औं मिनेटमा विलिया सालिबाले, २८ औं मिनेटमा गाब्रिएल जेससले र ४८ औं मिनेटमा फाबियो भिएइराले गोल गरे।
जितसँगै आर्सनल लिगको शीर्ष स्थानमा उक्लेको छ। ७ खेलबाट १८ अंक जोडेर आर्सनल शीर्ष स्थानमा रहँदा समान खेल खेलेको म्यानचेस्टर सिटी १७ अंकका साथ दोस्रो र समान खेलबाट १७ अंकका साथ टोटनहाम तेस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।